विवाहपछि मानिस मोटाउने ६ रोचक कारण | Khabarhub Khabarhub

विवाहपछि मानिस मोटाउने ६ रोचक कारण


२० कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

धेरै मानिसहरु विवाहका लागि मोटाउने वा दुब्लाउने गर्दछन् । विवाहमा आर्कषक देखिन शरीरलाई सन्तुलनमा ल्याउन धेरैले निकै मेहनत गर्दछन् ।

तर विवाहपछि भने मानिसहरु शरीरको फिटनेसमा वास्ता गर्दैनन् । त्यसैले पनि अधिकांश मानिस विवाहपछि अस्वभाविक रुपले मोटाउने गर्दछन् ।

अरु के के कारणले मानिसहरु विवाहपछि मोटाउछन् त ?

१. ब्यायाम नहुनु

विवाहअघि शरीरलाई सन्तुलनमा ल्याउन ब्यायाम गर्नेहरु विवाहपछि भने शारीरिक बनावट, डाइट र फिटनेसमा ध्यान दिँदैनन् । जसका कारण विवाहपछि मानिसहरु अस्वभाविक रुपमा मोटाउने गर्दछन् ।

२. ढिलो विवाह

मानिस मोटाउने उमेर भनेको औसतमा ३० बर्षपछि शुरु हुन्छ । र, आजकाल धेरै मानिस सेटल भएपछि वा ३० बर्षको हाराहारीमा विवाह गर्दछन् । जबकी ३० वर्षको उमेरपछि हाम्रो शरिरमा मेटाबोलिजमको रेट कम हुन गइ तौल बढ्न थाल्छ ।

३. हर्मोनल परिवर्तन

विवाहपछि मानिसको दैनिकी र जीवनशैली परिवर्तन हुन्छ । जसले शरीरमा थुप्रै हर्मोनल परिवर्तन हुन्छन् । जसका कारण मानिसहरु विवाहपछि अस्वभाविक रुपमा मोटाउने गर्दछन् ।

४. अनिन्द्रा

विवाहपछि मानिस मोटाउनुको अर्काे कारण भनेको अनिन्द्रा हो । विवाहपछि मानिस निकै व्यस्त हुने भएकाले उनीहरु पर्याप्त निदाउन पाउँदैनन् । अध्ययन अनुसार नियमित ६ घण्टाभन्दा कम सुत्ने मानिसको शरीरमा मेटाबोलिजम कम हुन्छ, जसको कारणले मानिस मोटाउने गर्दछन् ।

५. तनाव बढ्नु

विवाहपछि मानिसको जीवनमा आएका परिवर्तनहरुले कतिपय विवाहिताहरु तनावमा हुने गर्दछन् । तनावमा भएका मानिसमा भोक ज्यादा हुन्छ र उनीहरु असन्तुलित खानपान गर्दछन् र मोटाउने गर्दछन् ।

६. अन्य कारण

विवाहपछि मानिसहरु भेटघाट तथा घुमघाममा जादा बढी मात्रामा अनेकौं परिकारहरु खानुपर्ने हुन्छ । बाहिरको खानामा क्यालोरीको मात्रा अधिक हुन्छ । साथै, हेभी खानाले स्वतः शरीरको वजन बढाउने गर्दछ ।

प्रकाशित मिति : २० कार्तिक २०७६, बुधबार  १० : ०८ बजे

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०

एसिसी प्रिमियर कप : तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो स्थानको लागि नेपाल

‘पूर्ण बहादुरको सारङ्गी’ निर्माणको घोषणा

काठमाडौं । नयाँ नेपाली फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को निर्माण घोषणा