पैसा कमाउने केही टिप्सः जसले तपाईं रातारात बन्नुहुनेछ धनी ! | Khabarhub Khabarhub

पैसा कमाउने केही टिप्सः जसले तपाईं रातारात बन्नुहुनेछ धनी !


२० कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

पैसाको आवश्यकता सबैलाई पर्छ । अनि संसारमा सबैको चाहना हुन्छ कसरी धेरै पैसा कमाउने ? अझ हाम्रो समाजमा त पैसा कमाउन सकेन भने उसलाई असफलको संज्ञा दिइन्छ ।

त्यसैले हरेकले पैसा कमाउने जुक्ति खोजिरहका हुन्छन् । यहाँ हामीले केही तथ्य उल्लेख गरेका छौं । जुन फलो गर्नु भयो भने पैसा कमाउन सहज हुनेछ । यस्ता छन् पैसा कमाउने तरिका :

महत्वकांक्षी बन्नुहोस र सपना देख्नुहोस्

कुनैपनि काम गर्नका लागि पहिले सपना देख्नु आवश्यक हुन्छ । त्यसैले तपाईं पनि पैसा कमाउन चाहनु हुन्छ भने आजैबाट सपना देख्न सुरु गर्नुस् । जसले सपना देख्छ जो महत्वकांक्षी बन्छ उसले मात्रै समाजमा मान, प्रतिष्ठा र पैसासमेत कमाउन सक्छ ।

क्षमताको पहिचान गर्नुहोस्

शुरुमा तपाईंले आफुलाई चिन्नु जरुरी छ । त्यसैले तपाईं पहिले आफ्नो क्षमताको पहिचान गर्नुहोस् । र त्यसैअनुसार काम गर्नुहोस्, त्यसले तपाईंलाई सफलताको शिखरमा पुग्न सहयोग गर्छ । तपार्इंले मनदेखि नै गरेको काम तथा क्षमताको पहिचानले मात्रै तपाई‌ले खोजेको सफलता हासिल गर्न सक्नुहुन्छ ।

कडा परिश्रम गर्नुहोस्

यो कुरा बुझ्नुस् कि बिना परिश्रम सफल हुन सहज छैन । त्यसैले मेहनत गर्नुहोस्, निरन्तर परिश्रम गर्नुहोस् । एक दिन तपाईं सफल बन्नु हुनेछ । र पैसा आफैं तपाईंको पछि दौडनेछ ।

कुनै काम सुरु गर्नुहोस्

तपाईं चुप लागेर बस्नु भयो भने पैसा कमाउन सक्नुहुन्न । त्यसैले तपाईंले कुनैपनि कामको जोखिम मोल्नै पर्छ । त्यसैले काम सुरु गर्नुहोस् र त्यसलाई निरन्तरता दिनुहोस् ।

अन्य तरिका

त्यसो त पैसा कमाउन कसलाई मन लाग्दैन र ? तर दुई नम्बरी धन्धा नगरी सजिलै पैसा कमाउन सकिन्छ र ? भन्नेहरु पनि नभएका होइन्, तमाम भेटिन्छन् बजारमा । उनीहरुका लागि जवाफ दिन सकिन्छ- अवश्य सकिन्छ ।

अर्काको देखासिकी गरेर पैसा खर्च नगर्नुस् । पैसा उडाउने खालका साथी छन् भने तिनीहरूको संगत छोडिदिनुस् । तपाईंको पैसामा अरूलाई किन मोज गराउनुुहुन्छ ? पैसा बचाउनु पनि पैसा कमाउनु नै हो ।

आफूलाई चाहिने कुरा मात्र किन्नुस् । जे किन्दा पनि अत्यन्त आवश्यक छन् कि छैनन् भनी विचार गर्नुपर्छ । केही नयाँ कुरा सिक्नुस् । आफूसँग भएका क्षमता तिखार्नुस् । यसरी नयाँ कुरा सिकेपछि तपाईंले पैसा पनि कमाउन सक्नुहुन्छ । मानौं तपाईंले चित्रकला सिक्नुभयो रे, त्यो बेचेर पैसा आउँछ ।

आजकल सामाजिक सञ्जालबाट पैसा कमाउन सकिन्छ । आफ्नै युट्युब च्यानल खोल्नुस् र क्रिएटिभ भिडियो अपलोड गरेर मोनेटाइज गर्नुस् । तपाईं प्रसिद्ध पनि हुनुहुनेछ अनि धनी पनि ।

घरमा भएका पुराना सामान बेचिदिनुस् । घर भरिने गरी सामान थुपार्नुको के अर्थ ? सामान बेच्दा पैसा पनि हुने, घर पनि सुन्दर देखिने । कमाइभन्दा कम खर्च गर्नुस् । आमदानी अठन्नी, खर्चा रुपैयाँ गरेर काम छैन ।  क्रेडिट कार्डको लत जति छिटो छुट्यो, त्यति राम्रो ।

वर्षैपिच्छे तलब बढ्ला भनेर आश गर्नुभयो भने तपाईं कहिल्यै धनी हुन सक्नुहुन्न । त्यसैले राम्रो तलब दिने जागिरको खोजी गर्दै अफिस छिटोछिटो बदल्नुस् ।

प्रकाशित मिति : २० कार्तिक २०७६, बुधबार  ९ : ४५ बजे

अमेरिका नेपालसँग थप नजिक रहेर काम गर्न इच्छुक देखियो : अर्थमन्त्री

काठमाडौं । अमेरिका भ्रमणबाट आज स्वदेश फर्किएका अर्थमन्त्री वर्षमान पुनले

पाथीभरामा एकैदिन छ हजार बढी भक्तजन

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुकुमलुङ)मा आज एकैदिन छ

टीभेटको विस्तारमा सरकारी प्राथमिकता बढाउनुपर्ने

काठमाडौं । प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम (टीभेट)का क्षेत्रको

पदयात्राको उपयुक्त गन्तव्य बन्दै बागलुङको बराह ताल

बागलुङ । पछिल्लो समय घुमफिर गर्ने संस्कृति बढेको छ ।

धारापानीमा भीषण आगलागी, कम्तीमा २० घरगोठ जले

अर्घाखाँची । भूमिकास्थान नगरपालिका वडा नं ३ र ४ धारापानीमा