‘फस्ट क्लास’ क्रिकेटः १४ वर्षपछि अनुभव बटुल्ने सुनौलो अवसर | Khabarhub Khabarhub

‘फस्ट क्लास’ क्रिकेटः १४ वर्षपछि अनुभव बटुल्ने सुनौलो अवसर



काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोलीले आजबाट विश्वको पुरानो क्रिकेट क्लब मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) सँग घरेलु मैदानमा पहिलो श्रेणी (फस्ट क्लास) क्रिकेट खेल्दैछ ।

नेपाल भ्रमणमा रहेको एमसीसीसँग नेपालले त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा प्रतिस्पर्धा गर्न लागेको हो ।  उक्त खेलबाट धेरै नेपाली खेलाडी पहिलो पटक सेतो ड्रेस र रातो बलसँग परिचित हुनेछन् ।

विश्व क्रिकेटका शक्ति राष्ट्रहरुले सेतो जर्सी लगायर रातो बलले टेष्ट क्रिकेट खेल्छन् । जुन खेल ‘फस्ट क्लास’ अन्तर्गतको खेल हो । यसमा टेष्टसँगै अन्तर महादेशीय कप र घरेलु खेलहरु पर्छन् ।

फस्ट क्लास र टेष्ट खेलहरुमा सेतो ड्रेस र रातो बल प्रयोग हुन्छ । अहिलेसम्म नेपली क्रिकेट टोलीले टेष्ट मान्यता पाइसकेको छैन । त्यसैले टेष्ट खेल्ने नेपाली क्रिकेट टोलीको सपना बाँकी छ ।

टेस्ट नखेले पनि नेपालले यसअघि पनि ‘फस्ट क्लास’ क्रिकेट खेलिसकेको छ । १४ वर्षपछि पुनः त्यस्तो अवसर पाएको छ । नेपालले अन्तरमहादेशिय कप अन्तरगतको युएईविरुद्ध सन् २००५ मा ‘फस्ट क्लास’ क्रिकेट खेलेको थियो । उक्त खेलमा नेपालले यूएईलाई पराजित गरेको थियो ।

१४ बर्षपछि फस्ट क्लास क्रिकेट खेले पनि नेपाली खेलाडीहरुले सेतो ड्रेस र रातो बल २००८ मा नामिबियासँग ‘फोर डे’ र २०१४ मा श्रीलंका भ्रमणमा ‘थ्री डे’ क्रिकेट खेलेको थियो । तर, यी दुवै खेलले फस्ट क्लास मान्यता नपाएको नेपाली क्रिकेटका जानकार रमन सिवाकोटी बताउँछन् ।

पछिल्लो समय नेपालमा डे क्रिकेट नभएका कारण एमसीसीसँगको फस्ट क्लास क्रिकेट नेपाली खेलाडीका लागि अनुभव बटुल्ने अवसरका रुपमा हेरिएको छ ।

नेपाली टोलीका कप्तान ज्ञानेन्द्र मल्ल पनि ‘डे’ फर्म्याटका खेल नेपालमा नभएका कारण एमसीसीसँगको खेलबाट युवा खेलाडीले अनुभव बढुल्ने बताउँछन् ।

‘टिममा एक दुई जना छाडेर नयाँ खेलाडी नै छन् । डे क्रिकेटको अनुभव नै छैन । माथिल्लो स्तरमा खेल्दै जाने हो भने ‘थ्रि डे’ क्रिकेट एकदमै आवश्यक छ । अनुभव नभएकाले चाहिँ त्यो ‘पेसेन्स’ चाहिँन्छ । हामी त्यसमा ‘टेस्टेड’ हुने छौं,’ कप्तान मल्लले भने,‘यसबाट सबै खेलाडीका लागि नयाँ अनुभव हुनेछ ।’

नेपाली क्रिकेटरहरुले नेपालमा ‘डेज’ क्रिकेटको आयोजना हुनु गर्नु पर्ने माग राख्दै आएका छन् । तर, अहिलेसम्म त्यो हुन सकिरहेको छैन् । यस्तै कप्तान मल्लले नेपालले टेस्ट खेल्ने योजना बनाउने हो भने तीन दिवसीय र चार दिवसीय क्रिकेटमा जोड दिनुपर्ने बताएका छन् ।

‘हामी टेस्टका लागि सोचिरहेका छौं भने ‘डे’ क्रिकेट नेपालमै आयोजना हुन जरुरी छ,’ मल्लले भने,‘यो ‘टुनामेन्ट’बाट लामो फर्म्याटका लागि केही सिक्ने प्रक्रियाको शुरुवात हुन्छ । यो टुरबाट नयाँ खेलाडीलाई म्याच एक्सपोजर हुन्छ । अझ अगाडि बढ्न अनुभव बटुल्न सक्छन् ।’

नेपाली टोलीमा अहिले डे क्रिकेट खेलेका खेलाडीमा कप्तान मल्ल, शरद भेषावकर, सोमपाल कामी रहेका छन् । एमसीसीलाई डे क्रिकेटमा अफ्ठ्यारो नभएपनि नेपाली टोलीलाई अफ्ठ्यारो हुने कप्तानको अनुभव छ ।

‘हामी छोटो फर्म्याटबाट अगाडि बढेका छौं । तर, उनीहरु लामो फर्म्याटबाट छोटो तिर आएका कारण उनीहरुको सामना गर्न नेपाललाई चुनौती छ ।’

बुधबारदेखि शुरु हुने खेल शुक्रबारसम्म चल्नेछ । खेल काठमाडौंको कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहान साढे ९ बजेपछि शुरु हुनेछ ।

फस्ट क्लास खेल खेल्ने नेपाली टोलीमा ज्ञानेन्द्र मल्ल (कप्तान), सोमपाल कामी, शरद भेषावकर, सन्दीप लामिछाने,आरिफ शेख, विनोद भण्डारी, दीपेन्द्र सिंह ऐरी, करण केसी, ललित नारायण राजवंशी, बसन्त रेग्मी, राजु रिजाल, रोहित पौडेल, पवन सर्राफ र जितेन्द्र मुखिया छन् ।

प्रकाशित मिति : २० कार्तिक २०७६, बुधबार  ७ : ०६ बजे

पिसाब पोल्ने समस्या छ ? यी उपाय अपनाउनुस्

काठमाडौं– सामान्यतया कम पानी पिउने मानिसमा पिसाब पोल्ने समस्या बढी

भानुमा औद्योगिक ग्राम निर्माण गरिँदै

तनहुँ– तनहुँको भानु नगरपालिकामा औद्योगिक ग्राम निर्माणको प्रक्रिया सुरु भएको

तनहुँको पराशर मार्गमा कालोपत्र

तनहुँ– तनहुँको व्यास नगरपालिकाको गौरवको आयोजनामा रहेको पराशर मार्गमा पक्की

स्वरोजगार प्रवर्द्धन गर्न सिलाइ तालिम

गण्डकी– रोजगारीको खोजीमा युवा जमात विदेशिने क्रम बढिरहेका बेला पोखरा

कतारका अमिर र प्रधानमन्त्री दाहालबीच भेटवार्ता हुँदै, विभिन्न सम्झौतामा हस्ताक्षरको तयारी

काठमाडौं– नेपालको दुई दिने भ्रमणमा आएका कतारका अमिर शेख तमिम