सर्वोच्चको आदेशपछि आईओएमको प्रवेश परीक्षा स्थगित (विज्ञप्तिसहित) | Khabarhub Khabarhub

सर्वोच्चको आदेशपछि आईओएमको प्रवेश परीक्षा स्थगित (विज्ञप्तिसहित)


२० भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सर्वोच्च अदालतले चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको एमबीबीएस प्रवेश परीक्षा तत्काल नगर्न आदेश दिएसँगै  प्रवेश परीक्षा स्थगित गरिएको छ ।

चिकित्सा शास्त्र अध्ययन संस्थान डीनको कार्यालयले एक सूचना जारी गर्दै अर्को सूचना प्रकाशित नभएसम्मका लागि पूर्व निर्धारित सम्पूर्ण विषयका प्रवेश परीक्षाहरु स्थगित भएको जानकारी दिएको छ ।

सूचनामा भनिएको छ–‘ चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गतका आंगिक क्याम्पस तथा सम्बन्धन प्राप्त कलेजहरुमा नयाँ शैक्षिक सत्रका लागि स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरुमा नयाँ विद्यार्थी भर्नाका लागि भोलिदेखि चार दिन प्रवेश परीक्षा गर्ने भनिएकोमा सर्वोच्च अदालतको आदेश बमोजिम एमबीबीएस तहको परीक्षा स्थगन गर्ने आदेश भइ आएकाले यस अध्यन संस्थानबाट अर्को सूचना प्रकाशित नभएसम्मका लागि पूर्व निर्धारित सम्पूर्ण विषयका प्रवेश परीक्षाहरु स्थगित भएको व्यहोरा अवगत गराइन्छ ।’

चिकित्सा शिक्षा ऐनविपरीत प्रवेश परीक्षा लिन लागेको भन्दै आयुश रिजालले हालेको रिटको शुक्रबार सुनुवाइ गर्दै सर्वोच्चले परीक्षा रोक्न अन्तरिम आदेश दिएको हो । सर्वोच्चले थप छलफलका लागि २५ गते अदालतमा उपस्थित हुन भनेको छ ।

प्रकाशित मिति : २० भाद्र २०७६, शुक्रबार  ८ : ५९ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन