उपप्रधान तथा रक्षमन्त्री पोखरेलद्वारा नेपाली सेनाको कामको प्रसंशा | Khabarhub Khabarhub

उपप्रधान तथा रक्षमन्त्री पोखरेलद्वारा नेपाली सेनाको कामको प्रसंशा


२० भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली सेनाको ‘पृतनापति समन्वयात्मक बैठक’आजबाट शुरु भएको छ । बैठक तीन दिनसम्म चल्नेछ ।

उपप्रधान तथा रक्षामन्त्री श्री ईश्वर पोखरेल, प्रधानसेनापति, रक्षा मन्त्रालयका पदाधिकारीहरु, रथी तथा पृतनापतिहरुको उपस्थितिमा बैठक शुरु भएको हो ।

बैठकमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेपाली सेनाले गरेको कामको प्रसंशा गरे । उनले नेपाली सेनालाई थप परिस्कृत बनाउदै लैजाने तथा भविष्यमा तय गर्नुपर्ने सुरक्षा नीतिका सम्बन्धमा धारणा व्यक्त गरेका थिए ।

सम्बोधनकै क्रममा उपप्रधान तथा रक्षामन्त्री पोखरलले नेपाली सेनाले गरेका देश विकास तथा जनहितका कार्यहरुको प्रसंशा गर्नुका साथै गौरबपूर्ण इतिहास बोकेको नेपाली सेनाले बदलिंदो परिस्थितिमा आफूलाई अद्यावधिक गर्दै लैजानु पर्नेमा जोड दिए ।

कार्यक्रमको शुभारम्भमा बलाधिकृत रथी शरद कुमार गिरीले स्वागत मन्तव्य राख्दै नेपाली सेनाभित्र भइरहेका गतिविधीहरुबारे जानकारी गराएका थिए ।

समन्वयात्मक बैठकको क्रममा सहभागी कार्यालय, विभाग, महानिर्देशनालय, निर्देशनालयका प्रमुख तथा सबै पृतनापतिहरुले आ(आफ्नो जिम्मेवारी क्षेत्रको कार्य समिक्षा, वर्तमान वस्तुस्थिति, भविष्यमा आईपर्न सक्ने चुनौतीहरु एवम् सुझावहरुको सम्बन्धमा प्रस्तुतिकरण गरेका थिए ।

समन्वयात्मक बैठकले नेपाली सेनाको सम्पूर्ण नीति तथा योजना निर्माणमा ठोस योगदान पुर्‍याउन थप सहयोग पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

प्रकाशित मिति : २० भाद्र २०७६, शुक्रबार  ७ : ५७ बजे

आज २०८० साल चैत १६ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार तदनुसार

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न