अब जिग्री, पाँडेलाई ‘भद्रगोल’ मा देख्न नपाइने, आजबाट नयाँ स्वरुपमा आउने | Khabarhub Khabarhub

अब जिग्री, पाँडेलाई ‘भद्रगोल’ मा देख्न नपाइने, आजबाट नयाँ स्वरुपमा आउने


२० भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चर्चित हास्य टेलिश्रृंखला भद्रगोलबाट आधिकारिक रुपमा नै जिग्री(कुमार कट्टेल), पाँडे(अर्जुन घिमिरे) लगायतको टोली बाहिरिएको छ ।

भद्रगोल जिग्री र पाँडेको लेखन तथा निर्देशनमा तयार हुँदै आएको थियो । तर शुक्रवार(आज) देखि भने भद्रगोलमा उनीहरुलाई देख्न नपाइने भएको छ ।

हुनत गत साउनबाट नै टेलिभिजनमा भद्रगोल प्रशारणमा रोकिएको थियो । अब भने आधिकारिक रुपमा नै भद्रगोलबाट जिग्री, पाँडे, रक्षा, बले लगायतको टिम बाहिरिएको छ ।

भद्रगोल नामक कार्यक्रमको ब्राण्ड राइट मिडियाहवसँग रहेको र मिडियाहवले कलाकारलाई रकम नदिएपछि विवाद शुरु भएको थियो ।

मिडियाहबले आफूहरुलाई रकम चुक्ता नगरेको कारण काम गर्न नसकिएको उनीहरुको भनाइ छ ।

जिग्री, पाँडे लगायतले छोडेपनि मिडियाहवले भने उक्त कार्यक्रमलाई निरन्तरता दिने भएको छ ।

रोकिएको भद्रगोल आजबाट नयाँ कथावस्तु, नयाँ शैली र नयाँ कलाकारका साथ प्रशारण हुनेछ ।

कलाकार ज्योति काफ्ले र अशोक धिताल(वाहुन डन)को निर्देशनमा भद्रगोल नयाँ स्वरुपमा आउन लागेको ज्याति काफ्लेले सामाजिक सञ्जालबाट जानकारी दिएका छन् ।

प्रकाशित मिति : २० भाद्र २०७६, शुक्रबार  ४ : ०१ बजे

सुप्रिम सहकारी ठगी प्रकरण दिपेश पुनसँग ४ लाख धरौटी माग

काठमाडौं– बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले पूर्वउपराष्ट्रपति

दाङमा आगलागीबाट एक जनाको मृत्यु

दाङ– दाङमा आगलागीबाट एक जनाको मृत्यु भएको छ । मृत्यु

नेपाल सेमिफाइनलबाट बाहिरियो, एशिया कपमा छनौट हुन असफल

काठमाडौँ– नेपाल एशिया कपमा छनौट हुन असफल भएको छ ।

सर्वोच्चको फैसला नआएसम्म कांग्रेसले गण्डकी प्रदेश सभा बहिष्कार गर्ने

पोखरा– नेपाली कांग्रेसले गण्डकी प्रदेश सभा बैठक बहिस्कार गर्ने निर्णय

दयाहाङको सफलतामा लुकेको रहस्य

काठमाडौं– अहिलेका सर्वाधिक व्यस्त नायक हुन् दयाहाङ राई । विसं