प्रचण्डको गृहजिल्लामा नेकपाले ९८ वडाको एकता टुंग्यायो | Khabarhub Khabarhub

प्रचण्डको गृहजिल्लामा नेकपाले ९८ वडाको एकता टुंग्यायो


२० भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनको दोस्रो बैठकले जिल्लाका सात पालिकाका ९८ वडाको नेतृत्वको जिम्मेवारी तय गरेको छ । साविकको नेकपा एमाले र माओवादी केन्द्रका तर्फबाट सहमति गरी नेतृत्व लिने वडा टुङ्गाइएको हो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनका अध्यक्ष यमबहादुर परियारका अनुसार भरतपुर महानगरपालिकाका २९ वडामध्ये १५ वडा पूर्वएमाले र १४ वडा पूर्वमाओवादीले नेतृत्व लिने सहमति भएको छ ।

राप्ती नगरपालिकाका १३ वडामध्ये सात वडा पूर्वएमाले र छ वडा पूर्वमाओवादीको भागमा परेको छ । यस्तै खैरहनी नगरपालिकाको १३ मध्ये सात पूर्वएमाले र छ पूर्वमाओवादीको भागमा परेको छ । रत्ननगर नगरपालिकाका १६ वडामध्ये पूर्वएमाले र पूर्वमाओवादीको भागमा आठ/आठ वडा परेका छन् ।

कालिका नगरपालिकाका–११ वडामध्ये छ पूर्वएमाले र पाँच पूर्वमाओवादीको भागमा परेको उनले जानकारी दिए । इच्छाकामनाका सात वडामध्ये चार पूर्वएमाले र तीन पूर्वमाओवादी केन्द्रको भागमा परेको छ । यस्तै माडी नगरपालिकाका नौ वडामध्ये पाँच पूर्वएमालेको भागमा र चार पूर्वमाओवादीको भागमा परेको छ ।

१२५ सदस्यीय महानगर कमिटीमा पूर्वएमालेको भागमा ६५ र पूर्वमाओवादीको भागमा ६० जना परेको परियारले जानकारी दिए । इच्छाकामना गाउँ कमिटीमा ४० पूर्वएमाले र ३५ पूर्वमाओवादी केन्द्रको भागमा परेको छ । यस्तै माडी नगरपालिकामा ४० पूर्वएमाले र ४१ पूर्वमाओवादीले नेतृत्व लिने सहमति भएको छ । रत्ननगर, खैरहनी, राप्ती र कालिका नगरपालिकामा पूर्वएमालेका तर्फबाट ४३ र पूर्वमाओवादी केन्द्रको तर्फबाट ३८ जना परेका छन् ।

बैठकले प्रदेश र प्रतिनिधिसभा निर्वाचन क्षेत्र समन्वय समिति पनि टुङ्गो लगाएको छ । क्षेत्र नम्बर १ र २ को प्रतिनिधिसभा क्षेत्र समन्वय समितिको संयोजक पूर्वएमालेको भागमा र क्षेत्र नम्बर ३ पूर्वमाओवादी केन्द्रको भागमा परेको छ ।

यस्तै प्रदेशसभा क्षेत्र समन्वय समितिअन्तर्गत चितवन १ (क) मा पूर्वमाओवादी केन्द्र, १ (ख)मा पूर्वएमालेको संयोजक हुने भएका छन् । यस्तै २ (क) मा पूर्वमाओवादी,२ (ख)मा पूर्व एमाले र ३ (क)मा पूर्व एमाले र ३ (ख)मा पूर्व माओवादीको भागमा परेको परियारले जानकारी दिए । भागबण्डासँगै ती पदहरुमा पूर्वएमाले र माओवादीका तर्फवाट जो अध्यक्ष रहेका थिए उनीहरुनै अध्यक्ष भएका छन् ।

सात पालिकाका इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष, सचिव, जिल्ला पार्टी कार्यालय सचिवालय, विभिन्न विभाग र जनवर्गीय सङ्गठनको टुङ्गो लगाउन बाँकी रहेको छ । बिहीबार बसेको पार्टीको बैठकमा अध्यक्ष परियारले प्रस्ताव पेश गरेका थिए थियो । बैठकमा सहभागी केहीले आफ्नो राय दिएको भए पनि सर्वसम्मतबाट अनुमोदन गरिएको परियारले जानकारी दिए ।

प्रकाशित मिति : २० भाद्र २०७६, शुक्रबार  ३ : ४५ बजे

कुन भिटामिनको कमीले अत्यधिक निद्रा लाग्छ ?

 शरीरमा भिटामिन र मिनरल्सको उचित सन्तुलन नहुँदा यसले सम्पूर्ण शरीरमा

आजको मौसम : चार प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं– हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र बिहार आसपासमा

एसीसी प्रिमियर कप : सेमिफाइनलमा यूएईविरुद्ध भिड्दै नेपाल

काठमाडौं – एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपाल आज यूएईसँग भिड्दैछ।

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ७ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख ७ गते शुक्रबार तदनुसार