उत्तर कोरियाले आयोजना गर्ने कार्यक्रम अधिकांशद्वारा बहिष्कार, उपराष्ट्रपति पुन प्रमुख अतिथि | Khabarhub Khabarhub

उत्तर कोरियाले आयोजना गर्ने कार्यक्रम अधिकांशद्वारा बहिष्कार, उपराष्ट्रपति पुन प्रमुख अतिथि


२० भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उत्तर कोरियाले ७१ औं राष्ट्रिय दिवसका अवसरमा आयोजना गर्न लागेको रात्रिभोजमा अधिकांस उपस्थित नहुने भएका छन् ।

उत्तर कोरियाली राजदूत जो योङ मेनले निमन्त्रणा गरेको कार्यक्रममा शीर्ष नेता, परराष्ट्र, सुरक्षा तथा निजामती अधिकारीहरुले सहभागी नहुने भएका हुन् ।

उत्तर कोरियाली दूतावासले बखुण्डोलस्थित सांग्रिला ब्लू होटलमा आज (शुक्रबार) साँझ ६ बजेदेखि ८ बजेसम्म आयोजना गर्न लागेको रात्रीभोजमा आमन्त्रण गरिएका अधिकांशले सहभागी हुन अस्विकार गरेका हुन् ।

रात्रिभोजमा उपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ) प्रमुख अतिथिको रुपमा सहभागी हुने भएका छन् । नेपालस्थित दूतावास भएका देशहरुको राष्ट्रिय दिवसमा उपराष्ट्रपति प्रमुख अतिथिका रुपमा सहभागी हुने परम्पराको निरन्तरताका लागि उपराष्ट्रपति पुन सहभागी हुन लागेको परराष्ट्र स्रोतले जनाएको छ ।

परराष्ट्र मन्त्रालयका अधिकारहरुले पनि उत्तर कोरियाको कार्यक्रममा सहभागी नहुने जनाएका छन् । परराष्ट्रसचिव शंकरदास बैरागी, प्रवक्ता भरतराज पौडेल, चिफ अफ प्रोटोकल ज्ञानेन्द्रराज भण्डारी लगायत अधिकारीहरु कार्यक्रममा सहभागी नहुने भएका हुन् ।

उत्तर कोरियालीले अधिकांश दलका शीर्ष नेताहरुलाई आमन्त्रण गरेपनि व्यस्त रहेको भन्दै उनीहरुले सहभागी हुन नसक्ने बताएका हुन् । यसअघि उत्तर कोरियाको कार्यक्रममा शीर्ष नेता, परराष्ट्र तथा निजामती अधिकारीहरुको सहभागीता हुने गरेका थिए । तर, नेकपाका विदेश विभाग प्रमुख रहेका नेता माधव कुमार नेपाल भने रात्रिभोजमा सहभागी हुने नेता नेपालको सचिवालले जनाएको छ ।

संयुक्त राष्ट्रसंघले परराष्ट्रमन्त्रालयलाई गत साउनको पहिलो साता पत्राचार गर्दै उत्तरकोरिया माथिको बाध्यकारी अन्तर्राष्ट्रिय नाकाबन्दी कार्यान्वयन गर्न ध्यानाकर्षण गराएसंगै सरकारी अधिकारीहरु उत्तर कोरियालीसंग सर्तक बनेका हुन् ।

सेप्टेम्बर ९ उत्तर कोरिया स्थापना दिवस हो । सन् १९४५ मा जापानको हारसंगै उपनिवेशबाट मुक्त भएपछि कोरियाली प्रायद्धिप दक्षिणमा अमेरिका समर्थक सरकार र उत्तरमा तत्कालीन सोभियत संघ समर्थित सरकार गठन भएको थियो ।

सन् १९४८ अगष्टमा उत्तर कोरियाले जनकंग्रेसको गठनसंगै सेप्टेम्बर ३ मा नयाँ संविधान जारी गरेको थियो । सोभियत समर्थनमा १९४८ सेप्टेम्बर ९ मा किम इल सुङ प्रधानमन्त्रीमा चुनिएका थिए ।

उत्तर कोरियाले किम इल सुङ प्रधानमन्त्री चयन भएको दिनलाई राष्ट्रिय दिवसको रुपमा मनाउँछ । उत्तर कोरियाका अन्य ठूला पर्वहरु किम इल सुङ र उनका छोरा किम जोङ इलको जन्मदिन हो ।

शुक्रबार बिहान दूतावासले आफ्ना दिवंगत नेताहरुको तस्वीरमा सलामी सहितको माल्यारर्पण गर्ने कार्यक्रम राखेपनि बोलाइएका अधिकांश सहभागी भएनन् । कार्यक्रममा उत्तर कोरिया समर्थक संस्थाहरुका ११ जनाको सहभागीता रहेको थियो । सहभागीलाई राजदूतले दूताबासभित्रै कुकीज र कफी खुवाएका थिए ।

संयुक्त राष्ट्रसंघ र अमेरिकाले सरकारलाई उत्तर कोरियाली अबैध गतिबिधि रोक्न निरन्तर ध्यानाकर्षण गरेसंगै उत्तर कोरियाली कुटनीतिज्ञलाई राजनीतिक, प्रशासनीक र सुरक्षा अधिकारीहरुले भेट्न अस्विकार गरेका छन् । उत्तर कोरियाली राजदूतले पछिल्ला तीन महिनादेखि नेकपाका अध्यक्ष पुष्पकमल दाहाललाई भेट्ने प्रयास पनि सफल हुन सकेको छैन । परराष्ट्रमन्त्रालय स्रोतका अनुसार उत्तर कोरियाली दूतावासले आफ्ना राजदूतसंगको भेटवार्ताको कार्यक्रम तय गरिदिन निरन्तर पत्र पठाउने गरेको छ ।

उत्तर कोरियाले हालै मात्र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, श्रम मन्त्री गोकर्ण बिष्ट, उद्योग मन्त्री मातृका यादव, गृहमन्त्री रामबहादुर थापा लगायत मन्त्री तथा प्रधानसेनापति पूर्णचन्द्र थापालाईसमेत भेटवार्ता मिलाइदिन आग्रह गर्दै परराष्ट्र मन्त्रालयलाई औपचारीक पत्राचार गरेको छ । तर मन्त्रालयले भने उत्तर कोरियासँगको सम्बन्धले नेपालको वैदेशिक सहायता नै प्रभावित हुन सक्ने भन्दै शीर्ष नेता, मन्त्री, सरकारी अधिकारीहरुलाई उत्तर कोरियाली कुटनीतिज्ञसँगको भेटवार्तामा सावधानी अपनाउन सुझाब दिएको छ ।

उत्तर कोरियाली दूतावासले सन् २०१९ को अन्त्यतिर आफ्ना देशबाट उच्च स्तरिय भ्रमण गराउन र परराष्ट्रमन्त्री ज्ञवालीलाई उत्तर कोरिया भ्रमणको निम्तोसमेत पठाएको थियो । उत्तर कोरियासँग निकटता नबढाउने सरकारी नीतिसंगै सरकारले उत्तर कोरियाली कुटनीतिज्ञलाई बेवास्ता गरिरहेको हो ।

प्रधानसेनापति थापाले कार्यकाल सम्हालेदेखिनै भेटवार्ताको प्रयास गरिरहेपनि समय नदिइएको सेनापति निकट स्रोतले जानकारी दियो । यता नेपालमा उत्तर कोरियाली अबैध गतिविधि बढिरहेको र अन्तर्राष्ट्रिय दबाब बढेपछि प्रहरीको विशेष व्यूरो र सीआइबीले उत्तर कोरियालीमाथी निगरानी बढाएका छन् ।

प्रकाशित मिति : २० भाद्र २०७६, शुक्रबार  ११ : ३१ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६