पोखरा र कोरियाको ग्याङ्वोन प्रान्तबीच साझेदारी सम्झौता | Khabarhub Khabarhub

पोखरा र कोरियाको ग्याङ्वोन प्रान्तबीच साझेदारी सम्झौता


२० भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- विश्व कार्वन फोरम २०१९ को अवसरमा पोखरा महानगरपालिका, दक्षिण कोरियाको ग्याङ्वोन प्रान्त र त्यहाँकै हरित टेक्नोलोजी केन्द्रबीच त्रीपक्षीय साझेदारी सम्झौता भएको छ ।

सम्झौता पत्रमा पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी, ग्याङ्वोन प्रान्तको गभर्नर मुनसुन चोइ तथा केन्द्रका प्रमुख कार्यकारी निर्देशक क्युङ नाम सिनले हस्ताक्षर गरे ।

सम्झौतामा पोखरामा हरियालीसहितको यातायात पूर्वाधार निर्माणको परियोजनालाई महत्व दिएको छ । स्मार्ट वातावरणमैत्री पर्यटन, स्मार्ट शहरका प्रविधिहरु, बैज्ञानिक खोज तथा अध्ययन अनुसन्धान र पोखराको संस्थागत विकासका लागि कार्य गर्ने बताइएको छ । केन्द्रले यसअघि भुटान, युगान्डा लगायतका देशमा सञ्चालन गरेका परियोजनाहरु सफल भएका छन् ।

सम्झौतापछि तीनै पक्षले विश्वमा बढिरहेको कार्वन उत्पादन र हरीतगृह ग्यासको प्रभाव कम गराउन साझेदारी परियोजना अगाडि बढाउने प्रतिबद्धता ब्यक्त गरेका थिए । सो अवसरमा पोखराका प्रमुख जिसीले नेपालमा लगानीमैत्री बातावरण बनिसकेकाले ढुक्कसँग लगानी गर्न आग्रह गर्दै हरितगृह ग्यासको उत्पादन कम गर्न नेपाल कटिबद्ध रहेको बताए । पोखरामा यो परियोजना सफल भएमा पोखराको यातायात गुरुयोजना तयार भई कार्यान्वयनमा समेत अगाडि बढ्ने उनको भनाइ थियो ।

प्रकाशित मिति : २० भाद्र २०७६, शुक्रबार  ७ : २३ बजे

रूसी लगानीकर्तालाई नेपाली लगानी गर्न एफएनसीसीआइको आग्रह

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघ र रूसी संघको चेम्बर

उम्मेदवार भण्डारीका बुवाको निधनप्रति एमालेद्वारा दुःख व्यक्त

काठमाडौं– नेकपा (एमाले)ले बझाङ-१ का प्रदेशसभा सदस्यका उम्मेदवार दमन भण्डारीका

सीपीको आक्षेप- भारतको दाल, डुकू खाएर माओवादीले एक दशक हतियार चलायो

२०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले मुलुकमा १९ दिन

इथियोपियामा द्वन्द्वका कारण ५० हजारभन्दा बढी विस्थापित

नैरोबी– उत्तरी इथियोपियाको एउटा विवादित क्षेत्रमा भएको झडपका कारण ५०

लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र नै हो : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लोकतन्त्र दिवसको शुभकामना दिँदै