उच्च अदालत पाटनमा नयाँ नियम– पेशी तोकिएपछि न्यायाधीशले मोबाइल अफ गर्नुपर्ने ! | Khabarhub Khabarhub

उच्च अदालत पाटनमा नयाँ नियम– पेशी तोकिएपछि न्यायाधीशले मोबाइल अफ गर्नुपर्ने !


२१ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उच्च अदालत पाटनमा नयाँ नियम लागू भएको छ । नयाँ नियमानुसार अब पेशी तोकिएपछि अदालतका न्यायाधीश तथा कर्मचारीले आफ्नो मोबाइलको स्वीच अफ गर्नुपर्ने छ ।

उच्च अदालत पाटनका मुख्य न्यायाधीश नहकुल सुवेदीले मुद्दाको पेशी सूची प्राप्त भएपछि मोबाइलको स्वीच बन्द गर्न निर्देशन दिएका हुन् ।

देशभरकै अदालतमा पेशी तोकिएपछि न्यायाधीश तथा कर्मचारीको मोबाइलका घण्टी बज्ने गरेको र त्यसले अदालती कामकारबाही प्रभावित हुने गरेको गुनासो बढिरहेका बेला उच्च अदालत पाटनमा भने मोबाइलको स्वीच नै अफ गर्नुपर्ने नियम लागू भएको हो ।

मुद्दाको पेशी सूची सार्वजनिक भएपछि कर्मचारी तथा न्यायाधीशहरुको मोबाइल बज्ने क्रम बढ्दै चर्चा बढेपछि मुख्य न्यायाधीश सुवेदीले यस्तो निर्देशन जारी गरेका हुन् ।

सुवेदीले पेशी तोकिएपछि आवश्यक वाहेक अन्य कर्मचारीलाई न्यायाधीशको चेम्बरमा नजान समेत निर्देशन दिएका छन् ।

मुख्य न्यायाधीश सुवेदीले इजलास बस्न नसक्ने अवस्था भएपनि सबै न्यायाधीशलाई अनिवार्य रुपमा अदालती समयमा अदालतमै उपस्थित हुन दिर्नेशन जारी गरेका छन् ।

प्रकाशित मिति : २१ श्रावण २०७६, मंगलबार  ६ : ३३ बजे

लहानको खुट्टीखोलामा घाट निर्माण

सिरहा– सिरहाको लहान नगरपालिका–४ स्थित खुट्टीखोला किनारमा सुविधासम्पन्न घाट निर्माण

अतिक्रमित जग्गा फिर्ता ल्याउने कामलाई तीव्रता दिन गृहको निर्देशन

काठमाडौँ– गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा साविककै अवस्थामा

एक वर्षमा ३१ हजार विदेशी पर्यटक घोडेपानीमा

म्याग्दी– विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले म्याग्दीको

चिनियाँ आइफोनमा ह्वाट्स एप र थ्रेड्स प्रतिबन्ध

बेइजिङ– एप्पल कम्पनीले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर– टीकापुर नगरपालिका– ७ को प्रशासनिक भवन ६८ लाख रुपैयाँको