संसदीय समितिले खोज्यो नारायणहिटी दरबारको महत्वपूर्ण दस्तावेज | Khabarhub Khabarhub

संसदीय समितिले खोज्यो नारायणहिटी दरबारको महत्वपूर्ण दस्तावेज


२१ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संसदीय समितिले तत्कालीन नारायणहिटी राजदरबार (हाल संग्रहालय)को महत्वपूर्ण दस्तावेजहरुको खोजी कार्य शुरु गरेको छ ।

राष्ट्रिय महत्वको दस्तावेजको अभिलेख राख्ने दायित्व पाएको संघीय संसदको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले तत्कालीन राजाहरुले नारायणहिटी दरबारमा रहेका महत्वपूर्ण दस्तावेजहरुको खोजी कार्यलाई अघि बढाएको हो ।

अभियान अन्तरगत समितिले सरकारलाई सो दस्तावेज कहाँ छ ? त्यसको विवरण उपलब्ध गराउन पत्राचार गरेपछि सरकारले त्यस पत्रको जवाफ समेत दिन सकेको छैन ।

मंगलबार समितिको बैठकमा उपस्थिति भएका परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले पनि ती सबै दस्तावेज सरकार कहाँ आए÷नआएको एकिन नभएको जवाफ दिए । उनले सो दस्तावेज पूर्व राजा ज्ञानेन्द्र शाहसँगै गयो कि भनि आशंका पनि गरे ।

‘त्यतिबेला सबै राष्ट्रिय महत्वका दस्तावेज दरबारमा केन्द्रित थिए,’ मन्त्री ज्ञवालीले भने , ‘ती सबै यता आएकी आएनन् एकिनका साथ भन्न सकिने अवस्था छैन, जे–जे दस्तावेज थिए भन्ने हामीलाई सूचना छ । तिनीहरुको खोजी गर्ने क्रममा के–के छुटे बुझ्न सकिन्छ । सबै हस्तान्तरण नभएको बुझेका छौं, पूर्व ज्ञानेन्द्र राजा शाहसँगै गयो कि ?’

मन्त्री ज्ञवालीले समितिको बैठकमा आफैमाथि प्रश्न पनि गरे, ‘नारायणहिटी दरबारमा महत्वपूर्ण दस्तावेज त्यहीँ बाँकी छ वा कुनै ढंगले नष्ट भयो ? त्यसको बारेमा एकिन ढंगले भन्न सकिने अवस्था छैन ।’

बैठकमा समितिका सभापति रामनारायण बिडारीले सुगौली सन्धि यताका नेपालको नक्सा, राष्ट्रिय महत्वको अभिलेख र नेपालले गरेका अन्तर्राष्ट्रिय सन्धि सम्झौताको विवरण उपलब्ध गराउन सरकारलाई पत्राचार गरिए पनि जवाफ नआएको बताएका थिए ।

समितिका सदस्य राधेश्याम अधिकारीले नारायणहिटी राजदरबारका महत्वपूर्ण दस्तावेज कहाँ छन् भनी मन्त्री ज्ञवालीलाई प्रश्न गरेका थिए । मन्त्री ज्ञवालीले तत्कालीन नारायणहिटी दरबारको कतिपय दस्तावेज भने राष्ट्रिय अभिलेखालयमा आएको र त्यसलाई व्यवस्थित बनाएपछि समितिले पेश गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

प्रकाशित मिति : २१ श्रावण २०७६, मंगलबार  ६ : २१ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न