एउटै नगरपालिकाका मेयर र उपमेयरको समूहबीच झडप हुँदा धनुषा तनावग्रस्त | Khabarhub Khabarhub

एउटै नगरपालिकाका मेयर र उपमेयरको समूहबीच झडप हुँदा धनुषा तनावग्रस्त


२१ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– धनुषाको हंसपुर नगरपालिकाका मेयर र उपमेयरबीचको विवादले झडपको रुप लिएको छ । मेयर र उपमेयर पक्षधरहरुबीच झडपको स्थिति सिर्जना भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठी चलाउनु परेको छ ।

झडप नियन्त्रणमा लिन प्रहरीले लाठी चार्ज गरेपछि करिब ६ जना व्यक्ति घाइते भएका छन् ।

मेयर र उपमेयरबीच नगरपालिकाको कार्यालय सञ्चालनसम्बन्धी विवाद थियो । मेयर राम ज्ञान मण्डल र उपमेयर रेणु झाले छुट्टा–छुट्टै ठाउँमा कार्यालय सञ्चालन गरिरहेका थिए ।

मंगलबार दिउँसो प्रहरीसमेत सहयोगमा मेयर मण्डल पक्षका व्यक्तिले उपमेयर रेणु झाले छुट्टै सञ्चालन गरेको कार्यालयबाट केही सामग्री लिन खोजेपछि झडपको स्थिति सिर्जना भएको हो ।

झडपमा उपमेयर झासहित वडा नम्बर २ का वडाध्यक्ष उदय साह, तपेश्वर मण्डल, फेकन कापर, पुण्य खत्री लगायतका व्यक्ति घाइते भएका छन् ।

घाइतेमध्ये तपेश्वर मण्डलको अवस्था चिन्ताजनक रहेको जनाइएको छ । उनको उपचारका लागि जनकपुरस्थित अञ्चल अस्पतालमा पठाइएको जनाइएको छ ।

 

प्रकाशित मिति : २१ श्रावण २०७६, मंगलबार  ५ : ४९ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका