ट्राइल दिन गोलकिपर किरण बुधबार जापान जाँदै | Khabarhub Khabarhub

ट्राइल दिन गोलकिपर किरण बुधबार जापान जाँदै


२१ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली राष्ट्रिय फुटबल टोलीका पहिलो रोजाइका गोलकिपर किरण कुमार चेमजोङ जापानी क्लबमा ट्राइल दिन जाने भएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव इन्द्रमान तुलाधरनले उनलाई मंगलबार विदाई गरेका हुन् । किरणले जापानी लिग ३ को क्लब फुजाइद एमवाईएफसीमा ट्रायल दिने छन् ।

उनले जापानमा २० दिनको प्रशिक्षण गर्ने तालिका रहेको छ । फिफा विश्वकप २०२२ को छनोटको अभ्यासमा व्यस्त रहेका किरण बुधबार जापान जानेछन् ।

मंगलबार मात्रै राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक योहान कालिनले विश्वकप छनोटको प्रारम्भिक ३१ खेलाडीको नाम सार्वजनिक गरेका थिए ।

प्रकाशित मिति : २१ श्रावण २०७६, मंगलबार  ५ : ३७ बजे

त्रिविले नेपाली र अङ्ग्रेजी दुवै भाषामा प्रश्नपत्र बनाउने

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले अङ्ग्रेजी र नेपाली दुवै भाषामा

राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज अनुगमन तथा मूल्याङ्कन व्यवस्था

खुमबहादुर खड्कालाई झुठ्ठो मुद्दामा फसाइएको देउवाको दाबी

दाङ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस नेता खुमबहादुर

कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका प्रतिनिधिसभा सांसद टेकबहादुर गुरुङको

मन्त्री फेरिँदैमा सरकारको नीति परिवर्तन हुँदैन : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले निवर्तमान अर्थमन्त्री डा प्रकाशशरण महतको