धरहरा निर्माणको जिम्मा पाएको रमण कन्स्ट्रक्सन कालो सूचीमा | Khabarhub Khabarhub

धरहरा निर्माणको जिम्मा पाएको रमण कन्स्ट्रक्सन कालो सूचीमा


२१ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भूकम्पले भत्किएको घरहरा निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनी रमण कन्स्ट्रक्सनलाई सरकारले कालो सूचीमा राखेको छ ।

सडक विभागअन्तर्गतको हुलाकी सडक निर्देशनालयको सिफारिसमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले रमण कन्सट्रक्सन खरिद कार्यमा सहभागी हुन नपाउने गरी कालो सूचीमा राखेको हो ।

हुलाकी सडक निर्माणको जिम्मा पाएको रमण कन्स्ट्रक्सनले निर्माण कार्य अलपत्र पारेको तथा सन्तोषजनक काम नगरेको भन्दै हुलाकी सडक निर्देशनालयले गत असार २० गते कालो सूचीमा राख्न सिफारिस गरेको थियो ।

हुलाकी सडक निर्देशनालयको सिफारिसविरुद्ध रमण कन्स्ट्रक्सनले सर्वोच्च अदालतमा रिट समेत दायर गरेको थियो । सर्वोच्च अदालतले रिटको प्रारम्भिक सुनुवाई गर्दै हुलाकी सडक निर्देशनालयले सिफारिस यथास्थितिमा राख्न अन्तरकालीन आदेश जारी गरेको थियो । तर, पछि साउन १५ गते सर्वोच्चले ‘अन्तरकालीन आदेशलाई निरन्तरता दिनु नपर्ने’ भनेर आदेश जारी गरेपछि रमणलाई कालो सूचीमा राख्ने प्रक्रिया अगाडि बढाइएको थियो ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले रमण कन्स्ट्रक्सनविरुद्ध सार्वजनिक खरिद नियमावली २०६४ को नियमन (१४१) को उपनियमन (२) अनुसार कालो सूचीको प्रक्रिया अगाडि बढाइएको जनाएको छ । सो प्रक्रिया टुङ्गोमा नलागेसम्म उक्त कम्पनीलाई नयाँ खरिद कार्य (नयाँ ठेक्का बोलकबोल) गर्न रोक लगाइएको कार्यालयले जनाएको छ ।

सार्वजनिक खरिद कार्यालयले यसअघि पप्पु कन्स्ट्रक्सनलाई कालो सूचीमा राखेको थियो । पप्पुले पनि हुलाकी सडकलगायतका निर्माण कार्यमा सन्तोषजनक काम नगरेको भन्दै कार्यालयले कालो सूचीमा राखेको हो ।

प्रकाशित मिति : २१ श्रावण २०७६, मंगलबार  १० : ४५ बजे

कांग्रेस देश र जनताप्रति उत्तरदायी पार्टी हो : सहमहामन्त्री राठोर

बैतडी– नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठोरले कांग्रेस देश र जनताप्रति

गण्डकी प्रदेश सभा बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित

पोखरा– गण्डकी प्रदेश सभाको बैठक प्रतिपक्षी दल बिना नै बसेको

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति

काठमाडौं– चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान करिब साढे

भिमादका कृषकले सुन्तला बेचेर भित्र्याए तीन करोड

दमौली– तनहुँको भिमाद नगरपालिकाका कृषकले यस वर्ष सुन्तला बिक्री गरेर

बन्द भएका उद्योग सञ्चालन गर्न सरकारले नयाँ नीति ल्याउँछ : मन्त्री भण्डारी

नारायणगढ– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विभिन्न कारणले बन्द