शाहरुखसँगको यस्तो सम्बन्धबारे खुलाइन् पत्नी गौरीले | Khabarhub Khabarhub

शाहरुखसँगको यस्तो सम्बन्धबारे खुलाइन् पत्नी गौरीले


२१ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– बलिउड अभिनेता शाहरुख खानकी श्रीमती गौरी खान बेलाबेलामा चर्चामा आउने गर्छिन् ।

पछिल्लो समय उनले आफ्नो शाहरुख खानको सम्बन्धको विषयमा केही खुलासा गरेकी छिन् । जसको उल्लेख्य चर्चा भइरहेको छ ।

एक किताब सार्वजनिक कार्यक्रममा पुगेकी उनले सञ्चारमाध्यमसँग कुरा गर्दै उनले शाहरुख खान एक राम्रो पिता र पति रहेको बताइन् । उनले शाहरुखको श्रीमती हुनु आफ्नो लागि गर्बको कुरा भएको बताइन् ।

तर, आफूले सधैं साधारण कामकाजी महिलाको जस्तै साधारण जिन्दगी बिताउँदै आएको बताइन् । उनले आफूले सधैं शाहरुख खानको कारण भएको सकारात्मक कुरामा मात्र ध्यान दिने गरेको बताइन् । हालसालै शाहरुख खानले सामाजिक सञ्जालबाट आफ्नी छोरी सुहानाको ग्रेजुएटको जानकारी दिएका थिए ।

दुवैले आफ्नो प्रेमका लागि परिवारसँग संघर्ष गरेका थिए । अन्ततः उनीहरुको परिवारले पनि उनीहरुको प्रेमलाई स्वीकार गरेका थिए । सन् १९९१ मा यी दुईको बीचमा विवाह भएको थियो । शाहरुखले गौरीका परिवारलाई मनाउनका लागि ५ वर्षसम्म हिन्दू भएको नाटक गरेका थिए । उनले आफ्नो नाम पनि परिवर्तन गरेका थिए । यतिमात्र होइन, उनले विवाहपछि पनि गौरीसँग एक झुट बोलेका थिए।

गौरी र शाहरुखको बीचमा हनिमून पेरिस जाने सहमति भएको थियो तर शाहरुखसँग त्यसका लागि पर्याप्त पैसा थिएन । यस्तोमा उनले हनिमूनका लागि दार्जिलिङ लगेका थिए । शाहरुख सन् १९९१ मा गौरीका परिवारलाई मनाउन सफल भए । शाहरुखका अनुसार गौरी उनलाई यसकारण प्रेम गर्छिन् कि उनी निकै इमान्दार छन् ।

प्रकाशित मिति : २१ श्रावण २०७६, मंगलबार  ९ : १२ बजे

रास्वापा सिद्धयाउने षड्यन्त्र भइरहेको छ : सभापति लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना पार्टीलाई सिद्धयाउने

युक्रेन र रुसबीचको हवाइ आक्रमणमा सर्वसाधारणको मृत्यु

किएभ– युक्रेनले शनिबार बिहानै रूसतर्फ ड्रोन आक्रमण गरेको र आक्रमणका

भोजपुर गोल्डकपको तयारी पूरा

भोजपुर– भोजपुरमा आइतबारबाट सञ्चालन हुने सातौँ अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर

आगोको झिल्का सल्केर घरमा आगलागी

बैसाखे– पर्साको जिल्लाको छिपहरमाई गाउँपालिकामा –१ भलुवहिया टोलमा आज दिउँसो

झुलाघाट नाका पुनः सञ्चालनमा

बैतडी– भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका पुनः सञ्चालनमा आएको