संसारको सबैभन्दा सानो ल्यापटप, डिस्प्ले नै १ इन्चभन्दा कम | Khabarhub Khabarhub

संसारको सबैभन्दा सानो ल्यापटप, डिस्प्ले नै १ इन्चभन्दा कम


२१ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– बजारमा उपलब्ध सबैभन्दा सानो ल्यापटपको डिस्प्ले केबल ७ इन्चको छ ।

तर, एकजना वैज्ञानिक पउल क्लिङ्गरले भने त्यो भन्दा पनि धेरै सानो ल्यापटपको निर्माण गरेका छन् । उनले १ इन्चभन्दा पनि सानो ल्यापटपको निर्माण गरेका हुन् ।

थिंकटाइनी नामक परियोजनाअन्तर्गत केबल ०.९६ इन्चको ल्यापटप निर्माण गरिएको हो । यस ल्यापटप/आईबीको थिंकप्याड शैलीमा आधारित छ । यसमा माउस पोइन्टर ट्राक पोइन्ट जस्तै पोइन्टर हबसमेत छ ।

यो ल्यापटप पूर्ण रुपमा चल्नसक्ने किसिमको छ । यद्यपि यसको किबोर्ड भने नाममात्रको छ, जुन चल्दैन ।

यो ल्यापटपलाई गेमिङ ल्यापटप भनिएको छ । यो ल्यापटपमा स्नेक, टेट्रिस, लुनर ल्याण्डर लगायतका गेम खेल्न मिल्छ । यसका लागि क्लिङ्गरले थ्रीडी प्रिन्ट गरी त्यसको बाहिरी आवरण तयार पारेका हुन् ।

उक्त ल्यापटपमा १२८ X ६४ पिक्सलको ओलेड डिस्प्ले छ । ३ सय एमएएचको ब्याट्री रहेको उक्त ल्यापटपमा एटटाइनी १६१४ माइक्रो कन्ट्रोलर छ ।

प्रकाशित मिति : २१ श्रावण २०७६, मंगलबार  ७ : ४३ बजे

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रीका प्रतिनिधिमण्डलको भेट

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग रुसको चेम्बर्स अफ कमर्स

कतारका राजाको स्वागतमा सिँगारियो काठमाडौं (तस्बिरहरू)

काठमाडौं– कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको स्वागतका

ललितपुरको महांकालमा प्रज्ञा स्मृति भलिबल प्रतियोगिता हुने

प्रज्ञा स्मृति प्रतिष्ठानको आयोजनामा २२ देखि २५ वैशाख २०८१ मा

चीनमा पुलमा पानीजहाज ठोक्किएपछि चार जना बेपत्ता

गुआङझोउ– दक्षिण चीनको गुआङडोङ प्रान्तवको फोसान सहरमा सोमबार राति एउटा

दिलीपकी छोरी दिव्याको पहिलो फिल्म ‘एक्टर’ को शुभ मुहूर्त 

काठमाडौं– फिल्म ‘एक्टर’को शुभ मुहूर्त गरिएको छ । मंगलबार बिहान