सोमबारसम्मको मौसम पूर्वानुमान– मेघ गर्जनसहित वर्षा | Khabarhub Khabarhub

सोमबारसम्मको मौसम पूर्वानुमान– मेघ गर्जनसहित वर्षा


२१ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जल तथा मौसम विज्ञान विभागले मौसममा वदलि भइ मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।

विभागले शनिवार(आज) राति देशका पश्चिमी भू(भागमा सामान्य देखि पूर्ण बदलि रहि पूर्वी र मध्य नेपालका भु(भागमा आंशिक देखि सामान्य बदली रहने जनाएका छ ।

देशका पश्चिमी भू(भागका धेरै स्थानहरूमा वर्षाको सम्भावना रहेको विभागले पूर्वानुमान गरेको छ । शनिवार राति पूर्वी र मध्य नेपालका भु(भागमा मेघ गर्जन सहितको हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । काठमाडौं उपत्यकाका धेरै स्थानमा शनिवार(आज) साँझ वर्षा भएको छ ।

विभागका अनुसार आइतवार दिउँसो देशभर सामान्य बदलि भई केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । त्यस्तै आइतवार राति देशभर सामान्य बदलि भई केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

सोमवार दिउँसोपनि देशभर सामान्य बदलि भई केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
सोमबार राति देशभर सामान्य बदलि केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागको पूर्वानुमान रहेको छ ।

प्रकाशित मिति : २१ असार २०७६, शनिबार  ७ : ३६ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०