पार्टी र सरकारविरुद्ध भइरहेको आलोचनाको प्रतिवाद गर्न सांसदलाई ओलीको निर्देशन | Khabarhub Khabarhub

पार्टी र सरकारविरुद्ध भइरहेको आलोचनाको प्रतिवाद गर्न सांसदलाई ओलीको निर्देशन


२१ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारविरुद्ध भइरहेको आलोचनाको समूहिक ढंगले प्रतिवाद गर्न सांसदहरुलाई आग्रह गरेका छन् ।

शनिवार बसेको नेकपाको संसदीय दलको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले राम्रो काम गर्दा प्रतिपक्षी र अन्यदलबाट सरकारमाथि आक्रमण भएको भन्दै त्यसको बचाउँ गर्न सांसदहरुलाई निर्देश दिएका छन् ।

प्रधानमन्त्री ओलीले पार्टी र सरकारसँग सम्बन्धित असन्तुष्टिलाई पार्टीभित्र राख्न सांसदहरुलाई निर्देशन समेत दिए । उनले सार्वजनिक रुपमा सरकार र पार्टी आलोचना गर्दै नहिँड्न सांसदहरुलाई आग्रह गरे ।

सांसदहरुले भने आफ्नै निर्णयबाट पछि हट्ने सरकारको कार्यशैलीले जनताप्रतिको विश्वास गुम्दै गएको भन्दै पार्टी नेतृत्वको आलोचना गरेका थिए ।

संघीय संसद भवन नयाँ वानेश्वरमा शनिबार बसेको नेकपाको संसदीय दलको बैठकमा सांसदहरुले निर्णय गर्दै पछि हटेको भन्दै सरकारको र पार्टी नेतृत्वको आलोचना गरेका हुन् ।

कुनै पनि निर्णय गर्नुभन्दा पहिला पर्याप्त छलफल गरेरमात्र निर्णयमा पुग्न सांसदहरुले पार्टी नेतृत्वलाई सुझाव दिएका छन् ।

गुठी विधेयक, आईफा अवार्ड र भारतबाट आयातित तरकारी तथा फलफूलमा प्रयोग भएको विषादी परीक्षण नगर्ने लगायत विषयमा सरकारले गरेका निर्णयहरु आलोचित भएको भन्दै सांसदहरुले त्यस तर्फ नेतृत्वको ध्यानाकर्षण गराएका थिए ।

उनीहरुले सरकारका कतिपय राम्रा कामहरु पनि पार्टीको संयन्त्र विकास हुन नसक्दा जनतामाझ लैजान नसकिएको भन्दै पार्टी एकताको काम छिटो टुंगोमा पुर्याउनुपर्नेमा जोड दिएका थिए ।

त्यसैगरी तीन तहको सरकारबीच आवश्यक समन्वयन हुन नसक्दा जनताले राज्य संञ्चालनको नया स्वरुपको पुर्ण सरकारको अनुभव गर्न नपाएको र विकास निर्माणका कार्य पनि प्रभावित भएको भन्दै सांसदहरुले त्यस तर्फ पनि आवश्यक पहल गर्न नेतृत्वलाई सुझाएका थिए ।

सरकारले संसदमा प्रस्तुत गर्ने विधेयकहरुका बारेमा संसदीय समितिमा पर्याप्त छलफल हुन नसक्दा प्रतिरक्षा गर्न नसकिएको गुनासो पनि सांसदहरुले गरेका थिए । सांसदहरु रामनारायण विडारी, कृष्ण कुमार राई, राम कुमारी झाँक्री, लेखराज भट्ट लगायतले सरकारले गर्ने निर्णयमा पर्याप्त छलफल हुनुपर्ने बताएका थिए ।

बैठकमा दुवै अध्यक्षले एक महिनाभित्र पार्टी एकताको सम्पुर्ण प्रक्रिया पुरा गर्ने विश्वास दिलाउनुभएको सांसद राम नारायण विडारीले जानकारी दिए । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक बर्षदेखि सरकारका कामकारवाही तिब्र हुने आश्वासन दिलाए ।

प्रकाशित मिति : २१ असार २०७६, शनिबार  ७ : ३८ बजे

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

चितवनमा बढे बैंकिङ कसुरका उजुरी

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको ९

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको

आरल्याण्ड ए ले दियो नेपाल ए लाई विशाल लक्ष्य

काठमाडौं – पहिलो टी–२० खेलमा आयरल्याण्ड ए ले नेपाल ए

‘पशुपतिप्रसाद’का हनुमानको लहड : प्रेमिकाको आमाको गहना बन्धकी राखेर फिल्ममा लगानी

काठमाडौं – जुन फिल्ममा मुख छोपेर अभिनय गरे रवीन्द्र यही