यी हुन ट्राफिक प्रहरीले चालकलाई बढी चिट काट्ने रुट ! | Khabarhub Khabarhub

यी हुन ट्राफिक प्रहरीले चालकलाई बढी चिट काट्ने रुट !


२१ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मुलुकको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारको मुख्य प्रवेशद्वार अगाडि कानूनको उल्लङ्घन गर्ने तथा नियमपालना नगर्ने प्रवृत्तिलाई निरुत्साहन गर्न प्रहरी सक्रिय भएको छ ।

भद्रकाली मन्दिरतर्फबाट सिंहदरबार पश्चिम मुलद्वार पृथ्वीनारायण शाहको सालिक हुँदै राम शाहपथतर्फ मोडिने सवारी चालकले सडक अनुशासन(लेन) उल्लङ्घन गरेमा जरीवाना गर्ने कार्यलाई प्रहरीले तीव्र तुल्याएको हो ।

सिंहदरबारको मुलढोकामै सवारी चालकको नाममा हुने कानून उल्लङ्घनलाई नियन्त्रण गर्न साँझ बिहान मात्र होइन, तातो घाममा छातीमा क्यामेरा भिरेका तथा हातमा जरिवाना गर्ने रातो रसिद बोकेर खडा भएका प्रहरी देखिन्छन् ।

लेन क्रस गरे/नगरेको केहीले चियो गर्छन् भने केहीले उल्लङ्घन गरेर भाग्न खोज्नेलाई नियन्त्रणमा लिएर जरिवानाको रसिद बोक्ने नेर पुर्‍याइ दिने गरेको देखिन्छ । सधैँजसो जाम हुने उक्त ठाँउमा पछिल्लो समय सार्वजनिक विदाको दिनबाहेक दैनिकरुपमा सडक लेन उल्लङ्घन गर्ने करीब १५० सवारी साधनका चालकलाई कारवाही गरिँदै आएको महानगरीय ट्राफिक महाशाखाको तथ्याङ्कले पुष्टि गरेको छ ।

शुक्रबार उपत्यकामा सडक लेन उल्लङ्घन गर्ने २७४ सवारी साधनमध्ये १५० सिंहदरबार अगाडि कारवाहीमा परेका हुन् । अघि पछिको तुलनामा बढी जाम हुने बिहान ९ देखि ११ र बेलुकी ४ देखि ६ बजेको बीचमा सडक नियम उल्लङ्घन गर्नेलाई नियन्त्रणमा लिने निकै चियो गरेर प्रहरी उभिएको त्यहाँ देखिन्छ । उक्त समयमा त्यहाँ छ/सात जनाको सङ्ख्यामा प्रहरी खट्ने गरेको पाइन्छ ।

सडक लेन उल्लङ्घन गर्ने सवारी साधनलाई रु ५०० जरिवाना गरिँदै आएको छ । सडक लेन उल्लङ्घन गर्नेमा मोटर साइकल चालकको सङ्ख्या अधिक अर्थात् ९० प्रतिशतभन्दा रहेको तथ्याङ्कले देखाएको छ ।

सडक अनुशासनलाई बेवास्ता गरी अरुलाई पछिपार्दै सवारी साधन हुइक्याउने शिक्षित युवापुस्ता नै ट्राफिक प्रहरी कार्यालय पुगेर जरिवाना बुझाउने सूचिमा अग्रस्थानमा छन् ।

सिंदरबारपछि सडक लेन उल्लङ्घन गर्नेबाट जरिवाना असुल्ने चोक भनेको थापाथली, बानेश्वर, त्रिपुरेश्वर, महाराजगञ्ज, कोटेश्वर, माइतीघर, कलङ्की, पुतली सडक हुन् ।

महाशाखाले सडक लेन पहिलो पटक उल्लङ्घन गर्ने चालकलाई ५००, दोस्रो पटक गर्नेलाई एक हजार र तेस्रो पटक गर्नेलाई एक हजार ५०० जरिवाना गर्दै आएको छ ।

यसअघि त्यस प्रहरीले सडक लेन उल्लङ्घन गर्ने चालक एवं सर्वसाधारणलाई जुन ठाउँमा लेनको अवज्ञा गरेको हो त्यही एक घन्टा नियन्त्रणमा लिई सडक अनुशासन पालनाबारे ज्ञान दिने कार्यक्रम सञ्चालन गरेको थियो । विशिष्ट व्यक्तिको नाममा कतिपयले सडक लेनको पालना त परै जाओस्, प्रवेश निषेध भनी लेखिएको बोर्डको बेवास्ता गरेर ‘साइरन’ दिँदै मोटर हुँइक्याउने प्रवृत्तिलाई आम जनताले मन अपराएको देखिन्न । उनीहरुले कानूनी राज्यको दुरुपयोग भएको रुपमा लिएका छन् ।

प्रहरीको पछिल्लो सक्रियाताले कम्तिमा पनि मुलूकको प्रशासनिक प्रमुख केन्द्रकै ढोका अगाडि पृथ्वीनारायण शाहले औँला ठड्याएको सालिक र भद्रकाली क्षेत्रमा कानूनको परिपालनामा योगदान पुग्ने विश्वास गरिएको छ ।

प्रकाशित मिति : २१ असार २०७६, शनिबार  २ : ५९ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०