क्यालिफोर्नियामा पुनः शक्तिशाली भूकम्प | Khabarhub Khabarhub

क्यालिफोर्नियामा पुनः शक्तिशाली भूकम्प


२१ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लस एन्जल्स– अमेरिकाको क्यालिफोर्निया राज्यमा पुनः शक्तिशाली भूकम्प गएको छ ।

क्यालिफोर्नियाको लस एन्जल्स शहरबाट २४० किलोमिटर टाढा रहेको रिजक्रेस्ट शहरनजिक ९०० मिटरको गहिराइलाई केन्द्रविन्दु बनाएर ७.१ म्याग्निच्यूडको भूकम्प भएको हो ।

गत बिहीबार पनि सोही क्षेत्रमा ११ किलोमिटरको गहिराइलाई केन्द्रविन्दु बनाएर ६.४ म्याग्निच्यूडको भूकम्प गएको थियो ।

पछिल्लो भूकम्पको धक्का क्यालिफोर्नियाका प्रमुख शहरहरुसहित नेभादा राज्य र मेक्सिकोको सीमासम्म महशुस गरिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

भूकम्पले क्यालिफोर्नियाको एक स्थानमा आगलागी भएको, केही मानिसहरु घाइते भएको र केही परिवार विद्युत तथा सञ्चारको सुविधाबाट बञ्चित भएको सामान्य घटनाबारे जानकारी आएको त्यहाँका अधिकारीले जनाएका छन् ।

त्यसबाहेक भूकम्पबाट भएको क्षतिको विस्तृत विवरण भने सार्वजनिक भएको छैन ।

प्रकाशित मिति : २१ असार २०७६, शनिबार  २ : २२ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका