शेर्पा र अक्सिजन बिनै सगरमाथा चढेका मोहर भन्छन्–ठूलो चुनौती सामना गरेँ | Khabarhub Khabarhub

शेर्पा र अक्सिजन बिनै सगरमाथा चढेका मोहर भन्छन्–ठूलो चुनौती सामना गरेँ



काडमाडौं- सगरमाथा र ल्होत्सेको सफल आरोहण गरेका ल्याटिन अमेरिकी मुलुक चिलीका आरोही हुआँ पाब्लो मोहर अर्को ४८ दिनमा ८ हजार मिटर माथिका थप तीन हिमालको आरोहणको तयारीमा छन् ।

१०० दिनमा ८ हजार मिटरमाथिका विश्वका ५ हिमाल आरोहण गर्ने लक्ष्य अनुसार उनले ५२ दिनभित्रै सगरमाथा र ल्होत्सेको आरोहण गरिसकेका छन् । उनले गत मे १६ मा विश्वको चौथो सर्वोच्च शिखर ल्होत्सेको आरोहण गरेका थिए भने गत मे २३ का दिन सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका थिए । ल्होत्से र सगरमाथाको आरोहणसँगै सात दिनको अवधीमा ८ हजार मिटरमाथिको हिमाल आरोहण गर्ने कीर्तिमानसमेत उनको नाममा रहन पुगेको छ । उनले दुबै हिमालको आरोहण गर्ने क्रममा अक्सिजन र शेर्पाको सहयोग लिएका थिएनन् ।

योसँगै बिना अक्सिजन सगरमाथाको आरोहण गर्ने उनी पहिलो चिलियन नागरिक बन्न सफल भएका छन् । सन् १९९२ मे १५ का दिन राड्रिगो, जोर्डन, हुआँ सेबास्टियन मोन्टेज, क्रिष्टियन गार्सिया हुइदोब्रो र मौरिजियो पुर्टोको चिलियन आरोहीको दलले सगरमाथाको सफल आरोहण गरी सगरमाथाको सफल आरोहण गर्ने चिलीको पहिलो आरोहण दल बनी इतिहास बनाएको थियो ।

‘सगरमाथाको शिखर ! शेर्पाको सहयोग वा अक्सिजनको सहारा बिनै हामीले २४ घण्टापछि सगरमाथाको शिखर चुम्यौं,’ उनी भन्छन् । सगरमाथाको धेरै लामो यात्रा शारीरिक र मानसिक रुपमासमेत चुनौतिपूर्ण रहेको उनको भनाइ छ । ‘मलाई सहयोग गर्ने मेरा परिवार र साथीहरुको साथकै कारण मेरो यो अभियान सफल भएको हो,’उनले भने ।

विश्वका ८ हजार मिटरमाथिका १४ वटै हिमालको आरोहण गर्ने उनको लक्ष्य छ । उनले ४ वटा हिमालको यसअघि नै आरोहण गरिसकेका छन् । यसपछि उनी कञ्चनजंघा, गाशरब्रम प्रथम र गाशरब्रम द्वितीयको आरोहण गर्ने तयारीमा छन् । यी हिमाल पनि उनी शेर्पा वा अक्सिजनको सहाराबिनै आरोहण गर्ने उनको लक्ष्य छ ।

मोहरले पर्वतारोहणका क्षेत्रमा अनुभव बटुलिसकेका छन् । आफ्नो अनुभव सुनाउँदै उनी भन्छन्, ‘जसले यसअघि हिमाल देखेकै छैन र हिमाल आरोहण कसरी गर्ने भन्ने केही थाहै छैन, जसलाई आरोहण गर्ने उपकरण प्रयोग गर्न समेत आउन्न, उनीहरु नै बच्चाजस्तै शेर्पाको फौज र अक्सिजनको सिलिण्डर लिएर सगरमाथा चढ्न पुग्छन्, उनीहरु हरेक पाइला चाल्न समेत नेपाली गाइडको भर पर्छन् ।’

‘म मेरा बाबुआमाका तीन सन्तानमध्ये कान्छो हुँ । मलाई सानैदेखि सहासी खेलमा रुची थियो । मैले ३ वर्षको उमेरमा नै परिवारसँग सान्टियागो (चिलीको राजधानी शहर) मा स्की गरेको थिए । १५ वर्षको उमेरमा चट्टान आरोहण थालेँ । मलाई सहासिक खेल प्रति निकै रुची छ,’ उनी भन्छन् ।

उनी ५१ किलोमिटर दुरीको माउण्टेन हार्डवेयर ट्रेल रनिङ प्रतियोगितामा तेश्रो स्थान ल्याउने पहिलो चिलियन नागरिक समेत हुन् ।

प्रकाशित मिति : २१ असार २०७६, शनिबार  १ : ०७ बजे

सभामुख घिमिरे स्वदेश फर्किए

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे स्वदेश फर्किएका छन् । अन्तर-व्यवस्थापिका

एफटीएक्सका संस्थापक साम बैंकम्यानलाई २५ वर्षको जेल सजाय

काठमाडौं– अमेरिकी कम्पनि एफटीएक्सका संस्थापक साम बैंकम्यान फ्राइडलाई २५ वर्षको

पर्यटक नभएपछि अध्यागमन कार्यालय सुनसान

नेपालगञ्ज– बाँकेको जमुनाह नाकामा रहेको अध्यागमन कार्यालय करिब तीन वर्षदेखि

महिला सशक्तिकरणको मुख्य आधार आर्थिक सबलीकरण हो : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तिकरणको सबैभन्दा प्रमुख आधार

जीर्ण महोत्तरी कारागारको जीर्णोद्धार थाल्न सुझाव

महोत्तरी– महोत्तरी कारागार जीर्ण भएको छ । संघीय संसद्को कानुन,