प्रतिव्यक्ति दैनिक १३५ लिटर पानी आवश्यक, पाउने २० लिटर मात्रै | Khabarhub Khabarhub

प्रतिव्यक्ति दैनिक १३५ लिटर पानी आवश्यक, पाउने २० लिटर मात्रै


२१ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का अनुसार काठमाडौंमा एक व्यक्तिलाई प्रतिदिन १३५ लिटर पानी आवश्यक पर्छ। यो आधारमा उपत्यकाका ३० लाख जनसंख्यालाई दैनिक ४२ करोड लिटर पानी आवश्यक पर्ने नयाँ पत्रिकामा खबर छ । तर, केयुकेएलसँग अहिले प्रतिदिन १० करोड लिटर मात्रै उपलब्ध छ। योमध्ये ३५ देखि ४० प्रतिशत पानी त चुहिएरै सकिन्छ।

त्यसैले उपभोक्ताको घरमा ५ देखि ६ करोड लिटर मात्रै पुग्छ। यस आधारमा दैनिक एक व्यक्तिको भागमा २० लिटर मात्रै पर्छ। तर, उपभोक्ताले यही पानी पनि दैनिक नपाउने भएकाले जटिल समस्या छ। ‘उपत्यकाभित्रका सर्फेसमा रहेका पानीका स्रोत अधिकतम प्रयोग गरिएको छ। जमिनमुनिको पानी पनि ८० ठाउँबाट उत्पादन हुँदै छन्। यी सबैबाट दैनिक १० करोड लिटर पानी मात्रै उत्पादन हुन्छ। तर, माग ४२ लाख लिटरको छ। यति ठूलो मागलाई १० करोड लिटरले कसरी धान्न सक्छ,’ केयुकेएलका प्रवक्ता प्रकाशकुमार राईले भने।

राष्ट्रपति र प्रधानमन्त्रीको सरकारी निवास रहेको क्षेत्रमै खानेपानीको हाहाकार छ। काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)का अनुसार काठमाडौंमा शीतलनिवास, बालुवाटार, वसुन्धरा, नयाँबजार, गोंगबु, महाराजगन्ज, ठमेल, नक्साल, हाँडीगाउँ, सामखुसीलगायत क्षेत्रमा खानेपानीको चरम अभाव छ। शीतलनिवास र बालुवाटार क्षेत्रका घरहरूमा २० दिनमा बिराएर बढीमा तीन घन्टा खानेपानी वितरण गरिँदै आएको छ।

दक्षिणी सामाखुसी क्षेत्रमा १९ दिनमा, बाँसबारी र कपन क्षेत्रमा १८ दिनमा र बसुन्धरा पश्चिम क्षेत्रमा १७ दिनमा एकपटक खानेपानी वितरण हुँदै आएको छ। बानेश्वर आसपासका क्षेत्रमा पनि खानीपानीको अभाव छ। उक्त क्षेत्रका घरका धारामा आठ दिनमा दुई घन्टा मात्रै खानेपानी आउँछ। क्षेत्रपाटी आसपासमा नौ दिन बिराएर आउँछ। बौद्ध, महांकाल, चुच्चेपाटी, चाबहिल क्षेत्रमा पनि नौ दिनमा एकपटक खानेपानी वितरण हुन्छ। त्यस्तै, त्रिपुरेश्वर, कालिमाटी, डल्लु आसपासका क्षेत्रका घरमा सातामा एकपटक सरकारी पानी आउँछ। ललितपुरको कुपन्डोल, जावलाखेल क्षेत्रमा पनि समस्या उस्तै छ। यहाँ एक सातामा पानी वितरण हुन्छ।

केयुकेएलबाट वितरण हुने पानीको परिमाण घटेपछि ट्यांकरबाट वितरण हुने पानीको माग बढेको छ। उपत्यका खानेपानी स्रोत तथा ट्यांकर व्यवसायी संघका अनुसार उपत्यकाभित्र दैनिक सात सय ट्यांकरले पाँच करोड लिटर पानी वितरण गर्छन्। सुक्खा मौसममा यो माग १० करोड लिटर पुग्छ। तर, ट्यांकरको पानी खरिद गर्दा पनि उपभोक्तालाई पर्याप्त हुँदैन।

उपत्यकामा भक्तपुरको झौखेल, सातदोबाटो, गोदावरी, चाल्नाखेलदेखि हिमाल सिमेन्ट कारखाना रहेको स्थानसम्म, मातातीर्थ, स्वयम्भू, बालाजु, जोरपाटी, सानेपाको बागमती नदीलगायतका क्षेत्रमा आधुनिक मेसिन राखेर जमिनमुनिको पानी तानिन्छ र ट्यांकरमा भरेर उपभोक्ताकहाँ लगिन्छ।

केयुकेएलले मागबमोजिमको पानी नधान्ने भएपछि जारको पानीको माग बढ्दो दरमा छ। बोटल वाटर उद्योग संघका अनुसार सामान्य अवस्थामा २० लिटर पानी अटाउने जार दैनिक ४५ हजारदेखि ५० हजार गोटासम्म खपत हुने गर्छ। सुक्खा याममा भने ७० हजारवटासम्म जारको पानी खपत हुने गर्छ। त्यस्तै, एकदेखि डेढ लिटर अटाउने बोतलको पानी सामान्य अवस्थामा दैनिक २० देखि २५ हजार केस (एक केसमा १२ वटा बोतल हुन्छ) खपत हुन्छ। सुक्खा याममा भने ४० हजार केससम्म खपत हुन्छ। जाडोको तुलनामा गर्मीमा पानीको माग ४० प्रतिशत बढ्ने गरेको संघको दाबी छ। यो आधारमा हिसाब गर्दा साना र ठूला जारबाट मात्रै सुक्खा याममा दैनिक १६ लाख ८० हजार लिटर पानी वितरण हुने गर्छ।

प्रकाशित मिति : २१ असार २०७६, शनिबार  ६ : ५१ बजे

भूकम्पीय जोखिम कम गर्न प्रभावकारी कदम आवश्यक : राष्ट्रपति

  काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्पीय जोखिम न्यूनीकरणका लागि विभिन्न

आज गोरखा भूकम्पको सम्झना

काठमाडौं – वि‍.सं. २०७२ वैशाख १२ गते शनिबार ११ बजेर

यी प्रदेशमा हुनेछ हावाहुरीसहितको वर्षा

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल

कतारका अमिरको नेपाल भ्रमण : आज दुई देशका प्रतिनिधिमण्डलको भेटवार्ता

काठमाडौं – नेपालको दुई दिने राजकीय भ्रमणका लागि मंगलबार काठमाडौं

स्टोनिसको शतकमा चेन्नईविरुद्ध लखनउको शानदार जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा