नेपाल र चाइनिज ताइपेईबीचको खेल बराबरी | Khabarhub Khabarhub

नेपाल र चाइनिज ताइपेईबीचको खेल बराबरी


२३ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अभिषेक रिजालको गोलमा नेपाली राष्ट्रिय फुटबल टोली चाइनीज ताइपेइसँग हार बाट जोगिएका छ । ताइपेइमा विहीबार भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले १–१ गोलको बराबरी खेलेको हो ।

पहिलो हाफमा १–० गोल अन्तरले पछि परेको नेपाली टोली दोस्रो हाफमा लयमा फर्किएको थियो । खेलको ६९ औं मिनेटमा ताइपेइका खेलाडीले नेपालका खेलाडीमाथि फाउल गरेपछि फ्रिकिक पाएको थियो । उक्त फ्रिकिक नेपालका सन्तोष तामाङले प्रहार गरे ।

सन्तोषले प्रहार गरेको फ्रिकिक बल नेपालका युवा युवा खेलाडी अभिषेक रिजालले हेड गर्दै जाली चुमाउन सफल भए । यसअघि ताइपेइले खेलको ३८ औं मिनेटमा नेपालविरुद्ध पहिलो गोल गरेको थियो । ताइपेइका लागि उ चुन चिङले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।

ताईपेईमा भएको खेलमा नेपाली टोलीले उत्कृष्ट प्रदर्शन गर्दै मैत्रीपूर्ण खेलको विदेश यात्रा सम्पन्न गरेको छ । यसअघि नेपालले मलेसियासँग मैत्रीपूर्ण खेल खेलेको थियो भने उक्त खेलमा नेपाल २–० गोलले पराजित भएको थियो ।

पहिलो खेलमा पराजित भएको नेपाली टोलीमा प्रशिक्षक योहान कालिनले निकै परिवर्तन गरेका थिए । जसमा कप्तान विराज महर्जन समेत बेञ्चमा रहे ।

प्रकाशित मिति : २३ जेठ २०७६, बिहीबार  ६ : ४७ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन