पीएम कप क्रिकेट- आर्मी र पुलिस फाइनलमा भिड्ने | Khabarhub Khabarhub

पीएम कप क्रिकेट- आर्मी र पुलिस फाइनलमा भिड्ने


२३ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौं – प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब भिड्ने भएका छन् । बिहीबार भएको दोस्रो सेमीफाइनल खेलमा विभागीय टोली शसस्त्र प्रहरी बलको एपीएफविरुद्ध नेपाल पुलिस क्लबले ५ विकेटको जीत हात पार्दै फाइनल प्रवेश गरेको हो ।

एपीएफ क्लबले दिएको ४२ रनको झिनो लक्ष्य पछ्याएको पुलिसले ९.४ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो । पुलिसका लागि पवन शराफले २१ रन बनाए भने दीपेन्द्रसिंह ऐरीले १३ रन बनाएका थिए । यस्तै पुलिसविरुद्ध एपीएफका कप्तान बसन्त रेग्मीले ३ विकेट लिए भने शरद भेषावकरले २ विकेट लिए ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा भएको खेलमा यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको एपीएफका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

२२.१ ओभर खेलेको एपीएफले सबै विकेट गुमाएर ४१ रन मात्रै बनायो । एपीएफविरुद्ध राष्ट्रिय क्रिकेट टोली तथा पुलिस क्लबका बलर ललित नारायण राजवंशीले ४ विकेट लिए भने कुसल भसुर्तेल र सागर ढकालले समान ३–३ विकेट लिए ।

प्रकाशित मिति : २३ जेठ २०७६, बिहीबार  १२ : ११ बजे

वेस्ट इन्डिज ‘ए’ विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं– नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्ध खेल्ने टिमको घोषणा गरेको

१६ औँ योजनामा सूचना प्रविधिको विस्तारमा प्रधानमन्त्रीको जोड

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत पूर्वाधार

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल

प्रिओपन सेसनमा नेप्से २ अंकले बढ्यो

काठमाडौं– साताको अन्तिम कारोबार दिन आज प्रिओपन सेसनमा नेप्से परिसूचक

बसको ठक्करबाट एक महिलाको मृत्यु

चितवन– पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको