जोखिमपूर्ण रात्रिकालीन पेशा : दैनिक बलात्कारको सिकार बन्छन कामदार | Khabarhub Khabarhub

जोखिमपूर्ण रात्रिकालीन पेशा : दैनिक बलात्कारको सिकार बन्छन कामदार


२३ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–धरानकी मन्जु राई (नाम परिवर्तन) काठमाडौंको ठमेलस्थित डान्सबारमा विगत ३ बर्षदेखि नाच्ने काम गर्दै आएकी छन् । मन्जुले डान्स गरेबापत मासिक १५ हजार पारिश्रमिक पाँउछिन् । मन्जु राष्ट्रिय नाचघरमा ६ महिनाका नृत्य तालिम लिएपछि ठमेलका विभिन्न क्लवमा डान्स गदै आएको बताउछिन ।

मानिसलाई मनोरञ्जन दिनका लागि खोलिएका लोकदोहोरी, डान्सबार, रोधी क्लवमा देखाउने अनुहार एउटा र गर्ने व्यवहार अकै भएको मन्जु बताउँछिन । ‘रात्रिकालीन क्षेत्रमा सुकिलामुकिलाले मनोरञ्जनका नाममा अपराध गर्छन । मासिक ५ लाखसम्म मनोरञ्जनका लागि युवती नचाँएर कमाउने मनोरञ्जन क्षेत्रका व्यवसायीले रात्रिकालीन सेवामा काम गर्ने युवतीलाई सम्मान गर्नै जान्दैनन्,’ उनले भनिन, ‘यो क्षेत्रका व्यवसायीले डान्सबारको प्रयोग गरेर जागिर दिने बहानामा लुटने मात्र काम गर्छन । मनोरञ्जनका लागि युवती नचाँएर कमाइ खाने गरिरहेका छन् । यो क्षत्रमा भएको अपराधिक क्रियाकलाप प्रहरीका कारण बाहिर आउदैन ।’

प्रहरी रात्रिकालीन व्यवसायीसँग मिलेर काम गरर्ने गरेको उनको आरोप छ । जसका कारण अपराधमा परेका युवती प्रहरीमा गएपनि उजुरी लिन अस्वीकार हुने गरेको गुनासो उनले सुनाइन ।

दोहोरीमा नाच्ने, गाउने महिलामाथि शारीरिक शोषणसँगै आर्थिक शोषण पनि हुने गरेको छ । रात्रिकालीन पेशा अंगाल्नेमा अशिक्षित तथा उपत्यकका बाहिरका युवती धेरै छन्

रात्रिकालीन सेवामा काम गर्ने युवतीमाथि सुटबुटमा राम्रो चिल्लो गाडी चढेर आएका व्यक्तिले नै शोषण गर्ने गरेको ठमेलको एउटा डान्सबार काम गदै आएकी प्रिती (नाम परिवर्तन)ले बताइन । उनले भनिन, ‘मनोरञ्जनका नाममा नाम चल्लेका मान्छे नै आएर डान्सबारवाली केटी भन्दै दुर्व्यवहार गर्ने गर्छन । यो विषयमा प्रहरीमा उजुरी गर्‍यो भने बारमा काम गर्ने भन्दै वास्ता नगरी उजुरी लिनै मान्दैन । प्रहरीकै कारण यो क्षेत्रका समस्या प्रहरीका करण बाहिर नआएका हुन ।’

रात्रिकालीन क्षेत्रका काम गर्ने युवती दैनिक ग्राहक र व्यवसायीबाट बलात्कार तथा शरीरिक शोषणमा गर्ने गरेको उनको भनाइ छ । हामी जस्ता रात्रिकालीन क्षेत्रका काम गर्ने महिला तथा युवती प्रायः शोषणमा पर्ने गरेको प्रितीले बताइन् ।

यस्तै, मसाज सेन्टर, डान्सबार, दोहोरी र रेस्टुरेन्टमा फरक–फरक किसिमको शोषण हुनेगरेको चितवनकी सविता क्षेत्री (नाम परिवर्तन) बताउँछिन् । ‘मसाज भन्नु मात्र हो । मसाज हुँदै ससाज (सेक्स) गर्नका लागि काम गराइन्छ । सेक्सका लागि बाध्य पनि पारिन्छ । पछिल्लो समय नेपालीभन्दा विदेशी नागरिकबाट धेरै युवती शोषणमा पर्ने गरेका छन्,’ उनले भनिन् ।

उनीहरु जस्ता रात्रिकालीन क्षेत्रमा काम गर्ने धेरै यस्ता समस्या भएका युवतीहरु छन् तर, उनीहरु जस्ता पीडितले समाजमा बेइज्वत हुने डरले समस्या बाहिर ल्याउदैन् ।

दोहोरीमा नाच्ने, गाउने महिलामाथि शारीरिक शोषणसँगै आर्थिक शोषण पनि हुने गरेको उनीहरुको गुनासो छ । रात्रिकालीन पेशा अंगाल्नेमा अशिक्षित तथा उपत्यकका बाहिरका युवती धेरै रहेको विभिन्न अध्ययनले देखाएको छ । रात्रिकालीन क्षेत्रमा काम गर्ने अधिकांश युवातीहरु शोषणमा परेपनि समस्या बाहिर नआउने गरेको उनीहरुको गुनासो छ । यो क्षेत्रको समस्याका बारेमा सरकारले चासो नदिएको उनीहरुले आरोप छ ।

गाउँका महिला धेरै पीडित

विश्वास नेपालले गरेको पछिल्लो एक अध्ययनका अनुसार काठमाडौं उपत्यकाका दोहोरी रेस्टुरेन्ट, मसाज र क्याबिनमा गरेको सर्वेक्षणमा देशका सबै जिल्लावासी महिलाले राजधानीलाई यौनव्यवसायको गन्तव्यका रुपमा लिने गरेको बताएको छ ।

शुरुमा रात्रिकालीन क्षेत्रमा काम गरेर उमेर ढल्किएका महिलाले राजधानी भित्र सामान्य पसल खोलेर यौन व्यवसायी चलाउने गरेका छन् ।

रात्रिकालीन क्षेत्रमा ग्रामिण भेगबाट ४० प्रतिशत युवती (१८ देखि २० वर्ष) का र ३३ प्रतिशत १८ वर्षमुनि भएको शाक्ति समुहको अध्ययनामा उल्लेख गरिएको छ । उनीहरु लहैलहैमा लागेर काठमाडौं आउने र रोजिरोटीकै बाध्यात्मक अवस्थाले रात्रिकालीन पेशा अंगाल्न पुग्ने गरेको शक्ति समुहले जनाएको छ ।

यो क्षेत्रमा गुरुङ, राई र तामाङ जातिका ३५ प्रतिशत र क्षेत्री २७ प्रतिशत, बाहुन १३.६ प्रतिशत र अन्य १०.६ प्रतिशत छन् । त्यस्तै, ५१ प्रतिशत आंशिक साक्षर, ३१ प्रतिशत निरक्षर र २० प्रतिशतले पढाइ छाडेको पाइएको छ । अध्ययनले काठमाडौंका ठमेल, बालाजु, माछापोखरी, गोंगबु, रत्नपार्क र काटेश्वर एरियाका रात्रिकालीन व्यवसायमा यौनव्यवसाय हुने गरेको जनाइएको छ ।

उमेर ढल्किदै गएपछि पेशा परिवर्तन

रात्रिकालीन क्षेत्रमा काम गदै आएका युवातीले उमेर ढल्कीदै गएपछि व्यवसाय परिवर्तन गदै आएको यो क्षेत्रमा काम गर्ने संघसस्थाले बताएका छन् ।

रात्रिकालीन क्षेत्रमा काम गर्ने पाउन छोडेपछि उनीहरुले सामान्य भट्टिपसल खोलेर यौन व्यवसायी चलाउने गरेको विश्वास नेपालको एक अध्ययनले देखाएको छ।

पहिले डान्सबारमा नाच्नेहरू अहिले खुला रूपमा ग्राहक खोज्दै अन्यत्र धाउन थालेका छन् । राजधानीनजिकका शहरहरू पुगेर एक र दुई घन्टाका लागि लजको कोठा बुक गरेर यौन व्यवसाय गर्ने गरेका छन् । शुरुमा रात्रिकालीन क्षेत्रमा काम गरेर उमेर ढल्किएका महिलाले राजधानी भित्र सामान्य पसल खोलेर यौन व्यवसायी चलाउने गरेका छन् । उपत्यकाभित्र २० बर्ष मुनिका किशोरीहरु ४० हजारभन्दा बढी यौन व्यवसायमा संलग्न रहेको विभिन्न संघसंस्थाले बताएका छन् ।

रोजगार र राम्रो कमाईको प्रलोभन

बेरोजगारको समस्याका कारण पनि धेरै युवतीले रोजगारीका लागि रात्रिकालीन क्षेत्र रोज्ने गरेका छन् । यो पेशामा कतिको राम्रो कमाई हुनेगरेकाले पनि कतिपयको रोजाईमा यो क्षेत्र पर्ने गरेको छ । २०७२ सालमा गएको विनाशकारी भुकम्पपछि यसको प्रभाव परेको यो क्षेत्रका व्यवसायी बताउँछन् ।

मनोरञ्जनको क्षेत्रमा धेरै पढन नसकेका युवती र आर्थिक स्थिति कमजोर भएका महिला आउने गरेका छन् । गाउँमा अभिभावकले पालनपोषण गर्न सक्ने अवस्था भएका महिला पनि नयाँ जीवन र अवसर खोज्दै यो पेसामा आइपुग्ने गरेको विभिन्न संघसस्थाले जनाएका छन् । जसका कारण उनीहरुमाथि अन्याय भएपनि काम गर्ने बाध्य हुन्छन् ।

रात्रिकालीन मनोरञ्जन व्यवसाय संसारकै सबैभन्दा पुरानो र रमाइलो व्यवसाय मानिन्छ । मानव सभ्यताको विकाससँगै यसले विभिन्न समयमा रूप परिवर्तन हुदै आएको छ । यो व्यवसाय राजधानीमै पनि सदियौंदेखि चलिआएको हो । तर, यसको चर्चा हुन थालेको भने धेरै भएको छैन ।

राणाशासनमा गाउँबाट महिला ल्याएर दरबारमा यौनदासीका रूपमा राख्न थालेदेखि नै यसको संस्थागत विकास भएको हो ।

प्रकाशित मिति : २३ जेठ २०७६, बिहीबार  १० : ५७ बजे

हिमालयन हाइड्रो एक्स्पो भोलिदेखि, अडानी पनि सहभागी हुने

काठमाडौं । हिमालयन हाइड्रो एक्स्पो भोलि (बैशाख १२) देखि शुरु

जनकपुरको गेस्टहाउसमा युवा-युवती मृत भेटिए, नाबालिका जीवितै

जनकपुरको एक गेस्ट हाउसमा झुन्डिएको अवस्थामा महिला र पुरुषको शव

कतारका अमिर थानी काठमाडौं आइपुगे

काठमाडौं– कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुईदिने

सुदूरपश्चिममा रासायनिक मलको अभाव नहुने

गोदावरी– कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले यस वर्ष

डेभलपमेण्ट बैंकर्स एशोसिएसनको सीईओमा मन्जिला नियुक्त

काठमाडौं – विकास बैंकहरूको छाता संस्था डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालले