स्कार्पियो ट्याक्सीलाई ठक्कर दिएर रुखमा ठोकियो, चार घाइते | Khabarhub Khabarhub

स्कार्पियो ट्याक्सीलाई ठक्कर दिएर रुखमा ठोकियो, चार घाइते


२३ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- दुधपाटीबाट तीव्रगतिमा सल्लाघारीतर्फ गइरहेको बा१४प ६३२९ नंको स्कार्पियो सैनिक आवासीय महाविद्यालय अगाडि आज (बिहीबार) बिहान करीब ३ बजे सडक किनाराको रुखमा ठोक्किएर दुर्घटना हुँदा चार घाइते भएका छन् ।

दुर्घटनामा गुल्मी घर भई हाल नयाँबानेश्वर बस्ने २३ वर्षीय गाडी चालक राजन कुँवर, चालकको सिटसँगै बस्ने गुल्मी घरभई हाल कोटेश्वर बस्ने २४ वर्षीय सुन्दर बस्याल, २० वर्षीय रिसव खत्री र २० वर्षीय अमन केसी घाइते भएका महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिए । घाइते चारै जनाको भक्तपुर अस्पतालमा उपचार भइरहेको छ । घटनालगत्तै सैनिक आवासीय माविका सैनिकले घाइतेको उद्धार गरेका थिए ।

घाइतेमध्ये सुन्दरलाई गम्भीर चोट लागेको छ । सुन्दरको निधारलगायतका शरीरका अन्य भागमा समेत चोट लागेको छ । स्कार्पियो अगाडिको भागले च्यापिएका सुन्दरलाई निकाल्न ढोका नै निकाल्नुपरेको प्रत्यक्षदर्शी भक्तपुर अस्पतालका एम्बुलेन्स चालक कृष्णराम कोजुले बताए । अत्यधिक तीव्र गतिमा हुँइकिएको सो स्कार्पियोले सल्लाघारीबाट दुधपार्टीतर्फ आउँदै गरेको बा२ज २७८९ नंको ट्याक्सीलाई समेत ठक्कर दिँदा ट्याक्सीको अगाडि भागमा सामान्य क्षति भएको छ ।

प्रकाशित मिति : २३ जेठ २०७६, बिहीबार  ७ : ५८ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन