आज बिहीबार, चतुर्थी परेकाले गणेश भगवानका लागि विशेष | Khabarhub Khabarhub

आज बिहीबार, चतुर्थी परेकाले गणेश भगवानका लागि विशेष


२३ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बिहीबारको दिन गुरु ग्रह र गणेश भगवानको विशेष पूजा गर्दा लाभ मिल्छ । चतुर्थी गणेश भगवानको तिथि पनि हो । यस दिन गणेश भगवानका लागि व्रत–उपवास तथा पूजापाठ गरेमा घरमा सुख–समृद्धि बढ्ने छ । ज्ञान र बुद्धि पनि बढ्ने छ ।

गणेश भगवानको जाप गर्दा यी १२ मन्त्र उच्चारण गर्नुहोस् ।

गणेश भगवानसमक्ष दीप जलाउनुहोस् । यसपछि १२ नाम मन्त्रको जाप कम्तिमा १०८ पटक गर्नुहोस् ।

ऊँ सुमुखाय नमः, ऊँ एकदंताय नमः, ऊँ कपिलाय नमः, ऊँ गजकर्णाय नमः, ऊँ लंबोदराय नमः, ऊँ विकटाय नमः, ऊँ विघ्ननाशाय नमः, ऊँ विनायकाय नमः, ऊँ धूम्रकेतवे नमः, ऊँ गणाध्यक्षाय नमः, ऊँ भालचंद्राय नमः, ऊँ गजाननाय नमः।

पूजा सम्पन्नपछि भक्तजनलाई प्रसाद वितरण गर्नुहोस् । र गणेश भगवानसमक्ष दुख आइनपरोस् भन्दै प्रार्थना गर्नुहोस् ।

यस्तै, गुरु ग्रहका लागि बिहीबारको दिन शिवलिंगमा बेसनको लड्डु चढाउँदा लाभ मिल्नेछ । गरिबलाई चनाको दाल दान गर्नुहोस् । यसैगरी केराको बोटमा पूजा गर्नुकासाथै केरा दान पनि गर्नुहोस् ।

प्रकाशित मिति : २३ जेठ २०७६, बिहीबार  ७ : ४५ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०