प्रदेश नं १ को राजधानी विराटनगर दुई तिहाई बहुमतबाट पारित « Khabarhub

प्रदेश नं १ को राजधानी विराटनगर दुई तिहाई बहुमतबाट पारित


२३ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विरटनगर– दुईतिहाइ बहुमतले प्रदेश नं १ को राजधानी विराटनगर बनाउने प्रस्ताव सोमबार पारित भएको छ ।
प्रदेशसभाको सोमबारको बैठकमा कूल ९३ जना प्रदेशसभा सदस्यमध्ये उपस्थित ८६ सदस्यले प्रस्तावको पक्षमा मतदान गरे भने विपक्षमा कुनै मत परेन ।

नेपालको संविधानको धारा ८८(२) र प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम ५८क (१७) (पहिलो संशोधनद्वारा संशोधित) बमोजिम प्रदेशको राजधानीसम्बन्धी प्रस्ताव नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का तर्फबाट प्रदेशसभा सदस्य बुद्धिकुमार राजभण्डारीले पेश गरेका थिए । सो सम्बन्धमा प्रदेशसभाको बैठकमा चार वटा प्रस्ताव दर्ता भएका थिए ।

विराटनगरकै लागि नेपाली काङ्ग्रेसका तर्फबाट प्रदेशसभा सदस्य केदार कार्की, धनकुटाका लागि सदस्य लीला सुब्बा तथा धनकुटाकै लागि निरन राई दर्ता गराएको प्रस्ताव उनीहरुले फिर्ता लिएपछि उक्त प्रस्ताव दुई तिहाइले पारित भएको हो ।

प्रदेश नं १ को स्थायी राजधानी विराटनगर नै भनिए पनि कार्यपालिका र व्यवस्थापिकाका लागि बन्ने नयाँ संरचना सुनसरीको इटहरी, सुन्दरहरैंचा र विराटनगर आसपास क्षेत्रमा बन्ने प्रस्तावको कैफियतमा उल्लेख छ ।

प्रकाशित मिति : २३ बैशाख २०७६, सोमबार  ११ : १२ बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर

सात फोटोको सेरोफेरो [फोटोफिचर]

काठमाडौँ : आज शनिबार । साताको बिदाको दिन विभिन्न ठाउँ

शनिबार शनिदेवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं- आज शनिबार। कसैलाई पनि शनिदेवको दृष्टि नपरोस् भन्ने उदेश्यले

आज २०७९ साल साउन २८ गते शनिबारको राशिफल

काठमाडौँ – आज २०७९ साल साउन २८ गते शनिबार। ज्योतिष

३३ वर्षपछि जोरसाल हाट सञ्चालनमा

पाँचथर- फिदिम नगरपालिका–४ जोरसाल बजारमा ३३ वर्षपछि औँसीपूर्णिमा हाटबजार सञ्चालनमा