निजेरमा ट्याङ्करमा विष्फोट हुँदा ५५ जनाको मृत्यु | Khabarhub Khabarhub

निजेरमा ट्याङ्करमा विष्फोट हुँदा ५५ जनाको मृत्यु


२३ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नियमे– अफ्रिकी मुलुक निजेरमा इन्धन बोकेको ट्याङ्करमा विष्फोट हुँदा कम्तीमा ५५ जनाको मृत्यु भएको छ । राजधानी नियमेमा रहेको अन्तर्राष्ट्रिय विमानस्थल नजिकै इन्धन बोकेको ट्याङ्करमा विष्फोट भएको हो ।

विष्फोटनमा अरु ३६ जना घाइते भएका छन् । मारिने अधिकांशको शरिर जलेकाले शव पहिचान गर्न समस्या रहेको अधिकारीले जनाएका छन् ।

नियमेमा रहेको अन्तर्राष्ट्रिय विमानस्थल नजिकै रेलको ट्रयाकमा दुर्घटनामा परी लडेको अवस्थामा ट्याङ्करबाट इन्धन चोर्न मानिसहरु आएका बेला ट्याङ्करमा अकास्मत आगलागी भएर विष्फोट भएको हो ।

दुर्घटनापछि पनि विमानस्थलका सम्पूर्ण उडान तथा अवतरण नियमित नै रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : २३ बैशाख २०७६, सोमबार  ९ : ०२ बजे

इंग्लिस प्रिमियर लिग : चेल्सीमाथि आर्सनलको ५ गोल

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले सानदार जित निकालेको छ

गण्डकी सरकारविरुद्धको रिटमा आज सुनुवाइ

काठमाडौं– गण्डकी प्रदेश सरकारविरुद्ध सर्वोच्चमा परेको रिटमा आज सुनुवाइ हुँदैछ

भूकम्पीय जोखिम कम गर्न प्रभावकारी कदम आवश्यक : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्पीय जोखिम न्यूनीकरणका लागि विभिन्न सुरक्षात्मक

आज गोरखा भूकम्पको सम्झना

काठमाडौं – वि‍.सं. २०७२ वैशाख १२ गते शनिबार ११ बजेर

यी प्रदेशमा हुनेछ हावाहुरीसहितको वर्षा

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल