विश्व र्‍याफटिङ च्याम्पियनसिप खेल्न नेपाली टोली मंगलबार अस्ट्रेलिया जाँदै | Khabarhub Khabarhub

विश्व र्‍याफटिङ च्याम्पियनसिप खेल्न नेपाली टोली मंगलबार अस्ट्रेलिया जाँदै


२३ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– विश्व र्‍याफटिङ च्याम्पियनसिपमा सहभागी हुन ७ खेलाडीसहित ८ सदस्यीय नेपाली टोली मंगलबार अस्ट्रेलियाको क्विन्सल्यान्ड जाँदैछ ।

मे १३ देखि २० तारिखसम्म हुने प्रतियोगितामा शक्तिकुमार गुङ, पदमबहादुर गुरुङ, दिपेश गुरुङ, सविन गुरुङ, सुनिल गुरुङ र रबिल मियाले पुरुष खुला टिम स्पर्धामा प्रतिस्पर्धा गर्ने छन् । प्रशिक्षकमा सुरज गुरुङ रहेका छन् ।

टिममा २५० मिटरको स्प्रिन्ट, ३५० मिटरको हेड टु हेड, ४५० मिटरको स्लालम र २१–२५ मिटरको डाउन रिभर रेसमा प्रतिस्पर्धा गर्नु पर्ने हुन्छ । नेपालले मे १६ तारिखमा स्प्रिन्ट, मे १७ मा हेड टु हेड, मे १८ मा स्लालम र मे १९ मा डाउन रिभर रेसमा सहभागिता जनाउने छ ।

नेपालले विश्व च्याम्पियनसिपमा दोश्रो पटक सहभागिता जनाउन लागेको हो । २०१७ मा जापानमा भएको विश्व च्याम्पियनसिपमा नेपालले पहिलो पटक सहभागिता जनाएको थियो । त्यत्ति बेला खेलेका कुनैपनि खेलाडी अहिलेको टिममा छैनन् ।

टोलीलाई सफलताको शुभकामना दिँदै युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले सोमबार एक कार्यक्रमबीच बिदाइ गरे । प्रतियोगितामा २९ राष्ट्रको सहभागिता रहने बताइएको छ ।

प्रकाशित मिति : २३ बैशाख २०७६, सोमबार  ६ : ५७ बजे

पुष्पा–२ ले रिलिज अघि नै एकहजार करोड कमाउने

मुम्बइ– अल्लु अर्जुन अभिनीत फिल्म ‘पुष्पा– २’ ले रिलिजअघि नै

बनेपामा यातायात व्यवस्था कार्यालय स्थापना हुने

धुलिखेल– काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–६ बडोलस्थित नगरपालिकाको स्वामित्वमा रहेको बुडोल सपिङ

कैलालीका सात नदीमा तटबन्ध निर्माण सुरु

कैलाली– कैलालीका विभिन्न भाग भएर बग्ने सात वटा नदीमा तटबन्ध

हामीलाई कमजोर ठाने उथलपुथल हुन्छ : माधव नेपाल

रौतहट– एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफूहरूलाई

नौ वाणिज्य बैंक : जसको शेयर मूल्य प्रतिकित्ता दुई सय पनि पर्दैन 

काठमाडौँ– कुनै बेला शेयर बजारमा एकछत्र राज गरेका वाणिज्य बैंकहरुको