रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका १० रोचक किस्सा | Khabarhub Khabarhub

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका १० रोचक किस्सा


२३ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन विश्वका सबैभन्दा शक्तिशाली नेता हुन् । सन् १९९९ मा तत्कालीन रुसी राष्ट्रपति बोरिस याल्त्सिनले प्रधानमन्त्री नियुक्त गरेयता पुटिन निरन्तर रुसी सत्तामा छन् । निकै चर्चामा आइरहने नेता भएपनि उनका बारे केही त्यस्ता तथ्यहरु छन्, जुन सबैलाई थाहा नहुन सक्छ ।

१. केजीबीका पूर्व जासुस

भ्लादिमिर पुटिन तत्कालिन सोभियत संघको जासुसी निकाय केजीबीका जासुसका रुपमा कार्यरत थिए । सन् १९९१ मा राजीनामा दिनुअघि केजीबीको जासुसका रुपमा उनले १६ वर्ष काम गरेका थिए । केजीबीमा विदेशी जासुसी अधिकारी रहेका उनी लेफ्टिनेन्ट कर्णेलको पदसम्म पुगेका थिए ।

२. जर्मन भाषामा निपूर्ण

भ्लादिमिर पुटिन जर्मन भाषामा निपूर्ण मानिन्छन् । केजीबीमा काम गर्ने क्रममा सन् १९८५ देखि ५ वर्ष पूर्वी जर्मनीमा बिताएका उनले त्यहाँ रहने क्रममा जर्मन भाषा सिकेका थिए । उनको जर्मन भाषामा निपूर्णताको जर्मन पत्रकार तथा राजनीतिज्ञले पनि प्रशंसा गर्ने गरेका छन् । त्यसबाहेक कहिलेकाहीँ उनले जर्मन पत्रकारलाई जर्मन भाषामै पनि अन्तरवार्ता दिने गरेका छन् ।

३. संसारको सबैभन्दा धनी रहेको हुनसक्ने

भ्लादिमिर पुटिन संसारको सबैभन्दा धनी रहेको हुनसक्ने अड्कलबाजी हुने गरेको छ । उनको सम्पत्तिको श्रोत केही नभएपनि ठूलो धनराशी उनको वा उनका साझेदारको नाममा रहेको हुनसक्छ । उनको कूल सम्पत्ति करिब २ खर्ब अमेरिकी डलर बराबर रहेको हुनसक्ने अनुमान गरिन्छ । हरेक वर्ष अर्बपतिको सूची सार्वजनिक गर्ने अमेरिकी अखबार फोब्र्सले समेत पुटिनको सम्पत्ति कति छ भन्ने थाहा नपाएर उनलाई अर्बपतिको सूचीमा राख्ने गरेको छैन ।

४. जुडोमा ब्लाक बेल्ट

भ्लादिमिर पुटिन मार्शल आट्र्स धेरै नै मन पराउँछन् । मार्शल आट्र्समा पनि उनी जुडोमा निकै राम्रो खेलाडी हुन् । किशोरावस्थादेखि साम्बो खेलमा रुची रहेका उनले केजीबीमा काम गर्दा जुडो पनि सिक्न थालेका थिए । जुडोमा उनले ब्लाक बेल्ट समेत लिइसकेका छन् । कुशल जुडोका खेलाडी रहेका उनी बेलाबेला सेतो पोसाक लगाएर जुडो खेल्दै गरेको तस्बीरमा समेत देखिँदै आएका छन् ।

५. टाइपराइटर

रुसी राष्ट्रपति भएपनि उनी टाइप राइटरमा काम गर्छन् । सन् २०१३ यता उनले टाइपराइटरबाट काम गर्ने गरेका हुन् । खासमा आधुनिक कम्प्युटरको प्रयोग गर्दा अमेरिका वा पश्चिमा मुलुकले रुसी राज्य सञ्चालनको गोप्य जानकारी चोर्नसक्ने भएकाले उनले टाइपराइटरको प्रयोग गर्ने गरेका हुन् ।

६. अर्थोडक्स इसाई

सोभियत संघमा नास्तिक परिवारमा हुर्केका पुटिन निकै आस्थावान अर्थोडक्स इसाई हुन् । सन् १९९० को दशक आफ्नी जीवनसाथीको सडक दुर्घटना भएको तथा घरमा आगलागी भएपछि उनी चर्च धाउन थालेका हुन् । त्यसयता उनी रुसी अर्थोडक्स चर्चप्रति निकै श्रद्धावान् छन् । उनका नीति तथा कार्यक्रमलाई त्यहाँको रुसी अर्थाेडक्स चर्चबाट पनि ठूलो समर्थन मिल्दै आएको छ ।

७. एकदमै हट्टाकट्टा व्यक्तित्व

भ्लादिमिर पुटिनको व्यक्तित्व निकै नै हट्टाकट्टा छ । उनी कहिले जङ्गलमा शिकार खेल्न निस्कन्छन्, कहिले साइबेरियाको चिसो तालमा पौडी खेल्न । उनी कहिले कहीँ लडाकु विमान पनि उडाइरहेका हुन्छन् । त्यस्तै, उनी मोटर स्पोट्र्समा निकै रुची दिने गर्छन् । त्यो बाहेक पुटिन आइस हकी खेलमा पनि सहभागी हुँदै आएका छन् । रुसी सञ्चारमाध्यमले उनका यस्ता अनेक गतिविधिबाट उनलाई निकै हट्टाकट्टा व्यक्तित्वका रुपमा प्रस्तुत गर्ने गरेको छ ।

८. महङ्गा घडी लगाउन मन पराउने

भ्लादिमिर पुटिन निकै महङ्गो घडी लगाउन मन पराउँछन् । उनी ५ लाख अमेरिकी डलर बराबरको घडी लगाउने गर्छन् । उनले लगाउने अ लान्ज एण्डा सोह्ने कम्पनीको टर्बोग्राफ पो ले मेरिट घडीमा १८ क्यारेट सुन रहेको छ भने घडीका डायल चाँदीको छ । त्यस्तै, उनको घडीको फित्ता गोहीको छालाले बनेको छ । घडी नबिग्रियोस् भन्ने हेतुले उनी आफ्नो दाहिने हातमा घडी बाँध्ने गर्छन् ।

९. हरेक वर्ष पत्रकार सम्मेलन गर्ने

भ्लादिमिर पुटिन आफ्ना जनताको दुखेसो र गुनासो सुन्न हरेक वर्ष पत्रकार सम्मेलन गर्ने गरेका छन् । पत्रकार सम्मेलनमा रुसका विभिन्न स्थानबाट गुनासो र समस्या लिएर उनलाई टेलिफोन आउने गर्छ । त्यसबाहेक पत्रकारहरुले पनि उनलाई विभिन्न प्रश्नहरु सोध्ने गरेका छन् । उनको यो पत्रकार सम्मेलनको समारोह निकै रोचक हुने गरेको छ ।

१०. कुकुर मन पराउने

उनी कुकुर खुबै मन पराउँछन् । उनले घरमा केही कुकुर पालेका छन् भने विदेशी मुलुकका नेताहरुले पनि उनलाई कुकुर उपहार दिने गरेका छन् । त्यसबाहेक उनले कुकुरलाई अरुलाई तर्साउनका लागि पनि प्रयोग गर्दै आएका छन् । यसैक्रममा सन् २००७ मा जर्मन चान्सलर एङ्गेला मर्केलसँग भेटवार्ता गर्नेबला मर्केल कुकुरसँग निकै डराउने जान्दा जान्दै पनि पुटिनले कुकुर कोनीलाई पनि सँगै ल्याएका थिए ।

प्रकाशित मिति : २३ बैशाख २०७६, सोमबार  ६ : ३४ बजे

झापाको झिलझिलेमा सवारी दुर्घटना, तीनजनाको मृत्यु

झापा– झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान भएको सडक दुर्घटनामा तीन

अपहरणमा परेका एकजनाको सकुशल उद्धार, पाँच अपहरणकारी पक्राउ

जनकपुरधाम– धनुषाको ढल्केबरबाट अपहरणमा परेका एकजनाको प्रहरीले सकुशल उद्धार गरेको

पिसाब पोल्ने समस्या छ ? यी उपाय अपनाउनुस्

काठमाडौं– सामान्यतया कम पानी पिउने मानिसमा पिसाब पोल्ने समस्या बढी

भानुमा औद्योगिक ग्राम निर्माण गरिँदै

तनहुँ– तनहुँको भानु नगरपालिकामा औद्योगिक ग्राम निर्माणको प्रक्रिया सुरु भएको

तनहुँको पराशर मार्गमा कालोपत्र

तनहुँ– तनहुँको व्यास नगरपालिकाको गौरवको आयोजनामा रहेको पराशर मार्गमा पक्की