आगामी बुधबारबाट कांग्रेसको जागरण अभियान | Khabarhub Khabarhub

आगामी बुधबारबाट कांग्रेसको जागरण अभियान


२३ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली काँग्रेसले यही बैशाख २५ गते बुधबारदेखि राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने भएको छ । नेपाली काँग्रेसले सोमबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरी आगामी बुधबारदेखि राष्ट्रिय जागरण अभियान संचालन हुने औंपचारिक जानकारी गराएको हो ।

बैशाख ११ गतेबाट शुरु हुने भनिएको सो जागरण अभियान नेता रामकृष्ण ताम्राकारको निधनका कारण स्थगित गरिएको थियो । सोही जागरण अभियान बुधबारबाट शुरु गर्न लागिएको काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।  जागरण अभियान अन्तरगत पहिलो चरणको कार्यक्रम एक महिनाको हुनेछ । बैशाख २५ गतेबाट जेठ २५ गतेसम्म संचालन हुने पहिलो चरणको जागरण अभियान सबै जिल्लामा संचालन गरिनेछ । त्यसका लागि पार्टीका केन्द्रीय सदस्यहरु जिल्लामा पुग्ने काम शुरु भइसकेको पनि प्रवक्ता शर्माले बताए ।

त्यसैगरी काँग्रेसको दोस्रो चरणको जागरण अभियान भदौ २४ गते विपी जयन्तिको अवसर पारेर सुभारम्भ हुनेछ । असोज १० गते सम्पन्न हुने दोस्रो चरणको जागरण अभियान ३ सय ३० वटै प्रदेश निर्वाचन क्षेत्रमा संचालन हुने पनि प्रवक्ता शर्माले बताए ।

हिमाल, पहाड, तराई–मधेश र प्रवासमा समेत संचाचलन हुने सो राष्ट्रिय जागरण अभियान अन्तरगतको तेस्रो चरणको कार्यक्रम आगामी पुस ७ गते सूरु भई पुस १६ गते राष्ट्रिय मेलमिलाप दिवसको दिन सम्पन्न गर्ने काँग्रेसले जनाएको छ ।

प्रवक्ता शर्माका अनुसार तीनै चरणको जागरण अभियानमा पार्टीका केन्द्रीय नेताहरु परिचालन हुनेछन । नेपाली काँग्रेसले बुधबारबाट सुरु हुने तीन चरणको जागरण अभियानमा उत्साह र जाँगरका साथ सहभागी हुन पनि पार्टीका सबै नेता, कार्यकर्तालाई आह्वान गरेको छ ।

प्रकाशित मिति : २३ बैशाख २०७६, सोमबार  ५ : ४४ बजे

पत्रकार राष्ट्रको सच्चा पहरेदार हो : प्रदेश प्रमुख परियार

कर्णाली– कर्णाली प्रदेश प्रमुख तिलक परियारले पत्रकार राष्ट्रको सच्चा पहरेदार

राहुघाटमा निर्माणाधीन पाँच जलविद्युत् आयोजना अन्तिम चरणमा

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाटमा सञ्चालित पाँच वटा

गण्डकीमा मन्त्रीको कार्यविभाजन, मनाङेले पाए भौतिक पूर्वाधार मन्त्रालय

कास्की– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रीहरूको कार्यविभाजन गरेका छन्

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव

कञ्चनपुर– मुलुकमा सङ्घीयतापछि महाकाली प्रादेशिक अस्पतालका रुपमा स्तरोन्नति भए पनि

टिपर दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते

बेनी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा टिपर दुर्घटना हुँदा एक जनाको