समाजवादी फोरम र नयाँ शक्तिबीच पार्टी एकीकरण घोषणा आज | Khabarhub Khabarhub

समाजवादी फोरम र नयाँ शक्तिबीच पार्टी एकीकरण घोषणा आज


२३ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम र पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालबीचको पार्टी एकीकरण घोषणा आज हुँदै छ ।

प्रज्ञा प्रतिष्ठान कमलादीमा विहान ११ः ४५ मा आयोजना हुने एक कार्यक्रमकाबीच दुई पार्टी बीचको एकीकरण घोषणा हुनेछ ।

फोरम र नयाँ शक्तिबीच एकीकरण भई बन्ने पार्टीको नाम समाजवादी पार्टी, नेपाल रहनेछ ।

यसअघि शनिवार संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव र नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले दुई पार्टीबीचको एकीकरणको सहमति पत्रमा हस्ताक्षर गरेका थिए ।

पार्टी एकता भएको भोलिपल्ट अर्थात २४ गते संयुक्त बैठक बस्ने कार्यक्रम तय भएको छ । त्यस्तै २६ गते एकीकृत दल दर्ताको लागि निर्वाचन आयोग जाने कार्यक्रम तय भएको छ ।

दुई अध्यक्ष

बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी र उपेन्द्र यादव नेतृत्वको समाजवादी फोरमको एकतापछिको एकीकृत दलमा दुई अध्यक्ष रहने भएका छन् ।

उपेन्द्र यादव पार्टीको कार्यकारी अध्यक्ष बन्ने छन् भने डा बाबुराम भट्टराई संघीय परिषद अध्यक्ष बन्ने भएका छन् । त्यस्तै अशोक राई वरिष्ठ नेता हुने छन् ।

एकीकृत पार्टीमा २४ जना पदाधिकारी रहनेछन् । जसमा फोरमबाट १५ जना र नयाँ शक्तिबाट ९ जना रहने छन् । ४३१ जनाको केन्द्रीय समिति बनाउने सहमति दुई दलबीच भएको छ ।

एकीकृत पार्टीको महाधिवेशन आगामी असोज ७, ८ र ९गते जनकपुरमा गर्ने सहमति भएको छ ।

प्रकाशित मिति : २३ बैशाख २०७६, सोमबार  ७ : ५८ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६