युएईले यमनका लडाकुलाई हतियार दिइरहेको एमनेष्टीको आरोप | Khabarhub Khabarhub

युएईले यमनका लडाकुलाई हतियार दिइरहेको एमनेष्टीको आरोप


२३ माघ २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एम्नेष्टी इन्टरनेशनलले संयुक्त अरब इमिरेट्स युएईले पश्चिमा मुलुक तथा अन्तर्राष्ट्रिय समुदायले पठाएको हतियार युद्ध अपराधमा संलग्न रहेका लडाकुलाई दिने गरेको आरोप लगाएको छ ।

एम्नेष्टी इन्टरनेशनलले विज्ञप्ति जारी गर्दै पश्चिमा मुलुकले पठाएको अर्बौँ डलर बराबरको हतियार युएइले यमनका लडाकुलाई पठाउने गरेको आरोप लगाएको हो ।

युएईको यस्तो गतिविधिले उसैपनि ठूलो मानवीय संकट झेलिरहेको यमनको अवस्था झन् खराब बन्दै जाने एम्नेष्टीले जनाएको छ ।

इरानको समर्थनप्राप्त हुथी लडाकुविरुद्ध यमनमा साउदी अरब नेतृत्वको सैनिक गठबन्धनले गरिरहेको सैनिक कारवाहीमा युएइको महत्वपूर्ण भूमिका रहँदै आएको छ । युएइले यमनको दक्षिणी तथा पश्चिमी तटीय क्षेत्रमा हुथीविरुद्ध लड्नका लागि स्थानीय लडाकु तथा यमनी सरकारी फौजलाई सैनिक तालिम तथा अन्य सैन्य सहयोग गर्दै आएको छ ।

युएइसहित अरब गठबन्धनले सहयोग गरिरहेका फौज तथा लडाकुहरु यमनमा युद्धअपराधमा संलग्न रहेको भन्ने समाचार पनि बेलाबेला आउने गरेको छ ।

प्रकाशित मिति : २३ माघ २०७५, बुधबार  ३ : ३८ बजे

नेपाल सेमिफाइनलबाट बाहिरियो, एशिया कपमा छनौट हुन असफल

काठमाडौँ– नेपाल एशिया कपमा छनौट हुन असफल भएको छ ।

सर्वोच्चको फैसला नआएसम्म कांग्रेसले गण्डकी प्रदेश सभा बहिष्कार गर्ने

पोखरा– नेपाली कांग्रेसले गण्डकी प्रदेश सभा बैठक बहिस्कार गर्ने निर्णय

दयाहाङको सफलतामा लुकेको रहस्य

काठमाडौं– अहिलेका सर्वाधिक व्यस्त नायक हुन् दयाहाङ राई । विसं

महाजात्राले कमायो २६ करोड ६५ लाख

काठमाडौं– ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको

नेपाललाई तेस्रो सफलता, गुलशनले लिए दोस्रो विकेट

काठमाडौं– नेपालले तेस्रो विकेट लिएको छ । एसीसी प्रिमियर कपको