नेकपाको एकीकरण, आवश्यकता र जटिलता | Khabarhub Khabarhub
Logo
२९ मंसिर २०७६, आइतबार

नेकपाको एकीकरण, आवश्यकता र जटिलता



राजनीतिक व्यवस्थाका आधारमा विकास र समृद्धि निर्धारित हुन्छ भन्ने मान्यतालाई नकार्न सकिँदैन । राज्य सञ्चालनको मूल आधार र प्रवृत्ति निर्धारकका रुपमा राजनीतिक व्यवस्थाले कुनै पनि मुलुकको चरित्र, क्षमता र कार्यशैली प्रकट गरेको हुन्छ । यो मान्यताका आधारमा, नेपालको राजनीतिक इतिहासमा राणाशासनदेखि तीस वर्षे निरंकुश राजतन्त्र रहुञ्जेल अधिकार, स्वतन्त्रता, सशक्तिकरण, विकास र समृद्धिका क्षेत्रमा उपलब्धि हासिल हुने सम्भावना रहेन । त्यसो हुन नसक्नु स्वभाविक यथार्थ बन्यो । त्यसकारण पनि ती व्यवस्थाहरुको पतन अनिवार्य थियो ।

विडम्बना नै भन्नुपर्छ, देशमा प्रजातान्त्रिक व्यवस्था हासिल भएको अवस्थामा नेपाली काँग्रेसले एक पटक दुई–तिहाई र दुई–दुई पटक पूर्ण बहुमतको सरकार सञ्चालन गरे पनि न विकास र समृद्धिको आधार खडा गर्न सक्यो, न त नागरिकप्रति राज्यको दायित्व वहनका हिसाबले कुनै नयाँ अनुभूति दिन नै सक्यो । संसारका विभिन्न देशमा अकल्पनीय प्रगतिका गाथा देखे–सुनेका नेपाली जनता पुरानो व्यवस्थाको विकल्पमा नयाँ राजनीतिक व्यवस्थाहरु स्थापना गर्न सफल हुँदै आए पनि विकास र समृद्धिको हिसाबले अनुभूतिजन्य उपलब्धि हासिल गर्न असफल रहे ।

खासगरी २०४६ पश्चात् सरकारी संस्थान तथा उद्योगहरुको नीजिकरण र समाप्ति, भ्रष्टाचार र घुसखोरीको संस्थागत विकास, कुशासन, बहिष्करण, हिंसा, दमन, अस्थिरता र राजनीतिक अपराधीकरणको बढावा नेपाली काँग्रेसले दिएका नविनतम उपहार बन्न पुगे ।

विगतमा बारम्बारको सरकार परिवर्तनले उत्पन्न गरेको राजनीतिक अस्थिरताले मुलुकको विकासर समृद्धिको यात्रा अवरूद्ध भयो । विभिन्न कालखण्डमा बनेका सरकारहरूको तुलनामा पूर्व नेकपा (एमाले) का तत्कालीन अध्यक्ष कमरेड मनमोहन अधिकारीको नेतृत्वमा २०५१ सालमा बनेको नौ महिनेसरकारले जनतालाई इतिहासमा नयाँ किसिमको सुखद् अनुभूति दियो । परिवर्तनको चाहनालाई कम्युनिष्ट पार्टीले मात्र पूरा गर्न सक्छ भन्ने विश्वासका आधारमा नेपाली जनमानसमा कम्युनिष्ट पार्टीप्रतिको आकर्षण बढ्दै गयो । तर नेपालका कम्युनिष्टहरू एक दर्जन समूहमा विभाजित भएको कारणले निर्वाचनबाट उनीहरूको बहुमत प्राप्त सरकार बन्ने स्थिति रहेन । त्यसैले जनताको ठूलो हिस्सामा सबै कम्युनिष्टहरू एक ढिक्का भइदिए हुन्थ्यो भन्ने भावना बढ्दो अवस्थामा थियो ।

निर्वाचनको क्रममा दुवै पार्टीको एउटै घोषणापत्र जारी हुनु र निर्वाचन लगत्तै दुवै पार्टीबीच एकीकरण गरिने प्रतिबद्धताले आम कार्यकर्ता र जनतामा नयाँ किसिमको विश्वास जगायो । बारम्बारको राजनीतिक अस्थिरताबाट आजित नेपाली जनतामा दुई कम्युनिष्टबीचको गठबन्धनले ठूलो उत्साहको लहर श्रृजनाग¥यो । घोषणापत्रमा उल्लेख गरिएका विषयवस्तुहरु जनताका आधारभूत सरोकारसँग प्रत्यक्ष सरोकार राख्ने सवाल थिए । पार्टीले तिनको सम्बोधनका तरिकाबारे जाहेर गरिएको प्रतिबद्धतालाई जनताले मन पराए ।

एकीकरणको आवश्यकता

मुलुकको समग्र परिस्थिति र आम जनताको चाहनालाई कदर गर्दै दुई ठूला कम्युनिष्ट पार्टीहरू, पूर्व नेकपा (एमाले) र (माओवादी केन्द्र) बीच लामो समयअघिदेखि एकीकरणका प्रयास भए पनि परिणाम आउन सकेको थिएन । दुई पार्टीबीचको आपसी कटुता, अविश्वास र वैचारिक मतभेदका कारण विभिन्न समयका एकता प्रयासहरू सफल हुन सकेनन् । तर संविधान निर्माणपछिको स्थानीय तहको निर्वाचन परिणामले दुवै पार्टी नेतृत्वलाई गम्भिर रूपमा सोच्नुपर्ने स्थितिमा पु¥यायो ।

यदि संघीय संसद र प्रदेशसभाको निर्वाचनमा दुई ठूला वामपन्थी पार्टी एक नहुने हो भने कुनै पनि पार्टीले बहुमत प्राप्त गर्न नसक्ने सम्भावना प्रबल देखियो । वामपन्थीहरूले समग्रतामा बहुमत प्राप्त गर्ने बलियो सम्भावना भएको बेलामा पनि कुनै पार्टीले बहुमत प्राप्त नगर्ने, विगतकै जस्तो राजनीतिक अस्थिरता पुनः दोहोरिने र मुलुकको विकास र समृद्धिको सवाल फेरि पनि पछाडि पर्ने स्थितिलाई दुवै पार्टीपंक्तिले तलदेखि माथिसम्म स्पष्ट मूल्यांकन गरिरहेका थिए । यदि मुलुक पुनः विगतकै पुनरावृत्तिको भूमरीमा फस्न पुग्यो भने, मुलुकको अधोगति त अवश्यम्भावी नै थियो, त्यो भन्दा गम्भीर सवाल नेपालको राष्ट्रियतामाथि नै संकट उत्पन्न हुने सम्भावना थियो । यो स्थितिप्रति नेतृत्वको समयमै ध्यान पुग्यो ।

पार्टी एकताका लागि वैचारिक र सांगठनिक हिसाबले केही गम्भीर समस्याहरू थिए । त्यसैले पार्टी एकता पूर्व चुनावी एकता गर्ने र त्यो एकतालाई क्रमशः पार्टी एकताको तहमा पु¥याउने सोचका साथ तयारीहरु अघि बढे । पार्टी एकता जति गम्भीर थियो, चुनावी एकता त्यो भन्दा कठिन थियो । किनकि पार्टी एकता, पार्टीका नेताहरूको प्रयासमा सफल हुने विषय थियो भने चुनावी एकता सफल हुन लाखौं मतदाताको भावना प्रकट हुनुपर्ने थियो । लामो समयदेखि एक अर्काको विपक्षमा मतदान गर्दै आएका जनताले दुवै तिरका संयुक्त उम्मेद्वारहरुलाई कसरी मतदान गर्ने हुन् भन्ने गम्भिर आशंका थियो ।

निर्वाचनको क्रममा दुवै पार्टीको एउटै घोषणापत्र जारी हुनु र निर्वाचन लगत्तै दुवै पार्टीबीच एकीकरण गरिने प्रतिबद्धताले आम कार्यकर्ता र जनतामा नयाँ किसिमको विश्वास जगायो । बारम्बारको राजनीतिक अस्थिरताबाट आजित नेपाली जनतामा दुई कम्युनिष्टबीचको गठबन्धनले ठूलो उत्साहको लहर श्रृजनाग¥यो । घोषणापत्रमा उल्लेख गरिएका विषयवस्तुहरु जनताका आधारभूत सरोकारसँग प्रत्यक्ष सरोकार राख्ने सवाल थिए । पार्टीले तिनको सम्बोधनका तरिकाबारे जाहेर गरिएको प्रतिबद्धतालाई जनताले मन पराए ।

देशभर दुवै पार्टीका संयुक्त कार्यक्रमहरू उत्साहपूर्ण रहे । अन्ततः संघीय संसद र प्रदेशसभा निर्वाचनमा जनताले संयुक्त वामपंथी गठबन्धनलाई अत्यधिक बहुमतले विजयी गराए । उक्त निर्वाचनमा, “चुनाव पछि एउटै पार्टी बन्छ” भन्ने विषयले आम कार्यकर्ता पंक्तिमा विगतका तमाम अन्तर्विरोध र तिक्ततालाई मेटायो । यसरी लाखौं नेपाली जनताले दुई पार्टीबीचको एकताको भावनालाई अनुमोदन गरे । यसले नेतृत्वलाई पार्टी एकताको प्रकृयाबाट पछि फर्कन नसक्ने नैतिक बन्धनमा पु¥यायो । आम पार्टी कार्यकर्ता अब जसरी पनि पार्टी एकता गर्नुपर्छ भन्ने निष्कर्षमा पुगे । यसरी यो पार्टी एकता हुनुमा लाखौं मतदाताहरूको सबभन्दा ठूलो भूमिका रहेको छ । पार्टी एकताको सवाल जनताबाट नै औपचारिकरूपमा स्वीकृत हुनु विशिष्ट किसिमको ऐतिहासिक परिघटना पनि हो ।

उपर्युक्त दुई पार्टीबीचको एकताका लागि वैचारिक एकता एउटा अत्यन्त महत्वपूर्ण र कठिन पक्ष थियो । दुवै पार्टीबीच आधारभूत रूपमा समानता भए पनि कतिपय सवालमा गंभीर मतभेद थियो । लामो समय यस सम्बन्धमा बहस चलिरह्यो । तर एकता गर्ने तीब्र चाहना भएपछि सहमतिका विषयको आधारमा एकता गर्ने र असहमतिका विषयमा बहस छलफल चलाउँदै अघि बढ्ने सहमति भयो ।

नेतृत्वको चाहना भएपछि यसरी पनि एकता गर्न सकिने रहेछ भन्ने गजबको उदाहरण पनि हो, यो । मुलुकको आवश्यकता बोध र सकारात्मक सोच हुने हो भने, कतिपय नीतिगत मतभेदले पनि एकतालाई रोक्न सक्दो रहेनछ । यो एकताको शैली र गतिका पछाडी कतिपय नेताको पदीय महत्वाकांक्षाले पनि काम गरेको छ भन्ने तर्कहरू बाहिर नआएका होइनन् तर जुनसुकै कारणले भए पनि एकता आवश्यक थियो र भयो । यो नै प्रमुख महत्वको सवाल हो ।

विचारको सवालमा बहस गर्दै जाने भने पनि दुवैतर्फको नेतृत्वको व्यवस्थापन अर्को उत्तिकै कठिन र जटिल विषय थियो । त्यसमा महाधिवेशनसम्मका लागि दुईजना अध्यक्ष रहने व्यवस्था गरियो । पार्टीको संक्रमणकालीन अवधिमा यो पनि एउटा समाधान रहेछ भन्ने तथ्य स्थापित भयो । यसले पार्टी संचालनमा कस्तो किसिमको जटिलता उत्पन्न हुन्छ, त्यो भने व्यवहारमा हेर्दै जाने विषय हो । एकताको सन्दर्भमा निश्चित मापदण्डका आधारमा केन्द्रीय कमिटी, स्थायी कमिटी र सचिवालयको गठन भयो । २०७५ जेठ ३ गते उपर्युक्त प्रमुख विषयहरुको निष्कर्ष सहित पार्टी एकता सम्पन्न भएको घोषणा गरियो । यस किसिमको एकता कतिपयका लागि अकल्पनीय थियो ।

तर एकताको प्रमुख कार्य सफलताका साथ सम्पन्न भयो । यसले नेपाली राजनीतिमा, पूर्ण लोकतान्त्रिक प्रकृयाद्वारा कम्युनिष्ट पार्टीको अत्यधिक बहुमत प्राप्त सरकार आफ्नो पूरा अवधिसम्म निर्वाध रूपमा संचालन गर्नसक्ने स्पष्ट आधार तयार भयो । यो नेपाल राष्ट्र र नेपाली जनताको सुख र समृद्धिको लागि अत्यन्त ठूलो अवसर हो । कम्युनिष्टहरूको लागि राज्यसत्ताको सम्पूर्ण क्षमता जनताको पक्षमा प्रयोग गर्ने सुनौलो अवसर हो ।

यति विशाल पार्टीमा नीति, विधि र मापदण्डका आधारमा नभएर निश्चित नेताको स्वेच्छाचारी शैलीका आधारमा अघि बढ्न खोज्ने हो भने सानै विषयले पनि ठूलो समस्या उत्पन्न हुनसक्छ । संगठनलाई मूल आधार मान्नुपर्ने कम्युनिष्ट पार्टीमा व्यक्ति केन्द्रीत परिपाटीलाई संस्थागत गर्नखोज्नु दुःखद् मात्र नभई खतरनाक प्रवृत्ति हो । यस्तो प्रवृत्तिले अन्ततः सिंगो पार्टीलाई नै असफलतामा पु¥याउँछ ।

जटिलता र चुनौती

यति कठिन र चुनौतीपूर्ण कार्यहरु सम्पन्न भइसकेपछि पनि स्थानीय पार्टी कमिटी र जनवर्गीय संगठनहरुको एकीकरण हुन नसक्नुर लामो अवधिसम्म केन्द्रीय सदस्यहरूको कार्य विभाजन जस्तो सापेक्षितरूपमा सजिलो कार्य सम्पन्न हुन नसक्नु विडम्बना हो । ठूलो र कठिन काममा सफलता प्राप्त गर्न सक्ने तर सानो र सजिलो काममा ढिलाई र जटिलता श्रृजना हुने किन ? गंभिर प्रश्न छ । जुन मापदण्डका आधारमा दुवैतर्फका केन्द्रीय कमिटीहरुबीच एकीकरण भयो, त्यस्तै निश्चित मापदण्ड बनाई तलका कमिटी र जनवर्गीय संगठनहरुबीच एकीकरण गर्ने नीति बनाएको भए तीन महिनाभित्र सम्पूर्ण एकीकरण प्रक्रिया सम्पन्न हुने प्रायः निश्चित थियो । तर त्यसो नगरी तलका कमिटीमा व्यक्ति टिप्ने प्रवृत्ति, अनि कार्यविभाजनमा पनि निश्चित विधिको आधारमा नभएर व्यक्ति–विशेषको स्वार्थका आधारमा अघि बढ्न खोज्ने कार्यशैलीका कारण नेकपाभित्र गम्भिर समस्या श्रृजना हुन पुग्यो ।

यति विशाल पार्टीमा नीति, विधि र मापदण्डका आधारमा नभएर निश्चित नेताको स्वेच्छाचारी शैलीका आधारमा अघि बढ्न खोज्ने हो भने सानै विषयले पनि ठूलो समस्या उत्पन्न हुनसक्छ । संगठनलाई मूल आधार मान्नुपर्ने कम्युनिष्ट पार्टीमा व्यक्ति केन्द्रीत परिपाटीलाई संस्थागत गर्नखोज्नु दुःखद् मात्र नभई खतरनाक प्रवृत्ति हो । यस्तो प्रवृत्तिले अन्ततः सिंगो पार्टीलाई नै असफलतामा पु¥याउँछ ।

पार्टी एकीकरण र आम निर्वाचनबाट प्राप्त अपार सफलताले नेकपाका नेता–कार्यकर्ताहरूमा अत्यधिक उत्साहश्रृजना भयो । जनताको तहमा निकै ठूलो अपेक्षा छ । तर, हरेक सफलतासँगै अवसर मात्र नभई चुनौतीका नयाँखाले चेहराहरु उत्पन्न हुन्छन् भने झैं, यस्तो सकारात्मक अवस्थालाई कतिपयले आफ्नो व्यक्तिगत स्वार्थपूर्तिको अवसरका रुपमा दुरुपयोग गर्ने प्रवृत्ति उत्पन्न हुनपुग्यो । त्यसकै परिणामस्वरुप कमिटी प्रणाली, सामुहिक नेतृत्व र एकीकरणका बाँकी कार्यभार पूरा गर्ने प्रकृयामा ढिलासुस्ती र विचलनको अवस्था उत्पन्न हुनपुग्यो ।

परिणामतः तलको एकीकरणमा समस्या विद्यमान छ । यो ऐतिहासिक अवसर र सम्भावनालाई देश र जनताको हितको लागि प्रयोग गर्ने कि आफ्नो निजी स्वार्थ र महत्वकांक्षाको दुष्चक्रमा समाप्त गर्ने ? यो प्रश्नले पार्टीमात्र नभई सिंगो सरकार र राज्यसंचालनमा हामीले प्राप्त गर्ने सफलता वा असफलताको मापन निक्र्यौल गर्नेछ ।

निर्वाचनका लागि पार्टीले जारी गरेको घोषणापत्र नेपालको समृद्धिका लागि स्पष्ट मार्गचित्र थियो । यसले बोकेको राजनीतिक धार, आर्थिक नीति र समृद्धिका प्राथमिकताहरुको पहिचान उपयुक्त थियो । त्यसैले यसलाई जनताले मन पराए र नेकपामाथि अपार विश्वास गरे । आफ्नो सार्वभौमसत्ताको उपयुक्त प्रतिनिधित्व कम्युनिष्ट पार्टीका जनप्रतिनिधिहरुले गर्न सक्छन् भन्ने जनविश्वास कम्युनिष्ट पार्टीबाट जनताले गरेको उच्च अपेक्षा पनि हो । तर, सरकार गठन भए यताको अवधिमा देखिएको उपलब्धि सन्तोषजनक छैन । सरकारको वार्षिक बजेटले जनतामा सकारात्मक प्रभाव पार्न सकेन ।

प्रतिपक्षले विरोधका लागि विरोध गर्नु स्वभाविक हो । त्यसमाथि नेपाली काँग्रेसले नेकपाको विरोध गर्नु उसको “धर्म” हो । तर, कतिपय स्वतन्त्र विद्घान, वुद्धिजीवीहरु, पार्टीकै शुभचिन्तकहरू र राष्ट्रप्रति माया भएका व्यक्तिहरुको महत्वपूर्ण पंक्ति किन असन्तुष्ट भइरहेका छन् ? गम्भिर आत्मसमीक्षाको खाँचो छ ।

शुरूका दिनमा सरकारले कतिपय राम्रा कामहरूको शुरूवात ग¥यो, त्यसले जनतामा विश्वास पनि बढायो । तर कामको राम्रो परिणाम आउन सकेन । समय–समयमा सरकारले विभिन्न राम्रा निर्णय नगरेको होइन । तर विभिन्न विवादस्पद कर्म र अभिव्यक्तिहरूका कारण ती कामहरू छायाँमा पर्ने र कमजोरी बढी मात्रामा उजागर हुने स्थिति उत्पन्न भयो । सरकार र पार्टीबीचको समन्वय संस्थागत र व्यवस्थित हुन सकेको छैन । व्यक्तिकेन्द्रीत राजनीतिको प्रतिछायाँका रुपमा पार्टी–सरकार सम्बन्ध परिभाषित हुने अवस्था छ । फलस्वरूप, सरकारको लोकप्रियता समग्रमा घट्दै गएको देखिन्छ ।

सर्वसाधारण जनताका प्रतिक्रिया एवं स्वतन्त्र विद्वान, वुद्धिजीवी र लेखकहरूका अभिव्यक्तिहरुमा पनि यस्तो चिन्ता रहेको पाइन्छ । प्रतिपक्षले विरोधका लागि विरोध गर्नु स्वभाविक हो । त्यसमाथि नेपाली काँग्रेसले नेकपाको विरोध गर्नु उसको “धर्म” हो । तर, कतिपय स्वतन्त्र विद्घान, वुद्धिजीवीहरु, पार्टीकै शुभचिन्तकहरू र राष्ट्रप्रति माया भएका व्यक्तिहरुको महत्वपूर्ण पंक्ति किन असन्तुष्ट भइरहेका छन् ? गम्भिर आत्मसमीक्षाको खाँचो छ ।

यसो भनिरहँदा, सरकारले गरेका सबै निर्णय र काम–कारबाहीहरु खराब छन् वा सबैतिर कमजोरीहरु मात्रै छन् भन्ने तर्क गर्न खोजिएको कदापि होइन । सरकारले महत्वपूर्ण निर्णयहरू गरेको छ तर तिनको कार्यान्वयनको पाटो अत्यन्त कमजोर छ । काममाढिलासुस्ती छ । संघीय, प्रादेशिक र स्थानीय सरकार सबै तहमा कम्युनिष्ट पार्टीको गहन नेतृत्व छ । तर पनि आशातित प्रगति हुन सकेको छैन ।

हामी निर्वाचित भएको कारणले देशमा यी विषयमा यस्ता प्रगति भए भन्ने तथ्य स्पष्ट हुन सकेकोे छैन । कतिपय प्रगतिका सवालमा समय लाग्छ । तर, जनताको अपेक्षा दैनन्दिन जीवनमा विद्यमान समस्याहरुको समाधान तत्काल हुनुपर्ने हो । देशमा भ्रष्टाचार, कमिशनतन्त्र र घुसखोरी कायमै छ । कतिपय क्षेत्रमा यस्ता समस्या अझ संस्थागत हुँदैछन् ।

समृद्ध नेपाल र सुखी नेपालीको हाम्रो नारा ठीक छ । तर, व्यवहारले हामीलाई त्यतातर्फ जसरी अगाडि बढाउनुपर्ने हो, त्यसो हुन सकेको छैन । अर्कातर्फ, यस्तो महत्वपूर्ण र गम्भीर घडीमा पार्टीको भूमिका निस्तेजप्रायः छ । यसमा स्वभाविकता भन्दा बढी नियतका बाछिटाहरुले काम गरेका छन् । पार्टी र सरकारबीचका समन्वयात्मक तौरतरिकाहरुलाई अवमूल्यन गर्ने क्रम जारी छ । यस्तो अवस्था कायम हुने हो भने पार्टीको भूमिका र सरकारको प्रभावकारिता घट्ने मात्र नभई सिङ्गो मुलुक नै कमजोर बन्ने अवस्था आउँछ । हामी पराश्रित बन्दै जाने समय लम्बिदै जान्छ ।

विद्यमान समस्याहरु गहिरिँदै जाँदा देशको राष्ट्रियतासमेत खतरामुक्त हुन सक्दैन । यी सवालहरु नेकपा र वर्तमान सरकारको मात्र नभई तमाम नेपाली नागरिक सबैका लागि चासो र सरोकारका विषय हुन् । त्यसैले, यी सवालहरुमा सिंगो पार्टी पंक्ति, निर्वाचित जनप्रतिनिधिहरु र मूलतः पार्टी नेतृत्वले गम्भीर ध्यान दिनु जरुरी छ । हामीसँग जनताको अपार साथ छ । हाम्रो पार्टीको जुझारु र रचनात्मक पंक्तिको प्रतिबद्धता र समर्पणलाई सही ढंगले परिचालित गर्न सक्ने हो भने हाम्रा सामू विद्यमान अवसरहरुलाई हामीले जनताको दैनिक जीवनका यथार्थ बनाउन सक्दछौं । रुपान्तरणको प्रक्रियालाई सही ढंगले वैचारिक, सांगठनिक र कार्यशैलीगत नेतृत्व प्रदान गर्न सके “समृद्ध नेपाल, सुखी नेपाली” को हाम्रो यात्रा सफल हुनेछ ।


भर्खर