राष्ट्रका नाममा ट्रम्पको सम्बोधन, उत्तर कोरियाली नेता किम जोङसँग पुनः वार्ता गर्ने घोषणा | Khabarhub Khabarhub

राष्ट्रका नाममा ट्रम्पको सम्बोधन, उत्तर कोरियाली नेता किम जोङसँग पुनः वार्ता गर्ने घोषणा


२३ माघ २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रका नाममा सम्बोधन गर्दै सम्बोधनका क्रममा उनले उत्तर कोरियाली नेता किम जोङ उनसँग वार्ता गर्ने घोषणा गरेका छन् । फेब्रुअरीको २७ र २८ मा भियतनाममा शिखर वार्ता गर्ने स्टेट अफ द युनियनमा ट्रम्पले सम्बोधन गरेका हुन् ।

सम्बोधनका क्रममा उनले कुनै पार्टीको विजयले भन्दा पनि अमेरिकाको जीतले महत्व राख्ने समेत बताए । ‘हाम्रो पार्टीको जीत, जीत होइन । अमेरिकाको जीत हाम्रो जीत हो,’ उनले भने ।

ट्रम्पले सम्बोधनका क्रममा आफ्नो कार्यकालमा ५३ लाख नयाँ रोजगारी सिर्जना भएको समेत बताए । छोटो समयमा आफ्नो प्रशासनले सबैभन्दा धेरै व्यापारिक नियम र प्रावधानहरु खारेज गरेको र यसबाट ठुला कम्पनीहरू अमेरिकी बजारतर्फ आकर्षित भएको ट्रम्पको भनाइ छ ।

सम्बोधनका क्रममा ट्रम्पले आफ्नो कार्यकालमा अमेरिकाको अर्थतन्त्र तथा सेना संसारकै मजबुत तथा उदाहरणीय भएको समेत दाबी गरे ।

ट्रम्पले रुससँग साँठगाँठ रहेको विषयमा आफूमाथि जारी अनुसन्धान समेत बन्द गर्न आह्वान गरे ।

उनले वर्तमान समय डेमोक्रेटिक पार्टी तथा रिपब्लिकन पार्टी एकै ठाउँमा भेला भई राष्ट्रिय समस्या समाधान गर्न अग्रसर हुनुपर्नेमा जोड दिए ।

अमेरिकामा भइरहेको अवैध आप्रवासन तथा लागुऔषध तस्करी रोक्न मेक्सिकोसँगको सीमानामा कडाई गर्न समेत आह्वान गरे । यसका लागि जसरी पनि मेक्सिकोसँगको सीमानामा पर्खाल लगाउने दृढता समेत व्यक्त गरे ।

विकासका पूर्वाधारको पुननिर्माण गर्नका लागि अमेरिकी कङ्ग्रेसका दुबै पार्टी एकैठाउँमा भेला हुनुपर्नेमा ट्रम्पको जोड थियो ।

उनले रुससँगको मध्यमदुरीको आणविक क्षेप्यास्त्र सन्धीबाट अमेरिका बाहिरिने तथा सिरियाबाट आफ्ना सेना फिर्ता बोलाउने आफ्नो निर्णयको बचाउ समेत गरे ।

तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभमा डेमाक्र्याटिक पार्टीको बहुमत आएपछिको उनको यो पहिलो स्टेट अफ द युनियन सम्बोधन हो । यसअघि उनी मेक्सिकोसँगको सीमानामा पर्खाल लगाउन कङ्ग्रेसले रकम विनियोजन नगरे स्टेट अफ द युनियन सम्बोधन नै नगर्ने अडानमा थिए ।

प्रकाशित मिति : २३ माघ २०७५, बुधबार  १ : १४ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका