टाइगर श्राफसँग फिल्म खेल्ने ‍अफर साराले गरिन् रिजेक्ट | Khabarhub Khabarhub

टाइगर श्राफसँग फिल्म खेल्ने ‍अफर साराले गरिन् रिजेक्ट


२३ माघ २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – सैफ अली खानकी छोरी सारा अली खानको बलिउडमा चर्चा छ । पहिलो फिल्मले नै उनलाई धेरै चर्चा दिलाएको थियो । उनले पछिल्लो समय फिल्म ‘केदारनाथ’ मा डेब्यु गरेकी थिइन् । त्यसपछि उनले रणवीर सिंहसँग फिल्म ‘सिम्बा’ मा पनि देखिइन् । दुवै फिल्मबाट उनले राम्रो रेस्पोन्स पाइन् ।

अहिले खबर आएको छ, साराले टाइगर श्राफसँग फिल्म ‘बागी ३’ मा काम गर्न मानिनन् । भारतीय मिडियाले लेखेअनुसार साराले टाइगर श्राफको अपोजिटमा काम गर्ने अफरलाई रिजेक्ट गरेकी हुन् ।

उनले रिजेक्ट गर्नुको कारण भने उनले फिल्ममा आफ्नो रोल थोरै भएको बताइएको छ । यसै कारण उनले फिल्म रिजेक्ट गरेकी हुन् ।

फिल्म बागी र बागी २ ले बक्स अफिसमा गज्जबको व्यापार गरेपछि यसको सिक्वेल पनि बन्ने तयारीमा छ । बागीमा श्रद्धा कपूर थिइन् भने बागी २ मा दिशा पटानी टाइगर श्राफको अपोजिटमा थिइन् ।

प्रकाशित मिति : २३ माघ २०७५, बुधबार  १२ : ३८ बजे

भारतीय अर्थमन्त्री सीतारमण भन्छिन्- चुनाव लड्ने पैसा छैन

काठमाडौं– भारतको केन्द्रीय वित्त मन्त्री निर्मला सीतारमणले लोकसभा चुनावमा भाग

उत्तरी इलेनोइसमा छुरा प्रहार, ४ जनाको मृत्यु

अमेरिका– संयुक्तराज्य अमेरिकाको उत्तरी इलेनोइसमा एक व्यक्तिले जथाभावी छुरा प्रहार

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द

काठमाडौं– नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द भएको छ

नोबेल पुरस्कार विजेता अर्थशास्त्री डानियलको निधन

काठमाडौं– नोबेल पुरस्कार विजेता डानियल कान्हेम्यानको ९० वर्षको उमेरमा निधन

वीरगञ्ज भन्सारबाट एक अर्ब राजस्व संकलन 

वीरगञ्ज– मुलुककै मुख्य व्यापारिक नाका वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक