प्रतिनिधिसभा बैठक बस्दै, ४ जना मन्त्रीले सांसदहरुको प्रश्नको जवाफ दिने | Khabarhub Khabarhub

प्रतिनिधिसभा बैठक बस्दै, ४ जना मन्त्रीले सांसदहरुको प्रश्नको जवाफ दिने


२३ माघ २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिसभाको बैठक आज बस्दैछ ।

दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा चार जना मन्त्रीले सांसदहरुको प्रश्नको जवाफ दिनेछन् । जसमा गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री युवराज खतिवडा, वनमन्त्री शक्तिबहादुर बस्नेत, महिला तथा बालबालिका मन्त्री थममाया थापा, कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणि खनाल रहेका छन् ।

निर्मला पन्त प्रकरण, भक्तपुरमा ११ वर्षीय बालक निशान खड्काको अपहरणपछि हत्या भएपछिको इन्काउन्टर लगायतका विषयमा गृहमन्त्रीले सांसदहरुको जवाफ दिने छन् ।

अर्थमन्त्री खतिवडाले नेपालमा रहेका बहुराष्ट्रिय कम्पनीले आफ्ना कर्मचारी र डिलरलाई विदेश भ्रमणमा पठाउँदा विदेशी मुद्रा बाहिरिएको र त्यसलाई रोक्न भइरहेको पहलबारे जवाफ दिनेछन् ।

त्यस्तै अन्य मन्त्रीले पनि सांसदहरुको प्रश्नको जवाफ दिनेछन् । ४ मन्त्रीलाई सोध्ने प्रश्न सांसदहरुले यसअघि नै संसद सचिवालयमा दर्ता गराइएसकेका छन् ।

प्रकाशित मिति : २३ माघ २०७५, बुधबार  ९ : ४४ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न