कर्णाली नदीमा ‘रिभर गाइड’ तालिम | Khabarhub Khabarhub

कर्णाली नदीमा ‘रिभर गाइड’ तालिम


२३ माघ २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – साहसिक जलयात्रा गर्नका लागि कर्णाली नदीमा ‘रिभर गाइड’ तालिम थालिएको छ ।

नेपाल एशोसियशन अफ ¥याफ्टिङ (नारा)को आयोजना तथा नेपाल पर्यटन बोर्डको प्रवर्धनात्मक सहकार्यमा मङ्गलबारदेखि तीन दिनको सो तालिम सञ्चालन गरिएको हो ।

नेपालको पर्यटन उद्योगको एउटा महत्वपूर्ण विधाको रुपमा स्थापित साहसिक जलयात्रा व्यवसायलाई आवश्यक दक्ष रिभर गाइड सबै प्रदेशमा उत्पादन गर्ने उद्देश्यले उक्त तालिमको आयोजना गरिएको नाराका महासचिव शिव अधिकारीले जानकारी दिनुभयो ।

त्रिशुली, भोटेकोशी, कर्णाली, कोशी र नारायणी साहसिक जलयात्राका लागि महत्वपूर्ण नदीका रुपमा मानिन्छन् । पर्यटन वर्ष सन् २०२० मा २० लाख पर्यटक भित्र्याउन उक्त अभियानले सहयोग पुग्नेछ ।

दक्ष रिभर गाइड उत्पादनका लागि प्रत्येक प्रदेशमा जलयात्रा तालिम सञ्चालन गर्न लागिएको नाराका कोषाध्यक्ष शिशिर खनालले बताउनुभयो । निःशुल्क रुपमा प्रदान गरिने सो तालिमले बेरोजगार युवालाई पर्यटन उद्योगमा आवद्ध हुन सहयोग पुग्ने विश्वास नाराको छ ।

प्रकाशित मिति : २३ माघ २०७५, बुधबार  ७ : ५८ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका