आजदेखि ३ दिनसम्म पानी पर्ने, सचेत रहन मौसमविदको सुझाव | Khabarhub Khabarhub

आजदेखि ३ दिनसम्म पानी पर्ने, सचेत रहन मौसमविदको सुझाव


२३ चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आजदेखि तीन दिनसम्म देशभरको मौसम बदली हुने र मेघ गर्जनसहित पानी पर्ने सम्भावना देखाएको छ । महाशाखाले गरेको अनुमान अनुसार शनिबार, आइतबार र सोमबार देशभरको मौसम बदली हुनेछ । धेरै ठाउँमा हावाहुरी, चट्याङसहित वर्षा हुने सम्भावना छ । हावाहुरी र चट्याङसहितको वर्षा हुने सम्भावना भएकाले सचेत रहन मौसमविदहरुले सर्वसाधारणलाई आग्रह गरेका छन् ।

महाशाखाले गरेको दैनिक मौसमको अनुमान यस्तो छ:

चैत २३ गते शनिबार(आज)

आज बिहानैदेखि काठमाडौं उपत्यकासहित देशभरका विभिन्नस्थानमा पानी परिरहेको छ । मेघ गर्जन तथा चट्टयाङसहित वर्षा गराउने बादल विकसित भएपछि वर्षाभएको महाशाखाले जनाएको छ ।

आज दिउँसो देशको अधिकांस भूभागहरुमा सामान्यदेखि पूर्णतया बदली रहनेछ । देशका केहि स्थानमा मेघ गर्जनसहित हुरी बतासका साथ वर्षाको संभावना रहेको महाशाखाका मौसमविद बरुण पौडेलले बताए । साथै उच्च हिमाली भूभागका जिल्लाहरुमा हल्कादेखि मध्यम हिमपातको संभावना देखिएको छ । तराइका जिल्लाहरुमा हुरीबतास चल्ने सम्भावना छ ।

राति देशको अधिकांस भूभागहरुमा सामान्यतया बदली रहनेछ । हिमाली जिल्लामा हिमपात, पहाडी जिल्लामा मेघगर्जनसहितको वर्षा र तराईका जिल्लामा हावाहुरीको सम्भावना छ ।

चैत २४ गते आइतबार(भोलि)

आइतबार पनि मौसम बदली रहनेछ । बिहान पानीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै दिउँसोको समयमा पनि धेरैजसो भूभागहरुमा आंशिकदेखि सामान्य बदली रहनेछ । देशको पुर्वी तथा मध्य भूभागका थोरै स्थानमा, पश्चिमी भुभागका १/२ स्थानहरुमा मेघ गर्जनसहित वर्षा हुने महाशाखाको अनुमान छ । राति पनि मौसममा बदली हुने सम्भावना छ ।

चैत २५ गते सोमबार(पर्सी)

सोमबार साँझबाट मौसममा केही सुधार आएपनि बिहान र दिउँसो सामान्य बदली रहनेछ । सोमबार पनि हिमाली जिल्लामा हिमपात, पहाडी जिल्लामा वर्षा र तराईका जिल्लामा हावाहुरी र मेघ गर्जनसहितको वर्षा हुने सम्भावना छ ।

प्रकाशित मिति : २३ चैत्र २०७५, शनिबार  ८ : १६ बजे

यस्तो छ १६ औँ योजनाको मस्यौदा

सरकारले १६ औँ योजनाको मस्यौदा ल्याएको छ । उक्त योजनाको

राष्ट्रिय चलचित्र पुरस्कारका लागि बोर्डले माग्यो आवेदन

काठमाडौं– चलचित्र विकास बोर्डले २४औं वार्षिकोत्सवको अवसरमा विभिन्न विधामा राष्ट्रिय

चुरेमा छवटा सिँचाइ योजनाको काम सुरु

गोदावरी– कैलालीको पहाडी भेगमा पर्ने चुरे गाउँपालिकामा छवटा सिँचाइ योजना

त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम

काठमाडौं– त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागले माटोको नियमित परीक्षण र

थाइल्यान्डमा ‘लु’ बाट ३० जनाको मृत्यु

बैंकक– यस वर्ष लुबाट कम्तीमा ३० जनाको मृत्यु भएपछि थाइल्यान्डले