नेपाल श्रीलंकासँग पराजित, स्वर्णकालागि बंगलादेश र श्रीलंकाले खेल्ने | Khabarhub Khabarhub

नेपाल श्रीलंकासँग पराजित, स्वर्णकालागि बंगलादेश र श्रीलंकाले खेल्ने


२० मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद (साग) महिला टि ट्वान्टी क्रिकेटमा नेपाल श्रीलंकासँग पराजित भएको छ । यससँगै नेपालको स्वर्णको संभावना सकिएको छ । शुक्रबार पोखरामा भएको खेलमा नेपाल श्रीलंकासँग ४१ रनले पराजित भएको हो ।

श्रीलंकाले प्रस्तुत गरेको १ सय १९ रनको विजयी लक्ष्य पछ्याएको नेपाल २० ओभरमा ९ विकेट गुमाउँदै ७७ रन बनाउन सक्यो । नेपालका लागि कप्तान रुबिना क्षेत्री बेलबासेले सर्वाधिक १९ रनको योगदान दिइन् । उनले २८ बलमा २ चौका प्रहार गरिन् ।

अप्सरी बेगम ११, करुणा भण्डारी १२ र कविता कुवर १३ रनमा नट आउट रहिन् । नेपालका ७ ब्याट्सवुमेनले दोहोरो अंकमा रन छुन सकेनन् । श्रीलंकाको सचिनीले ३ र सत्या सन्दीपनीले २ विकेट लिइन् ।

त्यसअघि पोखरा रंगशालमा टस जितेर ब्याटिङ थालेको श्रीलंकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय १८ रन बनाएको थियो । स्वर्णका लागि अव बंगलादेश र श्रीलंका खेल्ने छन् । नेपालले कास्यका लागि माल्दिभ्ससँग खेल्ने छ ।

प्रकाशित मिति : २० मंसिर २०७६, शुक्रबार  २ : ५३ बजे

राष्ट्रिय महिला टिमका ६ क्रिकेटरले मलेसियामा सुपर कप खेल्ने

काठमाडौं- नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका ६ क्रिकेटरले मलेसियाको सुपर

बाँकेमा दुई सय ६५ घरेलु उद्योग बन्द

राँझा– बाँकेमा चालु आर्थिक वर्षको नौ महिनामा दुई सय ६५

कर्णालीमा चालु आवको हालसम्म २५ प्रतिशत मात्रै बजेट खर्च

काँक्रेविहार– प्रदेश संरचना बनेको सात वर्षमा कर्णाली प्रदेशमा पाँच वटा

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : ओली

काठमाडौं– नेपाल (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नीति र

रक्सी र मासुमा भोट खेर नफालौँ : रवि लामिछाने 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले इलाम २ को