निद्रामा घुर्ने समस्याले निम्त्याउँछ यस्तो खतरा | Khabarhub Khabarhub

निद्रामा घुर्ने समस्याले निम्त्याउँछ यस्तो खतरा


२० मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

के तपाई निद्रामा घुर्नुहुन्छ ? सुतेको समयमा एक्कासि सास रोकिएर उकुसमुकुस हुँदै बारम्बार बिउझने गर्नुहुन्छ ?  यदी तपाईलाई यस्तो समस्या छ भने यो समान्य होइन, रोग हो । निद्रामा घुर्ने र सास रोकिने रोगलाई चिकित्सकको भाषामा स्लीप एप्रिया भनिन्छ ।

के हो स्लीप एप्रिया ?

यो निद्रा सम्बन्धि एउटा रोग हो । साधारण घुराई र यो रोगका कारण हुने घुराईमा भिन्नता हुन्छ । साधारण घुराई मोहोपन हुनेहरु अथवा अन्य स्वस्थ मानिसलाई पनि हुनसक्छ । साधारण घुराईमा सास रोकिने वा अक्सिजनको मात्रा घट्ने हुदैन । तर स्लीप एप्रिया हुनेहरुलाई निदाएको बेला गर्धनभित्रको श्वसनली सागुरो भई केही बरेको लागि बन्द हुन्छ ।

जसको कारण केही समय छोटो समयको लागि बिरामीको निद्रा खुल्छ र फेरी श्वासप्रश्वस सुचारु हुन्छ । यस्तो समयमा बिरामीले हातखुट्टा फाल्ने, कोल्टे फर्कने, चिच्याउने आदि गर्छन् । यो प्रक्रिया रातभरी चल्छ ।

निद्रामा हुने समस्या भएकाले यो समस्या हुने व्यक्तिलाई थाहा नहुन पनि सक्छ । तर, उनीहरुसँगै रहेका अन्य मासिनले वा पार्टनरले भने थाहा पाउन सक्छन् ।

स्लीप एप्रियाको असर यस्तो छ

निद्रामा घुर्ने समस्या अर्थात स्लीप एप्रिया रोग हो । त्यसैले यसलाई समान्य रुपमा लिनु हुँदैन । स्लीप एप्रिया भएका मानिसमा मुटुको चाल गडबड हुने, तथा हार्ट अट्याकको खतरा समेत हुन्छ । साथै दीर्घकालिन रुपमा शारीरिक तथा मानसिक असरहरु पनि पर्न सक्छ ।

–हार्ट अट्याकको सम्भावना हुन्छ,

–मुटुको चालमा गडबढी हुन्छ,

– प्यारालाइसिस हुनसक्छ,

–मानसिक समस्या हुन्छ,

–थकान महशुस हुन्छ,

–यौन इच्छामा रुची कम हुन्छ,

–मधुमेह, उच्च रक्तचापको समस्या बढ्छ,

स्लीप एप्रिया भए नभएको कसरी थाहा पाउने ?

स्लीप एप्रियाका समस्या लिएर अस्पताल जाने बिरामीहरुलाई चिकित्सकले निद्रा सम्बन्धि जाँच गर्ने गर्छन् यसलाई चिकित्सकको भाषामा पोलिसोम्रोग्राफी भनिन्छ । यो जाँच गर्दा चिकित्सकले बिरामीलाई भर्ना नै लिएर एक रात अस्पतालमै सुताउँछन् ।

अस्पतालकै वेडमा निदाएको समयमा चिकित्सकले यो रोगको परीक्षण गर्छन् । चिकित्सकले बिरामी व्यक्ति निदाएपछि घुर्ने, सास रोकिने तथा अक्सिजनको मात्रा कम हुने लगायत निद्रा सम्बन्धि रोगहरु भए वा नभएको परीक्षण गर्छन् । य

स्तो परीक्षण गर्न बिरामीलाई निदाउनु अघि नै शरीरमा तार वा सेन्सरहरुको प्रयोग गरीएको हुन्छ । त्यसबाट बिरामीको निद्राको अवस्था, घुराईको मात्रा, अक्सिजनको मात्रा, सासको गति र मुटुको चालको निगरानी गर्छन् ।

कसरी हुन्छ उपचार ?

सो परीक्षण पछि स्लीप एप्रिया भएको रहे भने चिकित्सकले सिप्याप प्रविधिबाट उपचार गर्छन् । यो प्रविधि सासकोनली बन्द हुन नदिनका लागि राती नियमित रुपमा नाक वा मुख छोप्ने विशेष मास्क हो ।

यो मास्क सिप्याप मेसिनसँग जोडिएको हुन्छ । यो मेसिनले मास्कको माध्यमबाट बिरामीको स्वासनलीमा चाप पैदा गरी स्वासनली बन्द हुँन दिदैन र अक्सिजनको मात्रा घटबढ हुन पाउँदैन । जसले गर्दा बिारमीले नघुरे रे गहिरो निद्रा लाग्न सहयोग पु¥याउँछ ।

प्रकाशित मिति : २० मंसिर २०७६, शुक्रबार  ४ : ३७ बजे

१६औं योजना तर्जुमा अन्तिम चरणमा, लक्ष्य भेट्न ११४ खर्ब चाहिने

काठमाडौं – सरकारले १६औं योजना (आर्थिक वर्ष ०८१/८२–२०८५/८६) तर्जुमा अन्तिम

टिकटकले प्रतिबन्ध हटाउन अमेरिकामा मुद्दा लड्ने

एजेन्सी – चीनसँगको बढ्दो टकरावबीच प्रतिबन्ध लाग्ने सम्भावना बढेपछि टिकटकले

खाना तथा खाजा खाएपछि सुप किन खाइन्छ ?

काठमाडौं– प्रायः हामी खाना खाइसकेपछि सुप चपाउने गर्छौं । न

लगानी सम्मेलन : केही अनुत्तरित प्रश्न

सरकारले ०८१ वैशाख १६ र १७ गते २ दिन अन्तरराष्ट्रिय

चित्रकलामा भविष्य खोजिरहेकी निर्मला

कञ्चनपुर– कञ्चनपुरकी कृष्णपुर नगरपालिका–१ सुन्दरीफाँटाकी २४ वर्षीया निर्मला चौधरी स्नातक