टाटा मोटर्सको चौथो ग्लोबल सर्भिस क्याम्प शुरु | Khabarhub Khabarhub

टाटा मोटर्सको चौथो ग्लोबल सर्भिस क्याम्प शुरु


२० मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालका लागि टाटा मोटर्सको अधिकृत विक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालीले ग्लोबल सर्भिस क्याम्प मेला शुरु गरेको छ ।

टाटा मोटर्स् कमर्सियल गाडीका प्रेसिडेन्ट श्री गिरिस वाग तथा सिप्रदी ट्रेडिङ्ग प्रालिका कार्यकारी अध्यक्ष सिद्धार्थ शमशेर जबराले संयुक्तरुपमा उक्त कार्यक्रमको उद्घाटन गरेका थिए ।

उद्घाटन समारोहमा टाटा मोटर्स् कमर्सियल गाडीका प्रेसिडेन्ट गिरिस वागले सम्पूर्ण सिप्रदी तथा टाटा मोटर्स्का कर्मचारी, ग्राहकहरु, मिडिया तथा सहभागीहरुलाई बधाई तथा शुभकामना दिए ।

समारोहमा सिप्रदी ट्रेडिङ्ग प्रालिका कार्यकारी अध्यक्ष सिद्धार्थ शमशेर जबराले टाटा मोटर्स र सिप्रदीको सम्बन्ध प्रगाढ भएकोमा शुभकामना व्यक्त गरे । साथै यसको लागि सबै ग्राहकहरुको अटुट विश्वास, कर्मचारीहरुको निरन्तर मिहिनेत र लगनशीलता, मिडिया साथीहरुको साथका लागि उनले धन्यवाद दिए । यस्तो प्रकारको कार्यक्रमले ग्राहकहरु वीचको सम्बन्ध पनि प्रगाढ हुने उनले बताए ।

गाडीसँग सम्बन्धित सम्पूर्ण सल्लाह, सुझाव र जानकारी दिने हेतुले आयोजना गरिएको उक्त ग्लोबल सर्भिस क्याम्प विश्वभरि एकै साथ आयोजना गरिएको छ । यस ग्लोवल सर्भिस क्याम्प अन्तर्गत टाटा मोटर्स्का सम्पूर्ण डिलर एवं आधिकारिक सर्भिस सेन्टरहरुमा गाडीको सम्पूर्ण स्वास्थ्य जाँचहरु हुनेछ ।

क्याम्पमा चालकहरुका लागि नयाँ प्रविधि एवं सुरक्षित ड्राईभिङ्ग सम्बन्धी निःशुल्क तालिम, टाटाको पार्टस्मा विशेष छुट, निःशुल्क लेबर चार्ज, आकर्षक उपहार, लुब्रिकेन्टस्मा आकर्षक अफर, जस्ता प्रमुख विशेषताहरु रहेका छन् ।

सिप्रदी ट्रेडिङ्ग प्रालि ले यसै अवसर पारेर टाटा मोटर्स्को टाटा विङ्गगर बीएसआईभी २.२ एल डिकोर गाडीको औपचारिक रुपमा उद्घाटन गरिएको छ । त्यस क्याम्पमा एक्साईड व्याट्री, मिसेलिन, सिप्रदी अटोपार्टस्, म्याक ल्यूव्रिकेन्ट इन्सुरेन्स, बैंक र अन्य अटोमोटिभ व्राण्डहरुले सहभागिता जनाएका छन् ।

विश्वभर एकैसाथ हुने टाटा मोटर्स् ग्लोबल सर्भिस क्याम्पको यो नेपालमा चौथो संस्करण हो । विभिन्न स्टेजहरुद्वारा सुसज्जित यस क्याम्पमा टाटाद्वारा आयोजित विभिन्न कार्यक्रमहरुको अवलोकन गर्न पाइनेछ ।

आकर्षक योजना, मनोरञ्जनात्मक कार्यक्रम, विभिन्न विषयहरुमा सचेतना, विभिन्न सेवा आदि यस क्याम्पका मुख्य आकर्षणहरु हुन् । मेला २१ गते सम्मा सन्चालनमा रहनेछ ।

प्रकाशित मिति : २० मंसिर २०७६, शुक्रबार  १२ : ३४ बजे

प्रधानमन्त्रीको दाबी ‘राष्ट्रिय गौरवका आयोजना समयमै सम्मन्न हुन्छन्’

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवका तथा रूपान्तरणकारी

शुक्लाफाँटामा बाह्रसिङ्गाको गणना हुँदै

कञ्चनपुर – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा विश्वमै दुर्लभ मानिएको वन्यजन्तु बाह्रसिङ्गाको

जनताले महसुस गर्नेगरी काम गर्न गृहमन्त्री लामिछानेको निर्देशन

झापा – उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले जनतालाई परिवर्तनको अनुभूति

युरोप पठाउने भन्दै बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ

काठमाडौं – बङ्गलादेशका नागरिकलाई युरोप पठाउने भन्दै नेपाल ल्याई बन्धक

प्रचण्डको ‘उथलपुथल’ सन्देश – नयाँसंग घुर्की, पुरानालाई धम्की

काठमाडौं – नेपालका राजनीतिज्ञहरुले बेला बखत चट्के शब्द प्रयोग गरेर