जाडोमा यसकारण पर्छ बढी चाया, यी हुन् हटाउने घरेलु उपाय | Khabarhub Khabarhub

जाडोमा यसकारण पर्छ बढी चाया, यी हुन् हटाउने घरेलु उपाय


२० मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुन्दर र आकार्षक देखिने चाहना सबैलाई हुन्छ । मानिसको सौन्दर्यताको प्रतिक कपाल पनि हो । कपालले मानिसको सौन्दर्यता बढाउँछ ।

तर जोडोको समयमा कपालमा पर्ने चायाले सबैलाई सताउँछ ।

छिट्टै कपाल चिल्लो हुने र सेतो चाया कालो कपालभरी देखिदा मानिसहरु दिक्क हुन्छन् ।

सामान्यतया कपालमा गर्मीको समयमा भन्दा पनि जाडोको समयमा बढी चाया देखिन्छ ।

टाउकोमा छालाका कोष मर्ने र नयाँ पलाउने क्रम निरन्तर चलिरहन्छ । यस्तो वेला टाउकोमा सेता, मसिना फुस्रा दागहरू देखिन्छन्, जसलाई चाया भन्ने गरिन्छ । राम्रो सरसफाइ नभएमा पनि चाया पर्ने गर्छ ।

सरसफाइमा ध्यान नदिने मानिसमा चाया पर्ने सम्भावना हुन्छ । कपाल कम नुहाउने बानीले पनि चाया पर्न सक्छ । शरीरमा हुने हर्मोन परिवर्तन, वंशाणुगत गुण, टाउकोमा विभिन्न रोग, अस्वस्थकर खानपान, कपालमा केमिकलको प्रयोगजस्ता कारणले पनि चाया पर्छ ।

त्यस्तै, सुक्खा वातावरणमा बस्दा पनि कपालमा चाया पर्ने समस्या हुन्छ । लामो समयदेखिको तनाव, थकान, चिन्ता, र टाउकोमा हुने एलर्जीका कारण पनि चाया पर्ने समस्या हुन्छ । सरसफाइ र सन्तुलित भोजनले चाया हटाउन ठूलो भूमिका खेल्छ ।

भिटामिनयुक्त खाना, नियमित रूपमा कपाल नुहाउँदा, कपालमा अनावश्यक केमिकलको प्रयोग नगर्दा चायाको समस्याबाट बच्न सकिन्छ । त्यस्तै, स्याम्पु र तेलको प्रयोग गर्दा पनि निकै ध्यान पु¥याउनुपर्छ ।

चायाको समस्यालाई शतप्रतिशत निको पार्न गाह्रो छ । तर, यसको असरलाई कम गर्न भने त्यति गाह्रो छैन । तर, चायाले तालु रातो हुने, चिलाउने र रगत बग्ने, पोल्ने र छाला खुइलिने जस्ता समस्या हुन्छ ।

चाया निको पार्ने उपाय

टाउकोमा चाया पर्न नदिन टाउकोको नियमित सरसफाई गर्नपर्दछ । साथै सन्तुलित भोजन र फलफूलको सेवनले पनि टाउकोमा चाया पर्नबाट जोगाउछ ।

पर्याप्त पौष्टिक तथा भिटामिनयुक्त खाना खाने गरेमा समेत चायाको समस्या घटेर जान्छ । नियमित रुपमा कपाल नुहाउने, जेल वा हेयर क्रिमको सट्टा राम्रो तेलको प्रयोग गरे चायाको समस्या हट्नेछ ।

चाया हटाउने  घरेलु उपाय

– एक चम्चा माटोमा गोलभेडाको पेस्ट मिलाएर पेष्ट बनाई कपालमा लगाएर १५/२० मिनेट छोडेर कपाल धोएमा कपालमा रहेको चाया जान्छ ।

–अमिले दहीमा थोरै पानी मिसाएर कपालमा लगाएर ३० मिनेट जति राखेर नुहाउनुस कपालको चाया जान्छ ।

–रहरको दाललाई रातभर पानीमा भिजाएर बिहान उठ्ने बितिक्कै पिनेर कपालमा लगाउनुस र आधा घन्टा जति छाडेर नुहाउनुस कपालमा रहेको चाया जान्छ ।

–करिव ५ वटा कागती काटेर २ लीटर पानीमा उमाल्नुस र चिसो भइसकेपछि कपाल धुनुस तपाईको कपालमा रहेको चाया छिटै हटेर जान्छ ।

–एलोभेराको रस निकालेर कपालमा दल्नुस र आधाघन्टा जति राखेर पखाल्नुस चाया हटेर जान्छ ।

–दाना मेथीलाइ रातभर ढड्याएर राख्नुस र बिहान उठेर त्यसको पेष्ट बनाएर कपालमा लगाई आधा घन्टा जति कुरेर पखाल्नुस कपालको चाया निख्रन्छ ।

–सरस्युको तेल र कागतीको रस मिलाएर कपालमा लगाई मालिस गर्नुस । एक दिन बिराएर यसो गर्न सकेमा तपाइको टाउकोबाट चाया पूर्णरुपले हराएर जान्छ ।

–ग्लीसीरिन र गुलाव जल मिलाएर राख्नुस र हरेक दिन नुहाउने बितिक्कै अलिकति दल्ने गर्नुस तपाईको कपालबाट चाया हराएर जान्छ ।

–नरिवलको तेल र कपुर मिलाएर राख्नुस र नुहाउनु भन्दा आधा घन्टा अघि मसाज गर्नुस चाया हराएर जान्छ ।

– एक ग्लास पानीमा चार चम्चा बेसन घोलेर पेस्ट बनाउनुस र कपालमा लगाएर एक घन्टा जति छोडेर नुहाउनुस तपाईको कपालबाट चाया हट्छ ।

प्रकाशित मिति : २० मंसिर २०७६, शुक्रबार  १२ : २७ बजे

नेपाललाई तेस्रो सफलता, गुलशनले लिए दोस्रो विकेट

काठमाडौं– नेपालले तेस्रो विकेट लिएको छ । एसीसी प्रिमियर कपको

कोशीमा मुख्यमन्त्री केदारकै नेतृत्वमा सर्वदलीय सरकार बनाउन कांग्रेसको माग 

काठमाडौं– नेपाली कांग्रेसका सांसद विनोद राईले कोशी प्रदेशका मुख्यमन्त्री केदार

सांसद खानले लिइन् प्रतिनिधि सभा सदस्यको शपथ

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) की समानुपातिक सांसद हसिना खानले

महानगरको निजी विद्यालयलाई निर्देशन : एकपटक भर्ना भएका विद्यार्थी अर्को कक्षामा जाँदा शुल्क नलिनु

काठमाडौं– काठमाडौं महानगरपालिकाले निजी विद्यालयहरूले विद्यार्थी भर्ना गराउँदा कानूनबमोजिम बाहेक

ग्रीन हाइड्रोजन उत्पादनका लागि बुद्धभूमि हाइड्रो र केयूबीच सम्झौता

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू)सँग ग्रीन हाइड्रोजन उत्पादनका लागि