भारतमा चिकित्सकको बलात्कारपछि हत्याको घटनाका चार अभियुक्त प्रहरी इन्काउन्टरमा मारिए | Khabarhub Khabarhub

भारतमा चिकित्सकको बलात्कारपछि हत्याको घटनाका चार अभियुक्त प्रहरी इन्काउन्टरमा मारिए


२० मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– दक्षिण भारतको हैदराबादमा एक पशुचिकित्सकको बलात्कारपछि हत्या भएको घटनामा पक्राउ परेका चार सन्दिग्ध व्यक्तिहरूको प्रहरी इन्काउन्टरमा मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रहरीले उनीहरूलाई बुधवार आफ्नो नियन्त्रणमा लिएको थियो । उनीहरूलाई १४ दिनका लागि न्यायिक हिरासतमा राखिएको थियो ।

तेलङ्गाना प्रहरीका एक वरिष्ठ अधिकारीका अनुसार शुक्रवार बिहान तीन बजेतिर उनीहरूको एउटा “भिडन्त”मा मृत्यु भएको हो । घटनास्थल हैदराबादबाट ५० किलोमिटर पर रहेको बताइएको छ ।

तीन चारै जनालाई प्रहरीले पीडित महिलाको जलेको शव भेटिएको स्थानमा लगेर अनुसन्धान गर्न खोजेको हैदराबादका प्रहरी प्रमुख भीसी सज्जनारले बीबीसी तेलुगूलाई बताएका छन् ।

त्यहाँ उनीहरूले आफूमाथि आक्रमण गर्न खोजेपछि प्रतिकार गरेको र भिडन्त भएको प्रहरीको दाबी रहेको बीबीसीले जनाएको छ ।

प्रहरीको बन्दुक खोस्न र भाग्न खोजेकाले गोली हानिएको प्रहरीले जनाएको बीबीसीले उल्लेख गरेको छ । प्रहरीका अनुसार घटनामा दुई सुरक्षाकर्मी पनि घाइते भएका छन् ।

गत साता ती पशुचिकित्सकको बलात्कारपछि हत्या भएपछि भारतमा चर्को आक्रोश उत्पन्न भएको थियो । सडकदेखि संसद्‌सम्म दोषीलाई मृत्युदण्ड दिनुपर्ने माग उठेको थियो ।

रक्षामन्त्री राजनाथ सिंहले उक्त घटना भारतका लागि लज्जास्पद भएको टिप्पणी गरेका थिए । उनले घटनाको निन्दा गर्ने उचित शब्द आफूसँग नभएको बताएका थिए ।

गत साता पीडित महिलाको परिवारले प्रहरीले समयमै कारबाही नगरेको आरोप लगाएपछि तीन प्रहरी अधिकारी निलम्बनमा परेका थिए ।

पीडित महिला सम्पर्कविहीन भएको उजुरी गर्न जाँदा प्रहरीहरूले उनी भागेको हुन सक्ने भन्दै टिप्पणी गरेको उनका नातेदारले राष्ट्रिय महिला आयोगलाई बताएका थिए ।

कसरी भयो बलात्कार र हत्याको घटना ?

नोभेम्बर २८ को साँझ स्थानीय समयानुसार छ बजेतिर २७ वर्षीया महिला आफ्नो स्कूटरमा चिकित्सकहाँ जाने भन्दै घरबाट निस्किएकी थिइन् ।

पछि उनले आफ्नो स्कूटर पन्चट भएको, र एक ट्रक ड्राइभर सहयोग गर्न अघि सरेको जानकारी परिवारलाई फोनबाट दिएकी थिइन्। उनले आफू कुनै टल प्लाजा – सडकमा आवागमनका लागि पैसा तिर्ने ठाउँ – मा पर्खिरहेको बताएकी थिइन् ।

त्यसको केही समयपछि उनलाई फोनमा सम्पर्क गर्ने प्रयास विफल भयो ।

बिहीवार बिहान उनको मृत शरीर सडकको ‘फ्लाईओभर’ मुनि एक दूध व्यापारीले भेटेका थिए ।

सन् २०१२ को डिसेम्बरमा राजधानी दिल्लीमा एक महिलाको बसभित्र सामूहिक बलात्कार र हत्या भएयता भारतमा महिलाविरुद्धका यौन हिंसा चर्चाको केन्द्रमा रहँदै आएको छ । तर त्यस्ता हिंसाका घटना कम भएका सङ्केत देखा परेका छैनन् ।

अपराधबारे पछिल्ला सरकारी आँकडामा सन् २०१७ मा भारतभर प्रहरीले ३३,६५८ बलात्कारको घटना – अर्थात् प्रतिदिन ९२ – रेकर्ड गरिएको उल्लेख रहेको बीबीसीले जनाएको छ ।

प्रकाशित मिति : २० मंसिर २०७६, शुक्रबार  ११ : ११ बजे

युएईले टस जित्यो, नेपालले पहिला ब्याटिङ गर्ने

काठमाडौं– आज एसीसी प्रिमियर कपको सेमिफाइनलका दुवै खेल हुँदै छन्

एकीकृत समाजवादीले सदस्यताको प्रमाणीकरण गर्दै

काठमाडौं– नेकपा (एकीकृत समाजवादी) ले महाधिवेशन प्रतिनिधि चयन गर्न पार्टीका

सिन्धुपाल्चोक बस दुर्घटना : मृतक तिनै जना दोलखाका

दोलखा– सिन्धुपाल्चोकको तौथली नजिकै दोलखाको जन्ती बस दुर्घटना हुँदा ३

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार सुनको

धनुषामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

गोदार– धनुषामा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ ।