देउवालाई भेट्न बूढानीलकण्ठ पुगे प्रचण्ड | Khabarhub Khabarhub

देउवालाई भेट्न बूढानीलकण्ठ पुगे प्रचण्ड


२० मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

शुक्रवार(आज) विहान प्रचण्ड र देउवाबीच करिब आधा घन्टा छलफल भएको हो ।

प्रचण्ड देउवालाई भेट्न बूढानीलकण्ठ पुगेका थिए ।

सुदूरपश्चिम प्रदेश सरकारको ‘वित्त सम्मेलनमा’ सहभागी हुन धनगढी जानु अघि प्रचण्ड देउवा निवास पुगेका थिए ।

प्रचण्ड र देउवाबीचको छलफलमा सहभागी कांग्रेस नेता रमेश लेखकका अनुसार दुई नेताले करिब आधा घन्टा छलफल गरेका थिए ।
यो भेट शिष्टाचार भेट भएको लेखकको भनाइ छ ।

‘नेकपाले प्रचण्डलाई पार्टी हेर्ने गरी जिम्मेवारी दिएपछि उहाँले सत्ता–प्रतिपक्षबीच शिष्टाचार निर्माणका लागि भेट गर्न चाहनुभएको जस्तो देखियो’ लेखकले भने ।

देउवाले पनि दाहाललाई पार्टीको कार्यकारी जिम्मा पाएकोमा बधाई दिएका थिए । देउवाले नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य अवस्थाबारे समेत प्रचण्डसँग जानकारी लिएका थिए ।

प्रकाशित मिति : २० मंसिर २०७६, शुक्रबार  ११ : ०१ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०