रोजगारीका नाममा म्यानपावरको मानव तस्करी | Khabarhub Khabarhub

रोजगारीका नाममा म्यानपावरको मानव तस्करी

बेचबिखनमा परेका ५१ प्रतिशत महिलामाथि यौनशोषण


२० मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैदेशिक रोजगारीका नाममा मानव तस्करीको चुनौती थपिर्दै गएको एक अध्ययनले देखाएको छ । नेपालका ८६ प्रतिशत महिला रोजगारीका नाममा मानव तस्करको फन्दामा पर्ने गरेको मानव बेचविखन तथा ओसारपासरविरुद्ध सहकर्मी समूह नेपाल (एटवीन)ले गरेको एक अध्ययनमा उल्लेख गरिएको छ ।

एटवीनले २०७५ सालमा सञ्चार माध्यममा प्रकाशित समाचार र मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी सामाग्रीहरुको अध्ययन गर्दा एक वर्षको अवधिमा ८६ प्रतिशत महिला र १४ प्रतिशत पुरुष बेचबिखनमा परेको जनाएको छ ।

एटवीनको अध्ययनमा पछिल्लो समय रोजगारीको बाहानामा नेपाली महिला तस्कर गर्ने समूह सक्रिय रहेको देखाइएको छ । लैगिंक विश्लेषणमा ८६ प्रतिशत महिला र १४ प्रतिशत पुरुष रहेको अध्ययनमा उल्लेख गरिएको छ ।

बेचबिखनमा पर्ने मध्ये ५१ प्रतिशत यौनशोषणको सिकार भएको, ३५ प्रतिशत श्रमशोषणमा परेको र ९ प्रतिशत मानव अंग बेचबिखनका लागि नेपालबाट तस्करी हुने गरेको पाइएको छ ।

त्यसैगरी, ५ प्रतिशत भने वौद्ध धर्मदर्शन पढ्न वा लामा बन्नका लागि ओसारपसार भएको एटवीनले जनाएको छ ।

पछिल्लो समय छिमेकी मूलुक चीन र भारतमा पनि नेपालीहरु ठूलो संख्यामा बेचबिखन भइरहेको पाइएको छ । नक्कली विवाह गरी युवतीहरुलाई चीन पुर्‍याउने र यौनधन्दामा संलग्न गराउने घटना बढ्दै गएका छन् ।

बालबालिकामा चेतनाको अभाव तथा गरीबी, बेरोजगारीको समस्याले गर्दा पनि बेचबिखनका घटनाले बढ्दै गएको पाइएको एटवीनकी अध्यक्ष नातीसरा राईले बताइन् ।

‘वैदेशिक रोजगारीका नाममा मावन बेचबिखन तथा ओसारपसार बढ्दै गइरहेको छ । यो विषयमा सरकारले गम्भीर भएर काम गर्नुपछ,’ उनले भनिन्, ‘मानव बेचबिखनका घटना रोक्न सरकार, निजी संस्था, संचार माध्यमलगायत जिम्मेवार निकायबीच सहकार्य आवश्कता देखिन्छ ।’

उनले भनिन्, ‘मानव तस्करीमा परेका पीडितले न्याय कम मात्र पाउने गरेका छन् । वैदेशिक रोजगार विभागले नलिने, नेपाल प्रहरीमा उजुरी गर्दा पनि मानव तस्कर तथा बेचबिखनमा संलग्नहरुलाई ठगी कसुरमा मात्रै कारबाही गरिरहेको छ । उनीहरुलाई ज्यान मास्ने कसुर अन्तरगत कारवाही गर्ने नसक्दा यथोचित न्याय पाउन सकिरहेका छैनन् ।’

निशानामा १६/१७ वर्षका किशोरी

एटवीनले गरेको अध्ययनमा १७ वर्षसम्मको उमेर समुह अर्थात बालबालिका देखि किशोरकिशोरीको समुहका नै ५० प्रतिशत तस्करको निशानामा पर्ने गरेको पाइएको छ ।

१८ देखि २९ वर्ष उमेर समुहका ४१ प्रतिशत युवायुवती बेचबिखनमा परेका छन् । यस्तै, ३० देखि ४९ वर्ष उमेर समुहका ९ प्रतिशत र ५० वर्ष माथिको उमेर समुहका भने यो वर्ष एक जना पनि नपरेको पाइएको छ ।

प्रभावित मध्ये सबैभन्दा धेरै सिन्धुपाल्चोक, नुवाकोट, दैलेख र काभ्रेपलाञ्चोकका छन् । तराईमा मानव बेचबिखनका घटना धेरै भएपनि समस्या बाहिर नआउने गरेको अध्ययनमा उल्लेख गरिएको छ ।

म्यानपावर खोलेर रोजगारीका नाममा तस्करी

विकाशित देश रोजगारीको प्रलोभनज देखाएर संख्यामा महिला हरुलाई बेचबिखन गर्ने गरेको पाइन्छ । म्यानपावर कम्पनी सञ्चालन पनि वैदेशिक रोजगारीमा कामदार पठाउने बाहानामा मानव तस्करी गरिरहेको एटीवनले जनाएको छ ।

बेचबिखन कर्ता वा दलालहरुमा सबैभन्दा धेरै ३३ प्रतिशत एजेन्ट र म्यानपावर व्यवासायी र परामर्शदाता रहेको पाइन्छ ।

सीमापारी लगेर बेचबिखन गरिएका घटना ५४ प्रतिशत, वैदेशिक रोजगारीसँग जोडिएका घटना २६ प्रतिशत र आन्तरिक ओसारपसार तथा बेचबिखनबाट ८ प्रतिशत बेचबिखनमा पर्ने गरेका छन् ।

त्यसैगरी, मानव अंग बेचबिखनमा ९ प्रतिशत र अन्य ३ प्रतिशत रहेको अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ ।

भारतीयको संलग्ना धेरै

मानव बेचबिखनमा २७ प्रतिशत घटनामा भारतीय नागरिक संलग्न रहेको पाइएको छ । त्यस्तै छिमेकीका कारण १२ प्रतिशत, प्रेमी र श्रीमान संलग्न भएका ६.६ प्रतिशत, साथीबाट २ प्रतिशत र अन्य ३ प्रतिशत संलग्न हुने प्रतिवेदनमा उल्लेख छ ।

यसैगरी ११ प्रतिशत मानिस भने आफैं थाहै नपाई बेचबिखनमा परेको पाइएको छ । त्यसमा पनि ५ जना बालबालिका रहेको र बालबालिका राखिएको सेल्टर सञ्चालक नक्कली आमा बनेर समेत मानव तस्करी गरिरहेको तथ्य अध्ययनले खुलाएको छ ।

त्यस्तै, विभिन्न संगठन, आफन्त, परिवार, आफ्नै श्रीमानलगायत व्यक्तिहरु पनि मानव बेचबिखनमा संलग्न रहेको पाइएको छ ।

अफ्रिकी मुलुक, युरोपका देश, मलेसिया, कतार, साउदी, युएई, कुबेतका देशमा मानव तस्करी बढ्दै गएको छ । खाडीका देश र मलेसिया घरेलु काममा महिला कामदार जान्न सरकारले प्रतिबन्द लगाएपछि भारत, म्यानमार, बंगलादेश र पाकिस्तानको बाटो प्रयोग गरेर नेपाली महिलाको तस्करी हुँदै आएको छ।

प्रकाशित मिति : २० मंसिर २०७६, शुक्रबार  १० : २३ बजे

अर्थमन्त्री पुनको अमेरिका भ्रमण : माथिल्लो अरुणको वित्तिय व्यवस्थापन विश्व बैंकले गर्ने करिब निश्चित 

काठमाडौं– संखुवासभामा निर्माण हुने १ हजार ६३ मेगावाटको माथिल्लो अरुण

वाणिज्य बैंकहरूको नाफा घट्यो, नेपाल बैंकको ९२.६७ प्रतिशतले गिरावट

काठमाडौं– चालु आर्थिक वर्ष (आव)को तेस्रो त्रैमासिक अवधिमा बैंकहरूको नाफामा

युएईविरुद्ध नेपालको खराब सुरुवात, दुवै ओपनर आउट

काठमाडौं–  नेपालले युएईविरुद्धको खेलमा खराब सुरुवात गरेको छ । एसीसी

युएईविरुद्ध नेपालको खराब सुरुवात, पहिलो बलमा कुशल भुर्तेल आउट

काठमाडौं– नेपालले युएईविरुद्धको खेलमा पहिलो बलमा नै विकेट गुमाएको छ

युएईले टस जित्यो, नेपालले पहिला ब्याटिङ गर्ने

काठमाडौं– आज एसीसी प्रिमियर कपको सेमिफाइनलका दुवै खेल हुँदै छन्