धुलाबारीमा विराट सत्संग समारोहको तयारी पूरा | Khabarhub Khabarhub

धुलाबारीमा विराट सत्संग समारोहको तयारी पूरा


२२ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– झापाको मेची नगरपालिका–४ धुलाबारीमा हुने विराट सत्संग समारोह–२०७५ को तयारी पूरा भएको छ । धुलाबारीको नन्दागंगा नदी तटमा फागुन २३ गते बिहीबार र २४ गते शुक्रबार सत्संग समारोह हुँदैछ । कार्यक्रममा नेपाल, भारत र भुटानबाट करीब एक लाख भक्तजनको सहभागिता हुने अनुमान गरिएको छ ।

समारोहस्थल पण्डाल निर्माण, भक्तजनको आवास बन्दोबस्त, खानपानका लागि भण्डारा, अतिथि सत्कारको व्यवस्थापन मिलाइएको मूल आयोजक समिति संयोजक महात्मा चमेली वाइजीले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यक्रममा सहभागी हुन सद्गुरूदेव सतपालजी महाराज पनि धुलाबारी पुगिसक्नुभएको छ । महाराजको साथमा अमृता माताजी, श्रद्धेय विभू जी महाराज, सुयश जी महाराज लगायत आउनुभएको जनाइएको छ ।

समारोहलाई व्यवस्थित बनाउन मूल आयोजक समिति मातहत विभिन्न समितिले काम गरिरहेको आयोजक नेपाल मानव धर्म सेवा समितिका केन्द्रीय अध्यक्ष ठाकुरप्रसाद पौडेलले बताए । ‘समारोहमा सहभागी हुन देशविदेशका भक्तजन आउने क्रम शुरू भइसकेको छ, स्वयंसेवकहरूले विगत एक महिनादेखि तयारी गरिरहेका छन्,’ उनले भने ।

समारोहमा टाढाटाढाबाट आएका भक्तजनलाई खानपान र बसोबासको व्यवस्था गरिएको छ भने स्थानीय सर्वसाधारणलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । समारोहकै क्रममा धुलाबारीस्थित श्रद्धेय आश्रमको भवन प्रवेश समेत गरिने छ । भवन प्रवेशका क्रममा १३ जना ब्राह्मणबाट यज्ञ हवन समेत गरिने छ । बिहीबार सत्संग समारोह शुरू हुनुअघि बिहान शोभायात्रा गरिने छ ।

स्थानीय कला संस्कृतिको प्रवद्र्धनका लागि समारोहमा विभिन्न आध्यात्मिक, सांस्कृतिक कार्यक्रम र झाँकी समेत प्रस्तुत गरिने छन् । कर्णप्रिय वाद्यवाधक तथा गायकबाट प्रस्तुत हुने भवनकीर्तनले समेत भक्तजनलाई आध्यात्मिक मनोरञ्जन प्रदान गरिने आयोजक समितिले जनाएको छ ।

समारोहको पूर्वसन्ध्यामा सरसफाई

कार्यक्रममको पूर्वसन्ध्यामा बुधवार बिहान धुलाबारी बजार क्षेत्रमा सरसफाई गरिएको छ । सत्संग आयोजक नेपाल मानव धर्म सेवा समितिका स्वयंसेवक, जनप्रतिनिधि र स्थानीय वासिन्दाको सहभागितामा बजार सरसफाई गरिएको हो । कार्यक्रममा मेची नगरपालिका–१० का वडाध्यक्ष सुवेश पनेरु लगायतको उपस्थिति थियो ।

आध्यात्मिक प्रचारप्रसार र सामूदायिक स्वास्थ्यका लागि सरसफाई आवश्यक रहेको सन्देश दिन बजार सरसफाई गरिएको नेपाल मानव धर्म सेवा समिति श्रद्धेय आश्रम धुलाबारीका सचिव ईन्द्र प्रधानले बताए । सत्संगकै पूर्वसन्ध्यामा आज बुधबार राष्ट्रिय बालसभा उत्सव समेत भएको छ ।
कार्यक्रममा देशभरबाट आएका बालबालिकाले विभिन्न कला संस्कृति र अध्यात्म झल्किने प्रस्तुती प्रदर्शन गर्ने सचिव प्रधानले बताए । उनका अनुसार उत्सवमा उत्कृष्ट भएका प्रस्तुतीलाई विराट सत्संग समारोहमा समेत स्थान दिइने छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७५, बुधबार  ९ : १८ बजे

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति

काठमाडौं– चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान करिब साढे

भिमादका कृषकले सुन्तला बेचेर भित्र्याए तीन करोड

दमौली– तनहुँको भिमाद नगरपालिकाका कृषकले यस वर्ष सुन्तला बिक्री गरेर

बन्द भएका उद्योग सञ्चालन गर्न सरकारले नयाँ नीति ल्याउँछ : मन्त्री भण्डारी

नारायणगढ– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विभिन्न कारणले बन्द

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक

गोरखा– उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ महिनाको अवधिमा आठ

त्रिभुवन विमानस्थलबाट ८५० ग्राम सुन बरामद

काठमाडौं–  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले एक भारतीय महिलाको करिब ८५०