बाह्रौं दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगिता हुँदै | Khabarhub Khabarhub

बाह्रौं दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगिता हुँदै


२२ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल शारीरिक सुगठन तथा फिटनेस् संघ (एनबीबीएफए) ले बाह्रौं दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगिता आयोजना गर्ने भएको छ ।

राजधानीमा आज (बुधबार) संघले पत्रकार सम्मेलन गरी प्रतियागिता जुन २० देखि २३ सम्म आयोजना हुने जानकारी दिएको हो । दक्षिण एसियाका ८ राष्ट्रले प्रतियोगितामा सहभागिता जनाउने छन् ।

प्रतियोगितामा नेपालसहित अफगानिस्तान, बंगलादेश, भुटान, भारत, माल्दिभ्स, पाकिस्तान र श्रीलंकाले सहभागिता जनाउने छन् । आयोजक एनबीबीएफएले विभिन्न तौल समूहका गरी १३ विधामा प्रतिस्पर्धा गर्ने जानकारी दिएको हो ।

नेपाल प्रतियोगिताका लागि न्युट्रल भेन्यू रहेकाले सम्पूर्ण दक्षिण एयिाली राष्ट्रहरुले सहभागिता जनाउने एनबीबीएफएका अध्यक्ष राजुबाबु श्रेष्ठले बताए । “नेपाल सार्क मुलुकहरुको न्युट्रल भूमि भएकाले सबैसँग छलफल गरेर प्रतियोगितामा सहभागिता हुने जानकारी गराएका हौं,” श्रेष्ठले भने ।

मिति घोषणा कार्यक्रममा वल्र्ड वडीविल्डिङ एन्ड फिजिक्यु स्पोट फेडेरेसनका सदस्य सचिव तथा एसियन वडीडिविल्डिङ एन्ड फिटनेस फेडेरेसनका अध्यक्ष दातुक पाउल चाउको समेत सहभागिता रहेको थियो ।

चाउले नेपालले गरिरहेको प्रतियोगिताको तयारीमा आफू सन्तुष्ट रहेको बताए । उनले आफू पहिलो पटक आएको र नेपाल निकै सुन्दर भन्दै प्रशंसा पनि गरेका थिए । प्रतियोगिताको अनुमानित लागत ४० लाख रहेको आयोजकले जानकारी गराएको छ ।

प्रतियोगितामा झण्डै १ सय ५० खेलाडीको सहभागिता रहने बताइएको छ भने नेपालबाट बैशाख २० र २१ गते काठमाडौंमा आयोजना हुने सातौं मिस्टर हिमालयका विजेता छनोट हुनेछन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०७५, बुधबार  ५ : ५३ बजे

सत्ता गठबन्धनलाई माधवको चेतावनी : हामी कसैको दास होइनौँ 

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले

ओलीको प्रतिवेदन : विचार मिल्नेहरू माझ सहकार्य आवश्यक  

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुख्य प्रश्नहरूमा न्यूनतम

इलाम पुगेर गगनले भने- गठबन्धनले माघ कटाएछ भने फेरि जवाफ दिन आउनेछु

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सत्ता गठबन्धन लामो समय

एमालेको प्रतिनिधि परिषदमा प्रस्तुत ६ प्रतिवेदनहरू

काठमाडौं– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक चलिरहेको छ

हिमाल हेर्न नेपाल आएका पिटर शैक्षिक उन्नयनमा सक्रिय

बेनी– अष्ट्रेलियका पिटर जेटी हल सन् १९९३ मा पहिलो पटक