शिवरात्रिमा पशुपति आएका ७ हजार ३०० सन्तको बिदाइ | Khabarhub Khabarhub

शिवरात्रिमा पशुपति आएका ७ हजार ३०० सन्तको बिदाइ


२२ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महाशिवरात्रिमा पशुपतिनाथको दर्शनमा आएका साधुसन्तलाई आज दक्षिणासहित बिदाइ गरिएको छ । साधुसन्तलाई गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले दक्षिणासहित छुट्टाछुट्टै बिदाइ गरेका हुन् । साधुसन्त नेपाल प्रवेश गरेदेखि नै खाने बस्ने र धुनीको व्यवस्था संस्थान र कोषले गरेका थिए ।

गुठी संस्थानले श्रीमहन्त, थानापति, श्रीदीगम्बर, लालमोहर, नागा र महापुरुष गरी छ वर्गका नागाबाबालाई रु एक हजार ३०० देखि रु एक हजार ८०० सम्म दक्षिणा दिइएको साधु सन्त बिदाइ समिति संयोजक हरिप्रसाद जोशीले राससलाई जानकारी दिए ।
छ वर्गका ३०० नागा बाबालाई बिदाइ गरिएको उनले बताए ।

अन्य महन्तमा मठाधीशलाई रु ९५१, सामान्य सन्तलाई रु ५५१ र सन्तको भेषधारीलाई रु ३५१ दक्षिणा दिइएको हो । यस्ता सात हजारसहित जम्मा सात हजार ३०० सन्तलाई बिदाइ गरिएको हो । संस्थानले साधुसन्त बिदाइका लागि रु १९ लाख बजेट छुट्याएको थियो । कोषले चार हजार ५०० सन्तलाई बिदाइ गरेको छ । कोषले पाँच वर्गमा विभाजन गरी साधुलाई बिदाइ गरेको सदस्य सचिव डा प्रदीप ढकालले बताए ।
साधुसन्त बिदाइकै लागि कोषले रु १३ लाख बजेट छुट्याएको जनाइएको छ ।

महाशिवरात्रिमा पशुपतिनाथमा दर्शनका लागि आएका साधुसन्तलाई पशुपति राममन्दिर, मृगस्थलीको गोरखनाथ मन्दिर, पशुपतिस्थित निर्मल अखडा, भष्मेश्वर, उमाकुण्ड, अन्नपूर्ण भण्डार, कालमोचनघाटको राममन्दिर, पुडाक्षी अखडा, सन्यासी अखडा र गोरखनाथ अखडामा साधुसन्तलाई राखी खाने बस्ने एवम् धुनीका लागि काठको व्यवस्था गरिएको थियो । महाशिवरात्रिका लागि भारतवर्षका विभिन्न स्थानबाट आएका साधुसन्तलाई फागुन शुक्ल प्रतिपदाका दिन दक्षिणासहित बिदाइ गर्ने प्राचीन परम्परा रहेको जनाइएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७५, बुधबार  ५ : ४३ बजे

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०

एसिसी प्रिमियर कप : तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो स्थानको लागि नेपाल